पर्वत बेनीमा दोस्रो उत्साही कप फुटबल प्रतियोगिता सुरु

विकल्प न्यूज/बेनी
कार्तिक १८ गते ।44939507_490459891451478_6087278211140419584_n म्याग्दीको सदरमुकाम बेनीसँगै जोडिएको उत्तरी पर्वतको जलजला ३ पर्वत बेनीमा आइतवार देखि दोस्रो उत्साही कपको फाइभ ए साईड खुल्ला फुटबल प्रतियोगिता सुरु भएको छ ।

पर्वत बेनीका युवाहरुको संस्था उत्साही समुह मूख्य आयोजक र न्यू होराइजन वोर्डिङ स्कुल सहआयोजक रहेको प्रतियोगितामा २९ टिमले सहभागिता जनाएका छन्। दिपावलीको अवसरमा आयोजना गरिएको प्रतियोगिता कार्तिक २१ गतेसम्म सञ्चालन हुने छ ।
प्रतियोगिताको बिजेता र उपबिजेताले ट्रफी, मेडल र प्रमाणपत्र सहित क्रमश ५५ हजार पाँचसय ५५ रुपियाँ र ३३ हजार तिनसय ३३ रुपियाँ नगद पुरस्कार हात पार्ने छन् ।
यसै गरि अनुशासित टिमलाई पाँचहजार, उत्कृष्ट खेलाडीलाई तिनहजार पाँचसय र ट्रफी प्रदान गरिने खेल संयोजक स्वदेश श्रेष्ठले जानकारी दिनुभयो । यस्तै उत्कृष्ट गोलरक्षक, उत्कृष्ट डिफेण्डरलाई तिनहजार रुपियाँ नगद सहित प्रमाणपत्र प्रदान गरिने उत्साही समुहका अध्यक्ष मनोहर श्रेष्ठले जानकारी दिनुभयो । युवाहरुमा खेल प्रतिभालाई वाहिर ल्याउन प्रतियोगिताले टेवा पुग्ने विश्वास गरिएको अध्यक्ष श्रेष्ठले बताउनुभयो ।

उद्घाटन कार्यक्रमका प्रमुख अतिथि जलजला गाउँपालिकाका अध्यक्ष यामवहादुर मल्ल (रामकृष्ण) ले जलजलामा खेलकुदको विकासका लागि पूर्वाधार निर्माणमा सहयोग गर्ने बताउनुभयो । उहाँले पालिकाले खेलक्षेत्रको विकासका लागि आगमी दिनमा नीति तथा कार्यक्रम बनाई बजेट विनियोजन समेत गर्नुे प्रतिवद्धता व्यक्त गर्नुभयो ।
कार्यक्रममा जिल्ला खेलकुद विकास समिति म्याग्दीका अध्यक्ष कृष्णकुमार विश्वकर्माले खेलक्षेत्रलाई सवैले सहयोग गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो । उत्साही समुहका अध्यक्ष मनोहर श्रेष्ठको अध्यक्षता, न्यू होराइजन वोर्डिङका प्रिन्सिपल तथा खेल कार्यक्रम संयोजक अर्जुन पौडेलको सञ्चालन र वोर्डिङका फाउन्डर शिव जिसीको स्वागतमा उद्घाटन कार्यक्रम सम्पन्न भएको थियो । उत्साही समु्हमा आवद्ध युवाहरु पर्वत बेनीमा विगत लामो समय देखि सामाजिक पनि कार्यमा सक्रिय हुँदै आएका छन् ।

प्रतियोगिताको सहयोगी संस्थाहरुमा लायन्स क्लब अफ बेनी मल्लाज,कालिगण्डकी आमा समुह,बजार व्यवस्थापन समिति,उद्योग वाणिज्य संघ र प्रहरी चौकी पर्वत बेनी रहेको उत्साही समुहले जनाएको छ ।