निलम्बित विद्यार्थीलाई विद्यालयमा फर्काउने सहमति

ठाकुरप्रसाद आचार्य /विकल्प न्यूज
बेनी(म्याग्दी) असोज १६ गते । DSC_0304रघुगंगा गाउँपालिका ७ चिमखोलाको अमर माध्यमिक विद्यालयका निलम्बित कक्षा १० का २२ विद्यार्थीहरुलाई विद्यालयमा फर्काउने सहमति जुटेको छ । रघुगंगा गाउँपालिकाको पहलमा मंगलबार गाउँपालिका केन्द्र मौवाफाँटमा भएको सर्वपक्षीय छलफलमा निलम्बनलाई फुकुवा गरी पठनपाठनलाई नियमित गर्ने सहमति भएको हो । DSC_0306गाउँपालिका अध्यक्ष भववहादुर भण्डारीको पहलमा जिल्ला समन्वय समितिका प्रमुख देवेन्द्र वहादुर केसी,शिक्षा विकास तथा समन्वय इकाईका प्रमुख दलवहादुर थापा,स्रोतव्यक्ती बालकृष्ण पौडेल,शिक्षक संघ संगठन, विद्यालय व्यवस्थापन समिति,शिक्षक,विद्यार्थी र अभिभावक विच भएको छलफलमा निलम्बन फिर्ता लिने र विज्ञान विषयको शिक्षक तत्काल व्यवस्था गर्ने सहमति भएको पाखापानी स्रोत केन्द्रका स्रोतव्यक्ती बालकृष्ण पौडेलले बताउनभयो । DSC_0316दुइमहिना अघि विद्यालयले अवकाश दिएका कम्प्युटर शिक्षक रिम पाइजालाई पुर्नवहाली गर्ने र विज्ञान विषयको शिक्षक व्यवस्थापन गर्ने सहमति भएको गाउँपालिका अध्यक्ष भण्डारीले बताउनुभयो । DSC_0309लामो समय देखि विज्ञान विषय र कम्प्युटर शिक्षक रिक्त भएका कारण नियमित पठनपाठन प्रभावित भएको भन्दै विद्यार्थीहरु एकमहिना देखि आन्दोलनमा उत्रिएका थिए । DSC_0312बिषय अनुसारका शिक्षकहरुको व्यवस्था गरि नियमित पठनपाठन गराउन माग गर्दै आन्दोलनमा उत्रिएका कक्षा १० का विद्यार्थीहरुलाई विद्यालय व्यवस्थापन समितिको आईतवार बसेको बैठकले एक महिनाको लागि निलम्बन गरेको थियो । कक्षा १० सम्मको पठनपाठन हुने सो विद्यालयमा २०० जना विद्यार्थी अध्ययनरत छन् ।