मिलनचोक देखी ठोटनेरी सम्म नमुना सडक बनाइने

विकल्प न्यूज/जलजला
कार्तिक १९ गते ।DSC_0044 उत्तरी पर्वतको जलजला ७ मिलनचोक देखी ठोटनेरी सम्मको सडक कालोपत्रे हुने भएको छ । मिलनचोक,सल्यान,घायखेत,धारापानी ठोटनेरी हुँदै सालिजाको भोटेडाँडा,लेकफाँट,रातमाटा हुँदै माझफाँट देखि पर्वत बेनी सम्म रिङरोड बनाउने अवधारणा सहित गण्डकी प्रदेशले यो सडकलाई नमुना बनाउन लागेको हो । नमुना सडक निर्माणका लागि प्रदेश सरकारले चालु आर्थिक वर्षमा दुइकरोड १० लाख रुपियाँ विनियोजन गरेको छ ।

११ वर्ष अघि निर्माण गरिएको ग्रामिण सडकलाई नमुना बनाउनका लागि प्रतिनिधिसभा सांसद पदम गिरी र गण्डकी प्रदेशका सभामुख नेत्रप्रसाद अधिकारीको पहलमा चालु आर्थिक वर्षमा उक्त बजेट विनियोजन भएको हो । DSC_0039नमुना सडक निर्माणका लागि मिलनचोक देखि १५ किलोमिटर सडक कालोपत्रे गर्नको लागि विस्तृत आयोजना प्रतिवेदन (डिपिआर) बनाउन लागिएको छ । डिपिआर निर्माण गर्नका लागि अहिले सडकको सर्वे गर्ने काम सुरु गरिएको मिलनचोक सल्यान धारापानी ठोटनेरी सडक निर्माण उपभोक्ता समितिका अध्यक्ष दिपक आचार्यले जानकारी दिनुभयो । आगमी तिनमहिना भित्र डिपिआर निर्माण गरी ठेक्का प्रक्रिया मार्फत सडक स्तरउन्नती सहित कालोपत्रेको काम सुरु हुने उहाँले जानकारी दिनुभयो ।

साघुरो सडकलाई ८.५ मिटर फराकिलो बनाउनुका साथै सडकको ग्रेट मिलाउने र नाली बनाउने काम गरी कालोपत्रे गर्नका लागि प्रदेश सरकारले क्रमागत रुपमा बजेटको व्यवस्था गरेको उपभोक्ता समितिका अध्यक्ष आचार्यले जानकारी दिनुभयो । DSC_0041सडक निर्माण भएपछि धाइरिङको कृषि उपजलाई बजारीकरणमा सहयोग पुग्ने आशा गरिएको छ । प्राकृतिक पर्यटकीय स्थल जलजलाका साथै धार्मिक पर्यटकीय स्थल भुमेथानको पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने आशा गरिएको वडा अध्यक्ष टुङगनाथ आचार्यले बताउनुभयो । सडक कालोपत्रे भएपछि आलुको भण्डारका रुपमा परिचित सालिजाको तारेमा उत्पादीत हुने आलुलाई बजार सम्म पु¥याउन सहज हुने अपेक्षा गरिएको छ ।