मुक्तिनाथ सहकारीको साधारणसभा बेनीमा सुरु

विकल्प न्यूज/बेनी
भदौ २३ गते । DSC_0289 म्याग्दीको सदरमुकाम बेनीमा रहेको मुक्तिनाथ बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको ११ औं वार्षिक साधारणसभा तथा छैटौं अधिवेशन सुरु भएको छ ।

 साधारणसभाका प्रमुख अतिथि जिल्ला सहकारी संघका अध्यक्ष प्रेमवहादुर कार्कीले सहकारी सिद्धान्त अनुसार सहकारीहरुले आर्थिक कारोवार गर्नुपर्ने बताउनुभयो । उहाँले सहकारीहरुले उत्पादनशिल क्षेत्रमा लगानी गर्नुपर्नेमा जोड दिनुभयो । मुलुकको आर्थिक विकास र समृद्धिका लागि सहकारीको महत्पूर्ण भूमिका भएको उहाँको भनाई थियो । DSC_0294 कार्यक्रममा वेनी नगरपालिका ६ का अध्यक्ष एवम् सहकारी विभागका कृष्णवहादुर वानियाँले परिवर्तित अवस्था अनुसार सहकारीहरु पनि रुपान्तरण हुनुपर्ने बताउनुभयो । उहाँले सहकारीको माध्यमबाट समाजलाई आर्थिक रुपमा समृद्ध बनाउन सकिने धारणा राख्नुभयो ।

यसै गरि अर्थुङ्गे सहकारीका अध्यक्ष सोमनाथ ढुंगानाले सहकारीले पुँजी निर्माण गरि म्याग्दीको विकास र समृद्धिका लागि उर्जा र कृषि क्षेत्रमा लगानी गर्नुपर्नेमा जोड दिनुभएको थियो ।

सहकारीका कार्यबाहक कोषाध्यक्ष चिरन्जीवी बोगटीले आर्थिक प्रतिवेदन प्रस्तु गर्नुभएको थियो । उहाँले सहकारीले गत आवमा ७४ करोड १८ लाख ७९ हजार ३५ रुपियाँ कुल कारोवार गरेको र निक्षेप संकलन तर्फ १८ करोड २४ लाख ३३ हजार ४२ र २० करोड ६६ लाख ९० हजार ९९ रुपियाँ लगानी गरेको जानकारी दिनुभएको थियो । वार्षीक प्रगति प्रतिवेदन संस्थाका सचिव दण्डपाणी सापकोटा प्रस्तुत गर्नुभएको थियो ।

संस्थाका अध्यक्ष शेरवहादुर केसीको अध्यक्षता सचिव दण्डपाणी सापकोटाको सञ्चालन र उपाध्यक्ष लिलाराम गौतमको स्वागतमा साधारणसभाको उद्घाटन सत्र सम्पन्न भएको थियो । अधिवेशनले आगमी नेतृत्व चयन गर्ने सहकारीका अध्यक्ष केसीले जानकारी दिनुभयो ।

साथै सहकारीले उत्कृष्ट कारोवार गर्ने सेयर सदस्यहरु रमेश भुषाल,सरस्वती चापागाई,सितल थापा,राधिका कँडेल र रामदास वैरागीलाई सम्मान गरिएको थियो । दिलकुमारी शेरबुजालाई उत्कृष्ट कर्मचारीका रुपमा सहकारीले सम्मान गरेको छ । उत्कृष्ट अंक ल्याई प्लस टु उत्र्तीण गर्ने सेयर सदस्य देवीकुमारी केसीको छोरा विश्वास केसी र संस्थाका अध्यक्ष केसीको छोरी विपना केसीलाई सम्मान गरिएको सचिव सापकोटाले जानकारी दिनुभयो ।