जन्मदिनमा विद्यालयलाई कम्प्युटर र विद्यार्थीलाई स्टेशनरी सहयोग

विकल्प न्यूज/बेनी
भदौ १९ गते । 40667493_1638532419590878_8881523894570188800_o बेनी नगरपालिका ६ जामुनाखर्क माध्यमिक विद्यालयका एकजना शिक्षकले आफ्नो जन्मदिनका अवसरमा विद्यालयलाई एक थान कम्प्युटर र शैक्षिक सामाग्री सहयोग गर्नुभएको छ ।41004091_1638532319590888_9119846505929244672_oविद्यालयमा कार्यरत शिक्षक नवराज शर्माले जन्मदिनको अवसर पारेर मंगलबार एकथान कम्प्युटर र ५ जना विद्यार्थीहरुलाई एकहजार दुइसय बराबरको स्टेशनरी सामग्री प्रदान गर्नुभएको विद्यालयका प्रधानाध्यापक सोमनाथ ढुङ्गानाले जानकारी दिनुभयो ।