विलबाङवासीको पीडा ः खस्यो पहिरो खोसियो बास

ठाकुरप्रसाद आचार्य/विकल्प न्यूज
भदौ २२ गते । रुम,बिलबाङ ।DSC_0247बिलबाङकी ७५ बर्षिय बृद्ध मधुसरा पुनको दुइ हप्ता देखि गोठमा बास छ । उहाँको न वस्ने वास छ न त खाने गास । बैशाखमा पति गुमाएकी मधुसरालाई फेरी अर्को विपत आइलाग्यौ । घरमा एक्लै वस्दै आउनुभएकी मधुसरालाई साहारा दिने कोही छैनन् । पहिरोले खाने गास र वस्ने वास सवै लुट्यो । त्यस्तै चिजमान पुन आफन्तको घरमा आश्रय लिएर वस्नुभएको छ । गाउँ माथिबाट आएको पहिरोले खाने गास र वस्ने वास खोसेपछि मालिका गाउँपालिका २ विलबाङका ६ घरपरिवार आफन्तको शरणमा छन् । उनीहरुको वसोबासको व्यवस्था अझै हुनसकेको छैन । DSC_0346साउन ३० गते विहानीपख गाउँमाथिको खरिबोटबाट खसेको पहिरोले नरवहादुर पुन,ख प्रसाद पुन,चिजमान पुन,नोट वहादुर पुन र तम कुमारी पुनको घर पहिरोमा परी पूर्णरुपमा पुरियो । भने बुद्धिलाल पुनको घर वस्ने नमिल्ने गरि क्षति पुग्यो । चिजमानले गासकाटेर बनाएको नयाँ घर पनि पहिरोले पु¥यो ।

दुःख गरेर बनाएको नयाँ घरमा एकरात पनि वस्न पाइन् चिजमानले भन्नुभयो,‘ घरपैँचो गर्ने ठूलो रहर रहरमै सिमित भयो ।’ ज्याला मजदरी गरेर जोडेको १० लाख रुपियाँ खर्चिएर बनाएको घर आँखै अगाडि पहिरोले पुरेको देख्दा मन थाम्नै सकिन चिजमानले भन्नुभयो । २०५८ भदौ २ गते पनि विलबाङमा पहिरो खसेको थियो । पहिरोमा परि दुइजनाले त्यतिखेर ज्यान गुमाएका थिए । १७ वर्ष पछि विलबाङमा फेरी अर्को विपत आइलागेको हो । वसोवासका हिसावले विलबाङ सुरक्षित छैन । पहिरो नाथामिने हो भने अझै ९ ÷१० घर पहिरोको जोखिममा रहको वडा अध्यक्ष नरवहादुर पुनले बताउनुभयो । DSC_0235पहिरोले बास खोसिएपछि मधुसरालाई कहाँ बस्ने र के खाने चिन्ता छ । पुरिएको घरमाथि वसेर टोलाउनुभएकी पुनले भन्नुभयो, ‘वुढेशकालमा कस्तो आपत्ती आइलाग्यो ।’ पहिरो जाँदा आफन्तको घरमा वासेकाले ज्यान जोगिएको उहाँले बताउनुभयो । पहिरोले घर पुरेपछि चिजमान पुन र बुद्धिलाल पुन आफन्त नोट वहादुरको घरमा वसेका छन् ।

पहिरोमा नोट वहादुरको पनि घर पुरिएको हो । तर उहाँको अर्को घरपनि भएकाले पीडितलाई आश्रय दिनुभएको छ । एकै घरमा तिनघरपरिवार दुःखसाथ वसेको वडा अध्यक्ष पुनले बताउनुभयो । पहिरो पीडितलाई खाने भन्दा पनि कसरी बास बसाल्ने भन्ने समस्या भएको उहाँले बताउनुभयो । जिल्ला प्रशासन, गाउँपालिका र अन्य संघसस्थाहरुले खाने खाद्यन्न,लत्ताकपडा र भाँडाकुडाहरु सहयोग गरेपनि बासको कुनै ठेगान छैन् उहाँले भन्नुभयो । DSC_0235त्यस्तै पहिरोले घर पुरिएका चिजमान पुनलाई पनि परिवारलाई कसरी बास बसाल्ने चिन्ता छ । सामान्य परिवारका उहाँलाई बास र गास कसरी जुटाउने भन्ने पिरलोले सताउने गरेको छ ।

यतिखेर आफन्तको घरमा आश्रय लिएर वस्नुभएका चिजमान वस्ने घर बनाउन सहयोग जुट्नेमा आशावादी हुनुहुन्छ । रातभरी वर्षा भइरहेको थियो वुद्धिलालले भन्नुभयो, ‘बिहानै दुःखद् घटना भयो । पारी निस्कोटको कोदालेबाङको पहिरोको आवाजले सवैलाई विउझायो । हामी सवै घरवाहिर निस्कीयौ । DSC_0310पारिको पहिरो हेर्दाहेर्दै एकैछिनमा त घरमाथिकै पाखोबाट पहिरो पोे खस्यो हामीहरु भागभाग भयौ ।’ निस्कोटको पाखोमा गएको पहिरोको आवाजले वारी विलबाङवासीहरुको निद्रा खुल्यो र ज्यान बचायो । हुनत विलबाङवासी सधै पहिरोको त्रासमा थिए । बर्खा सुरु भएपछि राम्रोसँग निदाउन पाउँदैनन् नोट वहादुरले भन्नुभयो । पहिरोले करिव एककरोड वरावरको क्षति पु¥याएको वडाअध्यक्ष पुनले बताउनुभयो ।

हाल इजरायलमा रहेकी रुमकी विष्णु पुन मगरले प्रवासमा रहेका म्याग्देलीहरु सँग सहयोग जुटाएर एकिकृत वस्ती निर्माण गर्न जुट्नु भएको छ । उहाँले सामाजिक सञ्जालमा सहयोगका लागि आह्वान गर्नुभएको छ । रुमकै दुलवाङमा निजी जग्गा खरिद गरि एकिकृत वस्ती निर्माण गर्ने सोच बनाएको वडाध्यक्ष पुनले बताउनुभयो ।

पहिरो गएकै दिन मालिका गाउँपालिका अध्यक्ष श्रीप्रसाद रोका र दरवाङ इलाका प्रहरी कार्यालयको टोली विलबाङ पुगेको थियो । अध्यक्ष रोका तिनदिन सम्म विलबाङमै वसेर पीडितहरुलाई राहत जुटाउनु भएको थियो ।

गाउँपालिका,नेपाल रेडक्रस,उद्योग वाणिज्य संघ र दरवाङका वित्तिय संस्थाहरुले राहत सामाग्रीहरु जुटाएका थिए । त्यस्तै भोलीपल्ट प्रमुख जिल्ला अधिकारी लीलाधर अधिकारी,प्रहरी नायब उपरिक्षक विरवहादुर बुढामगर, राष्ट्रिय अनुशन्धान अधिकृत अर्जुन शर्मा सहितको टोली दरवाङबाट तिन घण्टाको पैदल हिडेर घटनास्थलमा पुग्यो ।

टोलीले त्यहाँ जनही २० हजार रुपियाँ र केही राहत सामाग्री हस्तान्तरण गर्नुका साथै पहिरो पीडितहरुसँग छलफल गरेको थियो । पहिरो पीडितहरुलाई सुरक्षित आवासका लागि पहल गर्ने प्रजिअ अधिकारीले बताउनुभएको थियो । DSC_0310थप राहत जुटाउन पहल गरिने प्रजिअ अधिकारीले त्यहाँ पीडितहरुलाई आश्वासन दिनुभएको थियो । विलबाङबाट फर्किएपछि जिल्ला विपद् व्यवस्थापन समितिको अध्यक्ष समेत रहनुभएका प्रजिअ अधिकारीको अध्यक्षतामा वसेको वैठकले थप ३० हजार रुपियाँ दिने निर्णय समेत गरेको थियो ।

पहिरो पीडितहरुलाई सुरक्षित वासस्थानको व्यवस्था र थप राहत जुटाउन मालिका गाउँपालिकाले पहल गरिरहेको उपाध्यक्ष खरमाया विटालुले बताउनुभयो । प्रवासमा रहेका म्याग्देलीहरुले एकिकृत वस्ती निर्माणको योजना अघिसार्नुभएको छ यसमा गाउँपालिकाले पनि सहयोग गर्दछ उहाँले भन्नुभयो । नवविकल्प साप्ताहिकमा प्रकाशित