जलजला ७ मिलनचोकवासीले निर्माण गरे नमुना सडक (फोटोसहित)

विकल्प न्यूज/जलजला पर्वत
कार्तिक १८ गते ।DSC_0055पर्वतको उत्तरी जलजला गाउँपालिका ७ मिलनचोकका स्थानीयहरुले नमुना सडक निर्माण गरेका छन् ।  गाउँपालिकाले चालु आर्थिक वर्षमा विनियोजन गरेको २० लाख र स्थानीय जनश्रमदान दुइलाख ३७ हजार सातसय ८० रुपियाँले २०० मिटर सडकको डलान, सडकको दुवैतर्फ नाली निर्माण गर्नुका साथै सडक फराकिलो बनाएका हुन । सडक फराकिलो बनाएपछि मिलनचोकको सुन्दरता नै फेरिएको छ ।

मिलनचोक देखि गाउँपालिकाको वडा नम्बर ५ र ६ जोड्ने मिलनचोक,लेकफाँट,धौलपर,सालिजा सडक आयोजना अन्गर्तत मिलनचोकको २०० मिटर सडकलाई फराकिलो बनाउनुका साथै डलान र नाली निर्माण गरिएको उपभोक्ता समितिका अध्यक्ष लालविर पुनले बताउनुभयो ।  DSC_0052२०७५ असोज ५ गते योजनाको सम्झौता भए बमोजिम काम सुरु गरिएको अध्यक्ष पुनले बताउनुभयो । अवको १५ दिन भित्रै योजनाको सम्पूर्ण काम सकिने उहाँले जानकारी दिनुभयो । DSC_0078योजना सम्पन्न गर्नुपर्ने २०७६ बैशाख १५ गते भएपनि समय अगावै उपभोक्ता समितिले योजना सम्मन्न गरेर नमुना कार्य गरेको जलजला ७ का वडा अध्यक्ष टुङगनाथ आचार्यले बताउनुभयो । DSC_0055साघुरो सडक भएका कारण बजारको सुन्दरता नै विग्रिएको थियो स्थानीय वावुराम कार्कीले भन्नुभयो “ सडक फराकिलो भएपछि अव यो सडकको नाम न्यूरोड राख्ने तयारी भएको छ ।” सडक छेवैका घरहरुलाई भत्काएर सडकलाई ८ मिटर चौडा पारिएको छ  । सडक फराकिलो बनाएपछि लेकफाँट र सालिजा जाने यातायातका साधनहरुलाई सहज हुने अपेक्षा व्यक्त गरिएको छ ।