बहिनीको स्मृतिमा जामुनाखर्क माविमा अक्षय कोष

विकल्प न्यूज/बेनी
भदौ २२ गते । IMG_0598 यहाँको एक विद्यालयमा उपचारको अभावमा तीनबर्षको उमेरमै ज्यान गुमाएकी बहिनीको स्मृतिमा अक्षय कोष स्थापना गरिएको छ । बेनी नगरपालिका–६ छापका नारायण र किसान जिसीले स्वर्गीय बहिनी गंगा जिसी क्षेत्रीको स्मृतिमा बिहिबार जामुनाखर्क माविमा आर्थिक अभावका पठनपाठनमा समस्या भएका बालबालिकालाई लक्षित गरी १ लाखको छात्रबृत्ति कोषको स्थापना गर्नुभएको हो ।
आर्थिक अभावकै कारण शिक्षादिक्षाबाट बन्चित हुनुपर्ने अवस्थाको अन्त्य गर्ने अभियान अन्तरगत विद्यालयमा अध्ययरत विद्यार्थीलाई शैक्षिक साम्रागी सहित आवश्यक सहयोगका लागी कोषको स्थापना गरिएको जनाइएको छ । विद्यालयमा आयोजित कार्यक्रममा निर्माण ब्यवसायी समेत रहेका नारायण जिसीले जनचेतनाको अभाव र गरिवीको कारणले आफ्नो बहिनीले उपचारको अभावमा ज्यान गुमाएको बताउँदै विद्यालयमा वडा अध्यक्ष कृष्ण बहादुर बानियाँको उपस्थितीमा कोषको स्थापना गर्न १ लाख नगद हस्तान्तरण गर्नुभएको थियो । IMG_0602‘हामीले बहिनीलाई गुमायौं,‘सयौं बहिनीलाई सहयोग गरेर सम्झना चाहन्छौ’ जिसीले भने। उनले तत्कालिन समयमा बहिनीको विरामी निको हुने विश्वासमा ८ बर्षको उमेरमा भाकल गरी मालिकाधुरीमा समेत पुगेको बताएका थिए । ‘हामीसंग बहिनीको तस्वीर समेत छैन्,‘तपाईहरुकै अनुहारमा बहिनीको छाया खोज्दैछौ’ जिसीले भन्नुभयो । विद्यालयमा स्थापना गरिएको कोषले गरिवीका कारण खाजाखर्च नभएका, पुस्तक, स्टेशनरी सहित पोशाकको अभाव भएका बालबालिकालाई समेत सघाउने बताउनुभयो ।
बि.श २०४१ साल चैत्र १६ गते जन्मिएकी गंगाको गम्भीर विरामी भएकै अवस्थामा ०४३ साल फागुनमा ज्यान गएको थियो ।कार्यक्रममा बोल्दै वडा अध्यक्ष बानियाँले सामुदायिक विद्यालयमा अध्ययरत विद्यार्थीलाई सहयोगको आवश्यकता रहेको बताए । उनले घर देखी विद्यालयसम्म विद्यार्थीलाई कुनै समस्या हुन नदिने गरी अभियान सुरु गरेको बताए । विद्यालयका प्रधानध्यापक सोमनाथ ढुंगानाले कोषले न्यून आर्थिक अवस्थाका कारण शैक्षिक गतिविधिमा समस्या भएका बालबालिकालाई प्रयोग गर्ने बताउनुभयो ।
उहाँले कोषलाई मुद्धतीमा राखेर ब्याजलाई प्रयोग गर्दा स्मृति कोषका संस्थापकलाई जानकारी गराउने बताए । कार्यक्रमको अध्यक्षता ब्यवस्थापन समितिका अध्यक्ष बल बहादुर विक, कोषका बारेमा पत्रकार हरिकृष्ण गौतम र सञ्चालन शिक्षक मदन सुबेदीले गरेका गर्नुभएको थियो ।

यसअगाडी समेत जिसीद्धयले बेनी अस्पतालभित्र मातापिता बम बहादुर र प्रेम जिसीले स्वास्थ्यको क्षेत्रमा सहयोगको अनुरोध गरेपछि म्याग्दी अस्पतालभित्र करिव ८ लाखको लागतमा चारकोठे क्याविन बनाइदिएका थियो । अस्पतालको पूननिर्माणको क्रममा भवन भत्किएपनि कोषले ग्रामिण क्षेत्रमा स्वास्थ्यको क्षेत्रमा काम गर्ने जनाएको छ ।

बेलायतमा रहेका म्याग्देलीको सक्रियतामा स्थापना भएको मोना यूकेको आकस्मिक कोषका संयोजक समेत रहेका किसान जिसीले भविस्यमा समेत निरन्तर स्वास्थ्यका क्षेत्रमा सहयोग गर्ने बताए । जिल्ला अस्पतालले भौतिक पुर्वाधारको अभावको क्रममा जिसी परिवारबाट निर्मित भवनले समस्या समाधान गर्न तथा विरामीको उपचारमा सहज भएको जनाएको छ।