जन्म दिनका अवसरमा मृगौला पीडित सुरेशको उपचारका लागि सहयोग

विकल्प न्यूज/बेनी
भदौ २२ गते ।  41312868_702448643423809_9205107795802718208_n म्याग्दी उद्धर समिति बराइनका अध्यक्ष लोक वहादुर राम्जालीले छोरी सलिना राम्जालीको जन्म दिनका अवसरमा मृगौला पीडित सुरेशको उपचारका लागि पाँच हजार रुपियाँ सहयोग गर्नुभएको छ ।
यसै गरि हाल स्पेनमा रहनुभएका ललित राम्जाली र उहाँको छोरी अलिसा राम्जालीले पाँच हजार सहयोग गर्नुभएको छ ।

शुक्रवार सहयोग रकम सुरेश बचाउँ अभियान सञ्चालन गरेको परोपकारी संस्था ओमकुमारी शान्तिकोषलाई हस्तान्तरण गरिएको छ । 41116976_530043644105288_6035724846808170496_nयसै गरि हाल पर्चुगल रहनु भएका जिवन पुनले ७ हजार एकसय रुपियाँ सहयोग गर्नुभएको छ । भने मंगला गाउँपालिका १ पूर्णगाउँ निवासी हाल मलेशिया रहनुभएका जाल वहादुर राम्जालीले दश हजार रुपियाँ सहगोग गर्नुभएको शान्तिकोषले जनाएको छ ।

मंगला गाउँपालिका ५ नेटाका छन्त्यालको आर्थिक अवस्था कमजोर भएका कारण शान्तिकोषले सहयोग अभियान सञ्चालन गरेको छ ।