काफलडाडाँका स्थानीयको श्रमदानबाट पदमार्ग निर्माण

विकल्प न्यूज/बेनी
भदौ १९ गते । karbakeli 7तस्विर ः काफलडाँडाँमा रहेको करवाकेली मन्दिर

 अन्नपूर्ण गाउँपालिका– ८ काफलडाँडाका बासिन्दाले श्रमदान गरेर पदमार्ग निर्माण गरेका छन् । करबाकेली पर्यावरणीय पदमार्गअन्तर्गत करबाकेलीदेखि फुलबारीसम्म पदमार्ग निर्माण गरिएको हो । करबाकेली संरक्षण समितिको पहलमा काफलडाँडाका बासिन्दाले श्रमदान गरी तीन किलोमिटर लामो पदमार्ग निर्माण गरेको समितिका रवी गर्बुजा पुनले जानकारी दिनुभयो ।

सत्तरी परिवारको बसोबास रहेको काफडाँडाका बासिन्दाले एक/एक दिन श्रमदान गरेर नयाँ पदमार्ग निर्माण गरेका हुन् । उनीहरुले पुरानो पदमार्गको स्तरोन्नतिसमेत गरेका छन् । पदमार्ग निर्माणपछि यहाँ घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकलाई सहज भएको छ । गत वैशाखमा करबाकेली पदमार्गको पहिचान गरी नक्साङ्कन गरिएको थियो । साभारःगोरखापत्र अनलाइन