मुटु रोगीलाई गाउँमै निशुल्क उपचार शिविर

विकल्प न्यूज/बेनी
असोज १८ गते । IMG_3109राखू समाज काठमाडौंको आयोजनामा म्याग्दीमा निशुल्क मुटु रोगको उपचार शिविर सञ्चालन गरेको छ । रघुगंगा गाउँपालिका–३ गायत्री मन्दिरमा आयोजित शिविरमा जिल्लाका सबै स्थानीय तहका साथै छिमेकी पर्वतको जलजला गाउँपालिकाबाट विरामीको घुईचो लागेको छ ।

मुटु सम्बन्धि समस्या भएपनि जनचेतनाको अभावका कारण रोग लुकाएर बस्न बाध्य भएका विरामीका साथै आर्थिक समस्याले बाहिर गएर उपचार गर्न नसक्ने विपन्न परिवारका विहानै देखी लाइनमा बसेर उपचार गराइरहेका छन् । शिविरको १०६ बर्षिया जेष्ठ नागरिक भद्रकुमारी मल्लले उद्घाटन गरिन् । मुटु रोगीहरुको पहिचान गरी आवश्यक पर्ने औषधी तथा निशुल्क तथा सहुलियतामा शहिद गंगालाल हृदय केन्द्रमा उपचारको ब्यवस्था मिलाउने रघुगंगा गाउँपालिका अध्यक्ष भब बहादुर भण्डारीले बताए।  IMG_3069उनका अनुसार शिविरमा मुटुको अप्रेसन गर्नुपर्ने विरामी र कुरुवालाई यातायातको सुविधा सहितको ब्यवस्था मिलाइने बताए ।शिविरमा मुटुको परिक्षण, निशुलक ईसीजि, मुटुको भिडियो एक्सरे, सुगर जाँच, पिटी तथा आइएनआर जाँच लगाएतका सेवा रहेको छ । शिविरमा मुटुरोग विशेषज्ञ प्रा.डा रबी मल्ल, डा. राकेश बहादुर अधिकारी सहितका चिकित्सक टोलीले मुटु परीक्षण गरेका छन् ।

म्याग्दीका साथै छिमेकी जिल्ला पर्वतको जलजला गाउँपालिकालाई लक्षित गरिएको शिविरमा बालबालिका देखी बृद्धबृद्धाले चेकजाँच गरेका थिए । शिविरको उद्घाटन समारोहमा प्रमुख जिल्ला अधिकारी लीलाधर अधिकारी, जिल्ला समन्वय समिति देबेन्द्र कटुवाल लगाएतको उपस्थिती रहेको थियो । गरिबीका कारण उपचारबाट वञ्चितलाई लक्षित गर्दै शिविर गरिएको राखु समाजका अध्यक्ष प्रेम बहादुर मल्लले बताए । उद्घाटन कार्यक्रमको सञ्चालन वडा नं २ का वडा अध्यक्ष जीवन कुमार मल्लले गरेका थिए ।