मृगौला पीडित सुरेशको उपचारका लागि बुद्ध एकेडेमीको सहयोग

विकल्प न्यूज/बेनी
भदौ २२ गते । 41172676_1500573100043311_360195727177023488_nमृगौला पीडित सुरेश छन्त्यालको उपचारका लागि बेनी नगरपालिका २ बगरफाँटमा रहेको बुद्ध एकेडेमीले आर्थिक सहयोग गरेको छ । विद्यालयका शिक्षक र विद्यार्थीबाट संकलित १४ हजार ६६० रुपियाँ शिक्षक डक वहादुर राम्जालीले शुक्रवार ओमकुमारी शान्तिकोषलाई हस्तान्तरण गर्नुभएको हो ।

मंगला गाउँपालिका ५ नेटाका छन्त्यालको आर्थिक अवस्था कमजोर भएका कारण उपचारमा समस्या भएपछि आफन्तले ऋणधन संकलन गरी उपचारमा सहयोग गरेका थिए । छन्त्यालको उपचारमा करिव २१ लाख खर्च हुने अनुमान गरिएको छ । परोपकारी संस्था शान्तिकोषले सुरेश बचाउ अभियान सञ्चालन गरेको छ । सहयोग आउने क्रम जारी रहेको कोषले जनाएको छ ।