निजामति दिवसका अवसरमा म्याग्दीमा रक्तदान कार्यक्रम

विकल्प न्यूज/बेनी
भदौ २२ गते ।  41202471_1787576588005850_6806977565874454528_nनिजामति सेवा दिवस २०७५ अवसरमा म्याग्दीमा रक्तदान गरिएको छ । नेपालकै इतिहासमा पहिलोपटक वि.सं. २०१३ साल भदौ २२ गते निजामती सेवा ऐन प्रारम्भ भएको दिनको स्मरणमा आज निजामती सेवा दिवस मनाइँएको हो ।

प्रमुख जिल्ला अधिकारी लीलाधर अधिकारीको अध्यक्षतामा गठन भएको निजामति सेवा दिवस मुल समारोह समितिको आयोजना,आधिकारिक टे«ड युनियन, कर्मचारी मिलनकेन्द्रको संयोजन र नेपाल रेडक्रस सोसाईटी म्याग्दी अन्तर्गतको रक्तसञ्चार सेवा केन्द्रको प्राविधिक सहयोगमा रक्तदान कार्यक्रमको आयोजना गरिएको हो । कार्यक्रममा २० जनाले रक्तदन गरेका थिए । 41131398_311202659656294_8895439017378578432_nयसै विच मंगलवार आयोजना गरिएको ब्याडमिन्टन प्रतियोगिताका प्रथम,द्धितिय र तितृय हुने समुहलाई पुरस्कार वितरण गरिएको थियो । साथै कर्मचारी मिलनकेन्द्रद्धारा राखिएको तिज विशेष कार्यक्रमामा उत्कृष्ट प्रतिभा प्रस्तुत गर्ने कर्मचारीहरु बेनी नगरपालिकाकी निर्मला शर्मा,सुगम कशजु र जिल्ला अदालतकी अम्बीका शर्मालाई पुरस्कार वितरण गरिएको छ ।

कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समितिका अध्यक्ष देवेन्द्र वहादुर केसी, विशिष्ट अतिथि जिल्ला न्यायाधिश राजकुमार कोइराला र आधीकारिक ट्रेड युनियन(सिबिय) का अध्यक्ष चन्द्रमणि सापकोटाले विचार व्यक्त गर्नुभएको थियो । कार्यक्रमको सञ्चालन सिबियका सचिव सुवास रेग्मीले गर्नुभएको थियो ।