ताजा समाचार:
Search

मिर्गौला पीडित सुरेशलाई फेरी जुट्यो साढे ३ लाख रुपियाँ

विकल्प न्यूज/बेनी
असोज १६ गते । DSC_0287मंगला गाउँपालिका ५ नेटाका मिर्गौला पीडित सुरेश छन्त्यालको उपचारका लागि सञ्चालन गरिएको अभियानका क्रममा मंगलवार करिब साढे तिनलाख रुपियाँ जुटेको छ ।

म्याग्दीको परोपकारी संस्था ओमकुमारी शान्तिकोषले सञ्चालन गरेको सुरेश बचाऊ अभियानका क्रममा मंगलबार विभिन्न मुलुकहरुमा रहेका म्याग्देलीहरुले ३ लाख ४४ हजार ९ सय ८७ रुपियाँ कोषलाई पठाएका छन् ।

मंगला गाउँपालिका ३ झाक्रीपानी घर भई हाल मलेशियामा रहनुभएका टक छन्त्यालको पहलमा ८४ हजार,मंगला गापा ५ सिरकुम हाल टर्कीमा रहनुभएका कमल वुढाथोकीको पहलमा संकलित ३९हजार त्यस्तै मंगला गापा ३ अर्वाङ हाल मलेशिया राजु रोकाको पहलमा १३ हजार ६८३,मंगला गापा १ कुहुँ हाल साउदी निरास पुनले ५००० हजार रुपियाँ ओमकुमारी शान्तिकोषलाई पठाउनुभएको छ ।

यसै गरी मंगला गापा १ पूर्ण गाउँ हाल कतारमा रहनुभएका मनोज बानियाँको पहलमा २३ हजार ८५०,बेनी नगरपालिका ५ डढुवा छन्तमाया पुन ३००० र टिकामाया पाइजा ३०००,धौलागिरी गापा ५ मल्कवाङबाट २००० हजार,मल्कवाङ खानी हाल अष्ट्रेलिया रहनुभएका उत्तम खोरजा छन्त्यालबाट ५००५,आइस्ल्ल्याण्डमा कार्यरत एनआरएन आइस्ल्याण्डका कोषाध्यक्ष जंग अधिकारी र सदस्य बल क्षेत्रीको पहलमा संकलन भएको एकलाख ५६ हजार,४४४ रुपियाँ र मंगला गापा १ पूर्ण गाउँ निवासी संखर अर्मजाबाट पाँच हजार पाँच रुपियाँ कोषलाई हस्तान्तरण गरिएको छ ।

दुवै मिर्गौला फेल भएका १९ वर्षीय सुरेश हाल अल्का अस्पताल काठमाण्डौंमा उपचारत हुनुहून्छ । उहाँको उपचारका लागि ३० देखि ३५ लाख रुपियाँ लाग्ने अनुमान गरिएको छ । आर्थिक अवस्था कमजोर सुरेशका लागि परोपकारी संस्था शान्तिकोषले एकमहिना देखि सुरेश बचाऊ अभियान सञ्चालन गर्दै आएको कोषका अध्यक्ष राजेश शाक्यले बताउनुभयो ।