अरुणा उत्कृष्ट खेलाडी घोषित

विकल्प न्यूज/बेनी
असोज १८ गते । 43137877_1932606793499048_4302020817711005696_oचितवन टाइग्रेसकी सेटर अरुणा शाही आबदी अबादी महिला भलिबल लिग (एभीएल) को सर्वोत्कृष्ट खेलाडी घोषित भएकी छिन् । नेपाल एपिएफलाइ बुधबार फाइनलमा हराउँदै चितवनलाई भलिबल लिगको उपाधि दिलाउन महत्वपूर्ण भुमिका निर्वाह गरेकी उनी सर्वोत्कृष्ट खेलाडी घोषित भइकी हुनु । पश्चिमाञ्चल टिमकी महत्वपूर्ण सदस्य अरुणा पछिल्लो समय सेटरको रुपमा देखिएकी छिन् ।aruna-sahiकाँधमा चोट लागेका कारण पुनरागमनपछि ओपन स्पाइकर अरुणा पछिल्लो समय सेटरको रुपमा देखिएकी छिन् । गत जेठमा भएको एनभिए क्लब लिग भलिबलमा पनि अरुणाले न्यु डायमन्ड एकेडेमीबाट सेटरको भुमिका निभाएकी थिइन् ।

अरुणाले एक थान टिभिएस स्कुटीका साथै र ५० हजार रुपैया प्राप्त गरिन् । उनलाई नेपाल भलिबल संघका अध्यक्ष मनोरन्जन रमण शर्माले चेक तथा स्कुटीको चावी हस्तान्तरण गरे । फाइनलमा चितवनले एपिएफलाई २५–२०,२५–१७ र २५–११ को सोझो सेटमा पराजित गरेको थियो ।hamrokhelkud.com