मुक्तिनाथ सहकारीको अध्यक्षमा गौतम निर्वाचित

विकल्प न्यूज/बेनी
भदौ २३ गते । 41239116_1601019726676268_4201027200071237632_n म्याग्दीको सदरमुकाम बेनीमा रहेको मुक्तिनाथ बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको ११ औं वार्षिक साधारणसभा तथा छैटौं अधिवेशनले सञ्चालक समितिको अध्यक्षमा लीलाराम गौतमलाई निर्वीरोध निर्वाचित गरेको छ । शनिबार सम्पन्न अधिवेशनबाट संस्थाको उपाध्यक्षमा दण्डपाणी सापकोटा,सचिव दण्डपाणी पराजुली,कोषध्यक्ष चिरञ्जीवि बोगटी सहसचिव भावना पौडेल निर्वाचित हुनुभएको छ ।

यसै गरिवरिष्ठ सदस्य देवी केसी सदस्यहरुमा चन्द्र शेरचन,पदमवहादुर खत्री, दिपेन्द्र विश्वकर्मा कमलप्रसाद ढुङगाना, टेकप्रसाद सापकोटा र दिपेन्द्र विश्वकर्मा निर्वाचित हुनुभएको सहकारीले जनाएको छ । 41396103_1601020083342899_34833249922449408_nलेखासंयोजक नारायण प्रसाद सुवेदी,सदस्यहरुमा अमर केसी,त्रिविक्रम शर्मा, वरिष्ठ सल्लाहकार कोषानन्द आचार्य र शेरवाहदाुर केसी चयन हुनुभएको संस्थाका सचिव दण्डपाणी पराजुलीले जानकारी दिनुभयो ।

साधारणसभाका प्रमुख अतिथि जिल्ला सहकारी संघका अध्यक्ष प्रेमवहादुर कार्कीले सहकारी सिद्धान्त अनुसार सहकारीहरुले आर्थिक कारोवार गर्नुपर्ने बताउनुभयो । उहाँले सहकारीहरुले उत्पादनशिल क्षेत्रमा लगानी गर्नुपर्नेमा जोड दिनुभयो । मुलुकको आर्थिक विकास र समृद्धिका लागि सहकारीको महत्पूर्ण भूमिका भएको उहाँको भनाई थियो ।

कार्यक्रममा वेनी नगरपालिका ६ का अध्यक्ष एवम् सहकारी विभागका कृष्णवहादुर वानियाँले परिवर्तित अवस्था अनुसार सहकारीहरु पनि रुपान्तरण हुनुपर्ने बताउनुभयो । उहाँले सहकारीको माध्यमबाट समाजलाई आर्थिक रुपमा समृद्ध बनाउन सकिने धारणा राख्नुभयो । DSC_0294यसै गरि अर्थुङ्गे सहकारीका अध्यक्ष सोमनाथ ढुंगानाले सहकारीले पुँजी निर्माण गरि म्याग्दीको विकास र समृद्धिका लागि उर्जा र कृषि क्षेत्रमा लगानी गर्नुपर्नेमा जोड दिनुभएको थियो ।

सहकारीका कार्यबाहक कोषाध्यक्ष चिरन्जीवी बोगटीले आर्थिक प्रतिवेदन प्रस्तु गर्नुभएको थियो । उहाँले सहकारीले गत आवमा ७४ करोड १८ लाख ७९ हजार ३५ रुपियाँ कुल कारोवार गरेको र निक्षेप संकलन तर्फ १८ करोड २४ लाख ३३ हजार ४२ र २० करोड ६६ लाख ९० हजार ९९ रुपियाँ लगानी गरेको जानकारी दिनुभएको थियो । वार्षीक प्रगति प्रतिवेदन संस्थाका सचिव दण्डपाणी सापकोटा प्रस्तुत गर्नुभएको थियो । DSC_0289संस्थाका अध्यक्ष शेरवहादुर केसीको अध्यक्षता सचिव दण्डपाणी सापकोटाको सञ्चालन र उपाध्यक्ष लिलाराम गौतमको स्वागतमा साधारणसभाको उद्घाटन सत्रमा सेयर सदस्यहरुको तर्फबाट कमलप्रसाद ढुङगाना,विश्वमित्र बचत तथा ऋण सहकारीका अध्यक्ष याम वहादुर बानियाँले मन्तव्य व्यक्त गर्नुभएको थियो ।
साथै सहकारीले उत्कृष्ट कारोवार गर्ने सेयर सदस्यहरु रमेश भुषाल,सरस्वती चापागाई,सितल थापा,राधिका कँडेल र रामदास वैरागीलाई सम्मान गरिएको थियो । दिलकुमारी शेरबुजालाई उत्कृष्ट कर्मचारीका रुपमा सहकारीले सम्मान गरेको छ । उत्कृष्ट अंक ल्याई प्लस टु उत्र्तीण गर्ने सेयर सदस्य देवीकुमारी केसीको छोरा विश्वास केसी र संस्थाका अध्यक्ष केसीको छोरी विपना केसीलाई सम्मान गरिएको नवनिर्बाचित सचिव पराजुलीले जानकारी दिनुभयो ।