निजामति दिवसका अवसरमा बेनीमा ब्याडमिन्टन प्रतियोगिता

विकल्प न्यूज/बेनी
भदौ १९ गते । 40790377_1153279064819483_686623528119697408_o निजामति सेवादिवस २०७५ का अवसरमा बेनीमा जिल्ला स्तरीय अन्तर कर्मचारी ब्याडमिन्टन प्रतियोगिता सम्पन्न भएको छ ।

प्रतियोगितामा जिल्ला न्यायाधिश राजकुमार कोइराला र प्रहरी निरिक्षक लोकवहादुर गुरुङको समुह प्रथम भएको छ । उनीहरुले प्रमुख जिल्ला अधिकारी लीलाधर अधिकारीको समुहलाई पराजित गरेका हुन ।

प्रजिअ अधिकारी र बेनी नगरपालिकाका लेखा अधिकृत युक्तप्रसाद शर्माको समुह दोस्रो भए । सोमवार र मंगलबार जिल्ला खेलकुद विकास समितिको कबर्डहलमा आयोजना गरिएको प्रतियोगतामा प्रहरी नायव उपरिक्षक विरवहादुर बुढामगर र भूकम्प प्राधिकरणका सवारी चालक श्रीकृष्ण सिपाई तितृय हनुभएको छ । 40633988_1153279074819482_1241791653635686400_nयसैगरि भेटेनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रका प्रमुख रुपेश श्रेष्ठ र राष्ट्रिय अनुशन्धान केन्द्रका प्रमुख अर्जुन शर्माको समुहले सान्त्वना स्थान हासिल गरेको मिलन केन्द्रका अध्यक्ष तथा कोष नियन्त्रक छविन्द्र बेलवासेले जानकारी दिनुभयो ।

प्रतियोगिताको संयोजन कर्मचारी मिलन केन्द्रले गरेको थियो भने जिल्ला व्याडमिन्टन संघले निर्णायक लगायत अफिसियल भूमिका निर्वाह गरेको थियो । भदौ २२ गते निजामति दिवसका अवसरमा विजेता लगायत सहभागि समुहलाई प्रमाण पत्र वितरण गरिने मिलन केन्द्रका सदस्य अर्जुन शर्माले जानकारी दिनुभयो । प्रतियोगता ६ समहुले सहभागिता जनाएका थिए । साथै निजामति सेवा दिवसका अवसरमा भदौ २२ गते रक्तदान कार्यक्रमको आयोजना गरिएको छ ।