समाचार

निभ्यो गाउँको दियो

अगन्धर तिवारी/पर्वत असोज १८ गते ।  दुबईमा मृत्यु भएका पर्वतको कुश्मा–७ का प्रेमबहादुर बस्यालको शव कफिनमा घरतर्फ लैजाँदै । तस्बिर : अगन्धर गाउँमा कोही बिरामी पर्‍यो कि बोकेर अस्पताल कुदाइहाल्थे । गाईभैंसी बिरामी पर्दा र कुनै समस्या पर्दा प्रेमको ठूलो भर थियो । कुश्मा–७ गोदामका यस्ता २८ वर्षीय प्रेमबहादुर बस्याल वैदेशिक रोजगारीबाट राम्रो कमाइको चाहना राखेर अघिल्लो साउनमा […]

दूध पाइँदैन, मदिरा जहीँतहीँ

अगन्धर तिवारी/पर्वत असोज १८ गते ।  चार दिनअघि धौलागिरिको भ्रमणमा निस्किएका कास्कीका रमेश पौडेल र टंक अधिकारीलगायतको टोलीले धौलागिरि गेटदेखि मालढुंगासम्म सडक आसपासका होटलमा दूध चिया खान खोजे । कतै भेटेनन् । ‘बागलुङ पुगेर मात्रै चियाको तिर्सना मेटाइयो,’ पौडेलले भने । ग्यास्ट्रिकको समस्या भएकाले हिजोआज दूध हालेको चिया पिउँदैनन् । तर, दूध चिया पिउने तलतल लाग्नेको जमात ठूलो छ । […]

म्याग्दीमा दशैं तिहार लक्षित बजार अनुगमन सुरु

विकल्प न्यूज/बेनी असोज १८ गते । जिल्ला प्रशासन कार्यालय म्याग्दीले विहिवार देखि बेनीबजारमा अनुमगन सुरु गरेको छ । नजिकिँदै गरेको दशैं तिहार जस्ता चाढबाडका क्रममा सर्बसाधारणले दैनिक उपभोग्य वस्तुहरु सर्बसुलभ र उचित मुल्यमा पाउने वातावरण बनाउन बजार अनुगमन सुरु गरिएको हो । सर्बसाधारणले दैनिक उपभोग्य वस्तुहरु सर्बसुलभ र उचित मूल्यमा पाउने आम उपभोक्ताको अधिकार संरक्षण […]

जलजलाको पर्यटन विकासका लागि गुरुयोजना बनाउने तयारी

विकल्प न्यूज/जलजला असोज १८ गते । उत्तरी पर्वतको जलजला गाउँपालिका भित्र रहेको पर्यटकीय क्षेत्र जलजलालाई पर्यटन प्रवद्र्धन गर्नका लागि गुरुयोजना निर्माण गर्न थालिएको छ । प्रशस्त पर्यटकीय सम्भावना रहेको जलजलालाई गण्डकी प्रदेशका उद्योग,पर्यटन,वन तथा वातावरण मन्त्री विकास लम्सालको पहलमा पर्यटकीय गन्तव्य बनाउनका लागि गुरुयोजना तयार पार्न लागिएको हो । पर्यटन विज्ञ सहित जनप्रतिनिधि र राजनीतिकदलका […]

मुटु रोगीलाई गाउँमै निशुल्क उपचार शिविर

विकल्प न्यूज/बेनी असोज १८ गते । राखू समाज काठमाडौंको आयोजनामा म्याग्दीमा निशुल्क मुटु रोगको उपचार शिविर सञ्चालन गरेको छ । रघुगंगा गाउँपालिका–३ गायत्री मन्दिरमा आयोजित शिविरमा जिल्लाका सबै स्थानीय तहका साथै छिमेकी पर्वतको जलजला गाउँपालिकाबाट विरामीको घुईचो लागेको छ । मुटु सम्बन्धि समस्या भएपनि जनचेतनाको अभावका कारण रोग लुकाएर बस्न बाध्य भएका विरामीका साथै आर्थिक […]

अरुणा उत्कृष्ट खेलाडी घोषित

विकल्प न्यूज/बेनी असोज १८ गते । चितवन टाइग्रेसकी सेटर अरुणा शाही आबदी अबादी महिला भलिबल लिग (एभीएल) को सर्वोत्कृष्ट खेलाडी घोषित भएकी छिन् । नेपाल एपिएफलाइ बुधबार फाइनलमा हराउँदै चितवनलाई भलिबल लिगको उपाधि दिलाउन महत्वपूर्ण भुमिका निर्वाह गरेकी उनी सर्वोत्कृष्ट खेलाडी घोषित भइकी हुनु । पश्चिमाञ्चल टिमकी महत्वपूर्ण सदस्य अरुणा पछिल्लो समय सेटरको रुपमा देखिएकी […]

किन सुरु भएन बेनी–लभ्लीहिल पदमार्ग निर्माण ?

विकल्प न्यूज/बेनी असोज १७ गते । एकमहिना अघि पुजापाठ गरेर शिलान्यास गरिएको बेनी – लभ्लीहिल पदमार्गको निर्माण अझै सुरु गरिएको छैन् । शिलान्यासको एकमहिना वितिसक्दा पनि पदमार्ग निर्माण गर्न कुनै सुरसार गरिएको छैन । पर्यटकीय गन्तव्यका रुपमा विकास हुन लागेको बेनी नगरपालिका २ मा रहेको लभ्लीहिल पुग्नका लागि बेनी नगरपालिका,निजी क्षेत्र र प्रवासी म्याग्देलीहरुको संयुक्त […]

मुदीलाई ‘पर्यटकीय गाउँ’ घोषणाको माग

बेगप्रसाद घर्ती /विकल्प न्यूज वडा अध्यक्ष धौलागिरी गाउँपालिका ४ मुदी असोज १७ गते । म्याग्दीको पश्चिम धौलागिरी गाउँपालिका ४ मुदी पर्यटनको प्रचुर संभावनायुक्त गाउँ हो । संसारकै सातौ अग्लो धौलागिरी हिमाल यसै वडामा पर्दछ । प्रशस्त पर्यटकीय संभावना भएर पनि मुदी गाउँ ओझेलमा परेको छ । प्रचारप्रसार र भौतिक पूर्वाधारको अभावका कारण पर्यटन क्षेत्रमा आशा […]

मिर्गौला पीडित सुरेशलाई फेरी जुट्यो साढे ३ लाख रुपियाँ

विकल्प न्यूज/बेनी असोज १६ गते । मंगला गाउँपालिका ५ नेटाका मिर्गौला पीडित सुरेश छन्त्यालको उपचारका लागि सञ्चालन गरिएको अभियानका क्रममा मंगलवार करिब साढे तिनलाख रुपियाँ जुटेको छ । म्याग्दीको परोपकारी संस्था ओमकुमारी शान्तिकोषले सञ्चालन गरेको सुरेश बचाऊ अभियानका क्रममा मंगलबार विभिन्न मुलुकहरुमा रहेका म्याग्देलीहरुले ३ लाख ४४ हजार ९ सय ८७ रुपियाँ कोषलाई पठाएका छन् […]

निलम्बित विद्यार्थीलाई विद्यालयमा फर्काउने सहमति

ठाकुरप्रसाद आचार्य /विकल्प न्यूज बेनी(म्याग्दी) असोज १६ गते । रघुगंगा गाउँपालिका ७ चिमखोलाको अमर माध्यमिक विद्यालयका निलम्बित कक्षा १० का २२ विद्यार्थीहरुलाई विद्यालयमा फर्काउने सहमति जुटेको छ । रघुगंगा गाउँपालिकाको पहलमा मंगलबार गाउँपालिका केन्द्र मौवाफाँटमा भएको सर्वपक्षीय छलफलमा निलम्बनलाई फुकुवा गरी पठनपाठनलाई नियमित गर्ने सहमति भएको हो । गाउँपालिका अध्यक्ष भववहादुर भण्डारीको पहलमा जिल्ला समन्वय […]

अरिङ्गालवालीको उदाहरणीय कथा

असोज १६, २०७५ बेनी-अरिङ्गाल व्यवसाय गर्दै आनुभएकी बेनी नगरपालिका–७ वीरेन्द्र चोककी सिर्जना भट्टचनले पछिल्लो समय ‘अरिङ्गालवाली’ को पहिचान बनाउनुभएको छ । लामो समयदेखि होटल व्यवसायमा आबद्ध उहाँ पछिल्लो समय अरिङ्गालवाली भनेर चिनिनुको कारण हो, अरिङ्गालको व्यापार । बेनीको वीरेन्द्रचोकस्थित होटल रोजिनाकी सञ्चालिका सिर्जनाको अरिङ्गालको व्यापार फष्टाउँदै गएकाले ग्राहकले उहाँलाई ‘अरिगाङ्लवाली’ भन्न थालेका हुन् । कतिले […]

विद्यार्थीलाई लागू औषध दुब्र्यसनी विरुद्ध प्रशिक्षण

विकल्प न्यूज/बेनी असोज १६ गते । धवलागिरी गाउँपालिका ७ धारापानी स्थित किसानी माविका विद्यार्थीहरुलाई सोमबार लागू औषध दुब्र्यसनी विरुद्ध प्रशिक्षण दिइएको छ । जिल्ला प्रहरी कार्यालयको कार्यक्रम अनुसार इलाका प्रहरी कार्यालय दरवाङको आयोजनामा विद्यालयको कक्षा ८, ९ र १० का विद्यार्थीहरुलाई प्रशिक्षण दिइएको हो । प्रहरी निरीक्षक दिपक महत क्षेत्रीले लागु औषध दुब्र्यसनीका कारण, यसको […]

धारापानीमा विजुली बलेपछि स्थानीयमा खुसियाली

विकल्प न्यूज/बेनी असोज १६ गते । म्याग्दीको धवलागिरी गाउँपालिका ७ धारापानीमा निर्माण भएको केन्द्रिय प्रशारण लाईनको विद्युतीकरण योजनाको सोमबार सार्वजनीक सुनुवाई र उद्घाटन गरिएको छ । योजनाको आम्दानी खर्च विवरण सार्वजनीक र सुनुवाईका लागि केन्द्रिय विद्युत विस्तार उपभोक्ता समितिले धारापानीमा आयोजना गरेको कार्यक्रममा गाउँपालिकाका अध्यक्ष थमसरा पुनले उद्घाटन गर्नुभएको हो । कार्यक्रममा उपभोक्ता समितिका समितिका […]

गोलो झार्न आएकामाथि खन्निए अरिङ्गाल, एकजनाको मृत्यु

जाजरकोट : यहाँको एक गाउँमा अरिङ्गालले चिल्दाा एक युवकको ज्यान गएको छ । भेरी नगरपालिका–१२ धारापानी निवासी ३६ वर्षीय तिलक विकको अरिङ्गालले चिल्दाा सोमवार मृत्यु भएको प्रहरीले जनाएको छ । स्थानीय थर्पुडाँडा प्राविका विद्यालय व्यवस्थापन समितिका अध्यक्षसमेत रहेका विकको उपचार अभावमा मृत्यु भएको हो । प्रहरीका अनुसार बिसाउन डाँडा भन्ने ठाँउ शनिवार राति अरिङ्गालको गोलो झार्न गएका […]

बलात्कारीलाई फस्ट्याक कानुन बनाएर कारवाहीको माग

विकल्प न्यूज/बेनी असोज १५ गते । महिला तथा बालबालिका माथि देशभरी श्रृङखलाबद्ध बलात्कार तथा हत्यामा संलग्नलाई शुन्य सहनशीलताको नितिलाई कार्यान्वयन गर्न २४ घण्टा भित्र दोषीलाई कडा कारवाही गर्नुपर्ने म्याग्दीमा क्रियाशिल महिला सम्बद्ध संघसंस्थाले माग गरेका छन् । २१ औं शताब्दीमा पनि महिला र बालबालिका माथि हुने गरेको अर्मयादित, अमानवीय पासविक घटनाले दैनिकजसो स्तब्ध बनाइरहेको बताउँदै बलात्कारीलाई […]