गोलो झार्न आएकामाथि खन्निए अरिङ्गाल, एकजनाको मृत्यु

जाजरकोट : aringalयहाँको एक गाउँमा अरिङ्गालले चिल्दाा एक युवकको ज्यान गएको छ । भेरी नगरपालिका–१२ धारापानी निवासी ३६ वर्षीय तिलक विकको अरिङ्गालले चिल्दाा सोमवार मृत्यु भएको प्रहरीले जनाएको छ ।

स्थानीय थर्पुडाँडा प्राविका विद्यालय व्यवस्थापन समितिका अध्यक्षसमेत रहेका विकको उपचार अभावमा मृत्यु भएको हो ।

प्रहरीका अनुसार बिसाउन डाँडा भन्ने ठाँउ शनिवार राति अरिङ्गालको गोलो झार्न गएका बेला उनलाई चिलेको थियो । अन्य साथीहरु भागेर ज्यान जोगाए पनि  भाग्न नसक्दा उनीमाथि अरिङ्गाल खनिएर चिलेका थिए ।

गम्भीर विरामी परेका उनलाई उपचारका लागि रुकुमको चौरजहारी अस्पताल लगिएको थियो । उक्त अस्पतालमा उपचार सम्भव नभएको भन्दै नेपालगञ्ज रेफर गरिएपछि  बाटोमै मृत्यु भएको स्थानीय ज्ञानीप्रसाद शर्माले बताए ।

यतिबेला अरिङ्गालले चाकामा बच्चा कोरल्ने गर्दछ । त्यही बच्चा अरिङ्गाल खान गोलोमा आगोले पोल्ने गरिन्छ ।  annapurnapost.com