बलात्कारीलाई फस्ट्याक कानुन बनाएर कारवाहीको माग

विकल्प न्यूज/बेनी
असोज १५ गते । Myagdi women (2)महिला तथा बालबालिका माथि देशभरी श्रृङखलाबद्ध बलात्कार तथा हत्यामा संलग्नलाई शुन्य सहनशीलताको नितिलाई कार्यान्वयन गर्न २४ घण्टा भित्र दोषीलाई कडा कारवाही गर्नुपर्ने म्याग्दीमा क्रियाशिल महिला सम्बद्ध संघसंस्थाले माग गरेका छन् । २१ औं शताब्दीमा पनि महिला र बालबालिका माथि हुने गरेको अर्मयादित, अमानवीय पासविक घटनाले दैनिकजसो स्तब्ध बनाइरहेको बताउँदै बलात्कारीलाई आजिवन कारावास सहित कडा कारावहीको माग गदैं प्रमुख जिल्ला अधिकारी मार्फत ज्ञापनपत्र पठाएका छन् । घटनामा संलग्नको पहिचान नहुदाँ बलात्कारीलाई थप प्रोत्साहन भइरहेको बताउँदै कानुनमा संसोधन गरेर भएपनि फाट्रयाकबाट पीडितलाई न्याय दिनुपर्ने माग गरेका हुन् ।

प्रहरी प्रधान कार्यालयबाटै प्राप्त विवरणमा आर्थिक बर्ष २०७४÷७५ मा ११३७ र ०७५÷७६ मा १४८० बलात्कारका घटना दर्ताले नै महिला हिंसाको घटनाले बालबालिका देखी बृद्धासम्म असुरक्षित भएको बताउँदै दैनिक औषतमा ४ भन्दा धेरै बलात्कार हुने गरेकाले अहिलेकै कानुनले बलात्कारीलाई नै प्रोत्साहन गर्ने बताएका थिए ।राष्ट्रिय महिला अधिकार मञ्च म्याग्दी शाखाको अगुवाईमा दिदी बहिनी सहकारी, संगीन बचत तथा ऋण सहकारी, नारी जागृती महिला विकास बहुउद्देश्यीय सहकारी, कालिगण्डकी, मंगला, शिक्षामार्ग आमा आमा समुह, एकल महिला र पिस नेपालका प्रतिनिधिले सहायक प्रमुख जिल्ला अधिकारी राजेन्द्र शर्मालाई ज्ञापनपत्र बुझाएका थिए ।

महिला अधिकार मञ्चकी विष्णु गौतम सापकोटाले देशभर रहेका सहायता कक्षलाई समेत प्रभावकारी बनाउँदै हिंसापीडित महिला तथा बालबालिकालाई सुरक्षा सहित राहतको ब्यवस्थाको माग गदैं भविस्यमा पनि रचनात्मक कार्य गरिने बताईन् ।कन्चनपूरकी निर्मला पन्तको बलात्कार पछि गरिएको हत्याको सर्वत्र आन्दोलन भइरहेको अवस्थामा दैनिकजसो बलात्कारका घटना घट्न थालेपछि जिल्लामा क्रियाशिल सामाजिक संघसंस्थाले ज्ञापनपत्र सहित सरकारलाई दोषीको पहिचान गरी कारवाहीको माग गर्ने गरेका छन् ।