मुदीलाई ‘पर्यटकीय गाउँ’ घोषणाको माग

बेगप्रसाद घर्ती /विकल्प न्यूज
वडा अध्यक्ष
धौलागिरी गाउँपालिका ४ मुदी

असोज १७ गते । mudhi photoम्याग्दीको पश्चिम धौलागिरी गाउँपालिका ४ मुदी पर्यटनको प्रचुर संभावनायुक्त गाउँ हो । संसारकै सातौ अग्लो धौलागिरी हिमाल यसै वडामा पर्दछ । प्रशस्त पर्यटकीय संभावना भएर पनि मुदी गाउँ ओझेलमा परेको छ ।

प्रचारप्रसार र भौतिक पूर्वाधारको अभावका कारण पर्यटन क्षेत्रमा आशा गरिएअनुसार विकास हुनसकेको छैन । मुदीलाई पर्यटकीय गाउँको रुपमा विकास गर्न जरुरी छ । पर्यटन क्षेत्रको विकास गर्न सकेमा स्थानीयस्तरमै रोजगारी सिर्जना गर्न सकिने राम्रो संभावना छ । मगरजातीको बाहुल्यता भएको मुदीमा मगरहरुको मौलिक कलासंस्कृति यहाँको सांस्कृतिक पहिचान हुन् । सडक र विद्युत सुविधाबाट बञ्चित मुदी दुर्गमको रमणीय गाउँ पनि हो ।

mudhi wada chairmainधौलागिरी आधारशिविर पुग्न आन्तरिक एवम् बाह्य पर्यटकहरु यहि गाउँ भएर जाने गर्दछन् । भौतीक पूर्वाधारको विकास गर्न सक्ने हो भने यस क्षेत्रमा उल्लेख्य पर्यटक भिœयाउन सकिने संभावना छ । साथै करोडौँ रुपैयाँ आम्दानी हुन सक्ने जडीबुटी र लाखौँ रुपैयाँ राजस्व सङ्कलन गर्न सकिने पर्यटकीय सम्भावनाका अवसरहरु पनि रहेका छन् ।Mudi Road पर्यटनका साथै मुदीमा जलविद्युत र जडीबुटीको अपार सम्भावना पनि छ । तर, मुदीवासीले भौगोलिक विकटता र सरोकारवाला निकायको बेवास्ताका कारण अभावमै जीवन बिताइरहनुपरेको छ। लामो समयसम्म जनप्रतिनिधि विहिन हुँदा मुदीमा विकास निर्माण प्रायः ठप्प नै रहयो ।

स्थानीय तहको निर्वाचन पछि जनप्रतिनिधिहरु चुनिएर आएका छौं । जनप्रतिनिधिहरु आएपछि जनताले गाउँमा विकास निर्माण तिव्र रुपमा होस भन्ने अपेक्षा राखेका छन् । सिमिति स्रोतसाधनका वावजुद पनि हामीले मुदीको विकासका लागि प्रयास गरेका छौं । वडाले पर्यटन पूर्वाधारको विकास पहिलो प्राथमिकतामा राखेका छौं । तर हामी सँग सीमित स्रोतसाधन छ । हामी सँग भएको सीमित स्रोतसाधनले पर्यटनको विकासमा सम्भव छैन् । dhaulagiri himal 1पर्यटन क्षेत्रमा स्थानीय तथा प्रदेश सरकारले लगानी गर्ने हो भने राम्रो प्रतिफल प्राप्त गर्न सकिने सम्भावना छ । पर्यटकीय क्षेत्रमा भौतिक पूर्वाधारको विकास गर्न सकेमा मुदी भ्रणण गर्नेको संख्या बढ्ने देखिन्छ ।

तर, ती सबै सम्भावना लगानीको अभावमा खेर गइरहेका छन् । बेनीदेखि दरवाङ, मुदी,बगर, धौलागिरि बेसक्याम्प हुँदै मुस्ताङको मार्फासम्म पुग्ने पदमार्ग निर्माण गर्ने, बाटोमा सङ्केत चिह्नहरू राख्ने र बीचबीचमा पर्यटक लक्षित स्तरीय होटलको व्यवस्था गर्ने हो भने धौलागिरि आरोहणका लागि आउने पर्यटक र मुस्ताङ जाने हजारौं पर्यटक मुदीमा भिœयाउन सकिने बलियो सम्भावना छ ।

यसका साथै मुदी हुँदै गुर्जा पदयात्राका लागि वैकल्पीक मार्गको विकास गर्न सकिने उत्तिकै सम्भावना छ । अहिले पनि मुदी हुँदै यो मार्गबाट पर्यटकहरु गुर्जा पुग्ने गर्दछन् ।

मुदी गाउँको प्राकृतिक सुन्दरता, जैविक विविधता, सामाजिक मुल्यमान्यता र पर्यावरणीय शुद्धता पनि पर्यटकका लागि आकर्षक हुन । साथै यातायात र भौतिक पूर्वाधारको विकास हुननसक्दा वर्षेनी करोडौं रुपैयाँ आम्दानी हुन सक्ने जडीबुटी र पर्यटकीय सम्भावना भएर पनि मुदी गाउँ अभाव र समस्यामा छ । dhaulagiri himalजनप्रतिनिधिका रुपमा निर्वाचित भएर आएपछि मुदी गाउँलाई सडक र विद्युतको विकासका लागि पहिलो प्राथमिकतामा राखेका छौं । गत भदौ महिनाको २ गते वसेको आम भेलाबाट मुदी गाउँलाई पर्यटकीय र दुर्गम गाउँ घोषणा गर्नका लागि सम्बन्धित निकाय समक्ष माग गरेका छौं ।

भौतिक पूर्वाधारको अभावमा वडाबाट सहज रुपमा जनतालाई सेवाप्रवाह गर्न कठिनाई छ । वडाको आफ्नै भवन नहुँदा समस्या छ । वडा सचिव पनि मुदीमा छैनन् । एउटा सचिवले ४ वटा वडाको काम गर्नुपर्ने बाध्यताका कारण सेवाप्रवाहमा समस्या आएको छ । साथै सुविधासम्पन्न स्वास्थ्य चौकीको अभावका कारण सहज सेवा प्रवाहमा कठिनाई छ ।

मुदी गाउँमा रहेका विद्यालयहरुमा प्रर्याप्त मात्रामा शिक्षक दरवन्दी छैनन् । गाउँलेहरुले चन्दा सहयोग जुटाएर विद्यालय सञ्चालन गर्नुपर्ने बाध्यता छ । चालु आर्थिक वर्षमा गाउँपालिकाबाट मुना – मुदी सडकलाई ८० लाख रुपियाँ विनियोजन भएको छ । यो रकम सडकका लागि अपुग छ ।

वडाका लागि विनियोजन भएको करिव ८८ लाखले भौतिक पूर्वाधार निर्माणमा जोड दिएका छौं । जनताका आशाहरु धेरै छन् बजेट कम छ । जनतालाई बुझाउन कठिन छ । जनअपेक्षा अनुसार मुदीमा विकास निर्माणका गतिविधीहरु सञ्चालन गर्न हामी जनप्रतिनिधिहरुले प्रयास गरेका छौं । कुराकानीमा आधारित