५१ औं पटक रक्तदान गर्ने केसी सम्मानित

विकल्प न्यूज/बेनी
भदौ १९ गते ।  40960903_10205251623926048_3990840786324291584_nनेपाल रेडक्रस सोसाइटी म्याग्दी शाखाले ५१ औं पटक रक्तदान गर्ने सुरत केसीलाई सम्मान गरेको छ । नेपाल पत्रकार महासंघ म्याग्दी शाखाका पूर्व अध्यक्ष समेत रहनुभएका समाजसेवी केसीलाई मंगलबार रेडक्रसको ५६ औं स्थापना दिवसका अवसरमा आयोजना गरिएको वृहत रक्तदान कार्यक्रमका विच सम्मान गरिएको हो ।

रेडक्रसका सभापति लेखवहादुर हमाल र मन्त्री यामवहादुर चोखालले केसीलाई दोसल्ला र सम्मानपत्रले सम्मान गर्नुभएको थियो । 40771226_10205251623526038_266593292987138048_nरक्तदान जिवन दान भन्ने आदर्शलाई आत्मसाथ गर्दै लामो समय देखी निरन्तर रक्तदान गरि मानविय सेवामा पु¥याउनु भएको उदाहरणीय र अतुलनिय योगदानको कदरस्वरुप केसीलाई सम्मान गरिएको रेडक्रस म्याग्दीका सभापति हमालले बताउनुभयो ।

सम्मानित केसी रेडक्रस म्याग्दीका उपमन्त्री तथा रेडक्रसद्धारा सञ्चालित रक्तसञ्चार सेवा केन्द्रका संयोजक हुनुहुन्छ । रेडक्रसमा आवद्ध भई केसीले लामो समय देखि म्याग्दीमा सामाजिक सेवामा क्रियाशिल हुनुहुन्छ ।