राष्ट्रिय समाचार
भिआइपी डिलक्स बसमा बेनी देखि काठमाण्डौ

विकल्प न्यूज/बेनी कार्तिक २१ गते । म्याग्दी कोरला यातायात प्रा.लिले लक्ष्मीपुजाको दिनदेखि सुविधा सम्पन्न सेवा सहितको बस भित्राएको छ । बुधवार प्रा.लिले बेनी नगरपालिका ९ गलेश्वर मन्दिरमा पुजाआजा गरेर बस सेवाको सुरुवात गरेको हो । बेनी देखि काठमाण्डौं जाने यात्रुहरुलाई लक्षित गरी एयर कन्डिसन एसीयुक्त आरमदायी सुपर भिआइपी डिलक्स बस सेवा सुरु गरेको प्रा.लिले जनाएको छ […]
दरवाङका स्थानीयवासीले तोके देउसी भैलोमा रकम

विकल्प न्यूज/बेनी कार्तिक २१ गते । पश्चिम मालिका गाउँपालिकाको केन्द्र दरवाङका स्थानीयहरुले देउसी भैलोमा दिने रकम तोकेका छन् । देउसी भैलोको नाममा जवरजस्ती चन्दा उठाउने कार्यलाई निरुत्साहीत गर्न दरवाङका टोलविकास समितिहरुले देउसीभैलो खेल्नेलाई दिने दान रकमको सिमा तोकेका हुन । दरवाङ बजारमा रहेका ८ वटा टोलविकास समितिको संयुक्त बैठकले शैक्षिक संस्था वा कुनै सामाजिक उद्देश्य […]
जलजलाका पहिरोपीडितको आवास निर्माण गर्न प्रवासी पर्वतेलीको सहयोग

विकल्प न्यूज/जलजला कार्तिक २० गते । उत्तरी पर्वतको जलजला गाउँपालिका ७ र ८ का पहिरो पीडितहरुलाई आवास निर्माण गर्न प्रवासी पर्वतेलीहरुले सघाउने भएका छन् । अन्तराष्ट्रिय पर्वत सेवा समाजले पीडितहरुको आवास बनाउनका लागि गाउँपालिका सँग भएको हो । आवास बनाउनका लागि जलजला गाउँपालिका र अन्तराष्ट्रिय पर्वत सेवा समाजका बिचमा सोमबार सम्झौता भएको छ । गाउँपालिका […]
मिलनचोक देखी ठोटनेरी सम्म नमुना सडक बनाइने

विकल्प न्यूज/जलजला कार्तिक १९ गते । उत्तरी पर्वतको जलजला ७ मिलनचोक देखी ठोटनेरी सम्मको सडक कालोपत्रे हुने भएको छ । मिलनचोक,सल्यान,घायखेत,धारापानी ठोटनेरी हुँदै सालिजाको भोटेडाँडा,लेकफाँट,रातमाटा हुँदै माझफाँट देखि पर्वत बेनी सम्म रिङरोड बनाउने अवधारणा सहित गण्डकी प्रदेशले यो सडकलाई नमुना बनाउन लागेको हो । नमुना सडक निर्माणका लागि प्रदेश सरकारले चालु आर्थिक वर्षमा दुइकरोड १० […]
जलजला ७ मिलनचोकवासीले निर्माण गरे नमुना सडक (फोटोसहित)

विकल्प न्यूज/जलजला पर्वत कार्तिक १८ गते ।पर्वतको उत्तरी जलजला गाउँपालिका ७ मिलनचोकका स्थानीयहरुले नमुना सडक निर्माण गरेका छन् । गाउँपालिकाले चालु आर्थिक वर्षमा विनियोजन गरेको २० लाख र स्थानीय जनश्रमदान दुइलाख ३७ हजार सातसय ८० रुपियाँले २०० मिटर सडकको डलान, सडकको दुवैतर्फ नाली निर्माण गर्नुका साथै सडक फराकिलो बनाएका हुन । सडक फराकिलो बनाएपछि मिलनचोकको […]
पर्वत बेनीमा दोस्रो उत्साही कप फुटबल प्रतियोगिता सुरु

विकल्प न्यूज/बेनी कार्तिक १८ गते । म्याग्दीको सदरमुकाम बेनीसँगै जोडिएको उत्तरी पर्वतको जलजला ३ पर्वत बेनीमा आइतवार देखि दोस्रो उत्साही कपको फाइभ ए साईड खुल्ला फुटबल प्रतियोगिता सुरु भएको छ । पर्वत बेनीका युवाहरुको संस्था उत्साही समुह मूख्य आयोजक र न्यू होराइजन वोर्डिङ स्कुल सहआयोजक रहेको प्रतियोगितामा २९ टिमले सहभागिता जनाएका छन्। दिपावलीको अवसरमा आयोजना […]
१७ औं जेसीजकपको तयारी सुरु

विकल्प न्यूज/बेनी कार्तिक १८ गते । बेनीमा मंसिर ११ गते देखि १५ गते सम्म सञ्चालन हुने जेसिज कप फुटबल प्रतियोगिता २०१८ को तयारी सुरु गरिएको छ । म्याग्दी जेसिजले प्रत्येक वर्ष आयोजना गर्ने अन्तर मावि जेसिज कप फुटबल प्रतियोगिताको यो १७ औं सस्करण हो । म्याग्दी जेसीजले आइतबार विहान बेनीमा पत्रकार सम्मेलन गरेर मंसिर ११ देखि […]
हिमालको फेदीमा सामूहिक चौंरीपालन

ठाकुरप्रसाद आचार्य/विकल्प न्यूज खोप्रालेक,म्याग्दी कार्तिक १७ गते । अन्नपूर्ण गाउँपालिका ५ स्थित खोप्रालेकमा पालिएका चौंरीगाई र यहाँबाट देखिएको धौलागिरी हिमशृङ्खलाको दृश्य । म्याग्दीको अन्नपूर्ण गाउँपालिका ५ स्थित अन्नपूर्ण र निलगिरी हिमालको फेदीमा यहाँका स्थानीयले वर्षौ देखि सामुहिक रुपमा चौंरीपालन गर्दै आएका छन् । समुन्द्र सतह देखि तिनहजार ६ सय साठी मिटरको उचाईमा रहेको खोप्रा लेकमा स्थानीयले […]
मुक्तिनाथ मन्दिर परिसरमा ८ बोरा पुराना भित्री बस्त्र !

मुस्ताङ, १६ कात्तिक । मुक्तिनाथ मन्दिर दर्शन गर्न पुग्ने पर्यटकले आफ्नो लाज छोप्ने भित्री बस्त्र अव्यवस्थित तरिकाले मन्दिर परिसरमा फालिदिदाँ मुक्तिनाथ मन्दिर नै लाज मान्ने अवस्थामा पुगेको छ । मन्दिरमा पुगेका हजारौँ पर्यटकले पाप पखालिने विश्वासमा मन्दिर परिसरमा रहेको १०८ धारा तथा कुण्डमा स्नान गर्छन् । र चिसो भित्री कपडा छेउछाउकै पर्खाल तथा रुखमै फ्याँकेर […]
थपिएका पर्वतका पाँच गन्तव्य पर्यटकीय सूचीमा

कुश्मा, कात्तिक १६ गते ।थुप्रै धार्मिक, ऐतिहासिक तथा पुरातात्विक सम्पदा भएर पनि पर्यटकीय गन्तव्य सूचीमा नपरेको पर्वत जिल्लाका पाँच स्थानलाई सरकारले पर्यटकीय गन्तव्यको सूचीमा सुचीकृत गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले बिहीबार सार्वजनिक गरेको एक सय पर्यटकीय गन्तव्यको सूचीमध्ये यहाँको गुप्तेश्वर गुफा, सेतीवेणी शिला र पञ्चासेलाई स्थापित पर्यटकीय गन्तव्यको रुपमा सुचीकृत गरिएको […]
गुर्जाको गुस्तुङ साउथ हिमालको सफल आरोहण

विकल्प न्यूज/बेनी कार्तिक १३ गते । म्याग्दीको धौलागिरी गाउँपालिका १ गुर्जामा रहेको गुस्तुङ साउथ हिमालको फ्रेन्च टोलीले सफल आरोण गरेका छन् । ६ जना फ्रेन्च र ३ जना नेपाली गरी नौजनाको टोलीले ७ हजार मिटर भन्दा अग्लो गुस्तुङ हिमालको सफल आरोहण गरेको गुर्जाका वडाअध्यक्ष झकवहादुर छन्त्यालले जानकारी दिनुभयो । हिमाल आरोहण गरेर खुसि हुँदै टोली […]
म्याग्दीका ग्रामीण भेगमा पहेलपुर धानबाली (फोटोफिचर)

विकल्प न्यूज/बेनी कार्तिक १२ गते ।म्याग्दी जिल्लाको ग्रामीण भेगका किसानहरुलाई वर्षेबाली अन्तर्गतको धानबाली भिœयाउन भ्याइनभ्याई सुरु भएको छ । ‘मानो खाएर मुरी उब्जाउने’ समयमा आफ्नो खेतमा रोपको धानबाली भिœयाउने चटारोमा किसानहरु लागिपरेका छन् । खेतका गह्राभरी पाकेको पहेंलपुर मुख्य धानबाली भिœयाउने काममा किसानहरु व्यस्त देखिएका छन् । नेपालीहरुको महान् पर्व दशैंको शुरुआतदेखि नै किसानहरुले बाली भिœयाउन […]
प्रवासी पर्वतेलीको सहयोगमा लस्तीका बाढीपीडितलाई घर निर्माण

विकल्प न्यूज/लस्ती कार्तिक ९ गते । रोजगारीको शिलशिलामा नेदरल्यान्डमा रहेका पर्वतेलीको सहयोगमा जलजला गाउपालिका ७ धाईरिङ लस्तीका पहिरो पीडितका लागि घर निर्माण गरिएको छ । गत साउन १ गते रातीको वर्षतका कारण पहिरोले क्षेति पु¥याएर विस्थापित जलजला गाउपालिका ७ लस्तीकी लक्ष्मी शर्माको घर निर्माण गरी हस्तान्त्रण गरीएको हो । धाईरिङ वास्वोट घर भई रोजगारीको शिलशिलामा […]
सोलारले दुर्गम चेचुङ गाउँ झिलिमिली

विकल्प न्यूज/बेनी कार्तिक ८ गते । म्याग्दीको धौलागिरि गाउँपालिका ४ मुदीको दुर्गम चेचुङ गाउँमा सोलार(सौर्यउर्जा) जडान गरिएपछि गाउँ भिलिमिली भएको छ । अमेरिकी संस्था फाईर गिभको २० लाख रुपियाँ आर्थिक सहयोगमा सोलार प्यानलबाट ६ किलोवाट विजुली उत्पादन गरी २० घरमा वितरण गरिएपछि गाउँ झिलिमिली बनेको हो । बुधवार धौलागिरी गाउँपालिकाकी अध्यक्ष थमसरा पुन र अमेरिकी […]
दसैंको शुभकामना (सम्पादकीय)

विकल्प न्यूज/बेनी असोज ३१ गते । प्रत्येक वर्ष झै यसपाली पनि नेपालीहरुले मनाउने महान पर्व दसैं सुरु भएको छ । दसैले गर्दा गाउँघरमा चहलपहल बढेको छ । परदेश पुगेकाहरु दसै मनाउन घर फर्किन थालेका छन् भने सहरपसेकाहरु पनि आफ्नो जन्म गाउँ पुग्न थालेका छन् । दसै नेपालीहरुको एक मौलिक चाढ हो । दसैको फरक मौलिकता […]