सुरेशको उपचारका लागि एक लाख ७३ हजार सहयोग

विकल्प न्यूज/बेनी
भदौ १९ गते । 40684439_255020772018614_5804547536316268544_nमंगला गाउँपालिका ५ नेटाका मृगौलापीडित सुरेश छन्त्यालको उपचारका लागि मंगलबार एक लाख ७३ हजार २६ रुपैयाँ आर्थिक सहयोग प्राप्त भएको छ । स्वदेश तथा विदेशमा संकलित रकम मंगला गाउँपालिका–१ खानीगाउँकी सिता अर्मजाले आर्थिक संकलन संयोजक सिता पाईजा र लालकुमार रोकालाई हस्तान्तरण गर्नुभएको हो ।

बचाउ अभियानमा मंगला १ खानीगाउँ हाल साउदी अरव रहेका होम बहादुर अर्मजा ४५ हजार, केएफसी गाईज मलेसिया ग्रुपबाट ४७ हजार ८२३ रुपैयाँ, मंगला गाउपािलका १ कुहु हाल साउदी लोकबहादुर फगामीले ६० हजार र मंगला गाउँपालिका १ पुर्णगाउँका राजु अर्मजाले २० हजार १०५ रुपैया सहयोगमा सो रकम संकलन भएको थियो ।

दुवै मृगौलाले काम गर्न छाडेपछि काठमाडौको टिचीङ अस्पतालमा उपचार गराइरहेका १९ वर्षिय छन्त्यालका परिवारको कमजोर आर्थिक अवस्थाका कारण उपचारमा समस्या भएपछि परोपकारी संस्था ओमकुमारी शान्ति कोषले अभियान मार्फत सहयोग उठाईरहेको छ। उनको उपचारमा २५ लाख भन्दा माथि खर्च लाग्ने भएपछि सो रकम अभियान सुरु गरिएको थियो । हालसम्म खातामा ५ लाख २१ हजार रुपैयाँ रकम संकलन भएको कोषका अध्यक्ष राजेश शाक्यले बताउनुभयो ।