प्रवासी पर्वतेलीको सहयोगमा लस्तीका बाढीपीडितलाई घर निर्माण

विकल्प न्यूज/लस्ती
कार्तिक ९ गते ।  IMG_5640-1रोजगारीको शिलशिलामा नेदरल्यान्डमा रहेका पर्वतेलीको सहयोगमा जलजला गाउपालिका ७ धाईरिङ लस्तीका पहिरो पीडितका लागि घर निर्माण गरिएको छ ।

गत साउन १ गते रातीको वर्षतका कारण पहिरोले क्षेति पु¥याएर विस्थापित जलजला गाउपालिका ७ लस्तीकी लक्ष्मी शर्माको घर निर्माण गरी हस्तान्त्रण गरीएको हो ।

धाईरिङ वास्वोट घर भई रोजगारीको शिलशिलामा नेदरल्यान्डमा रहनु भएका नारायण आचार्यको विशेष पहलमा नेदरल्याण्डमा रहेका पर्वतवासीको आर्थिक सहयोगमा सौचालय सहित ३ कोठे घर निर्माण गरीएको हो । नेदरल्यान्डवासीको ३ लाख २९ हजार र स्थानिय महिला समुह तथा व्यक्तिहरुको श्रमदाना गरी ५ लाख भन्दा वढीको लागतमा घर निर्माण गरिएको हो ।IMG_5608विहिवार आयोजित कार्यक्रममा जलजला गाउपालिका अध्यक्ष रामकृष्ण मल्ल,पर्वत समाज नेदरल्यान्डका वरिष्ठ सल्लाहकार गुणनिधि रिजाल ,पर्वत समाज नेदरल्यान्डका अध्यक्ष नरवहादुर रोकाले पहिरो पीडित शर्मालाई घरको चापी हस्तान्त्रण गर्नु भएको थियो ।

सोअवसरमा वोल्दै गाउपालिका अध्यक्ष मल्लले वजेट अभावमा प्रकृतिक विपत्तीवाट भएको क्षतिमा जनताको आकांक्षा अनुसार काम गर्न नसकेको भन्दै आगामी दिनमा वजेटको उचित व्यवस्थापन गरेर अगाडी वढ्ने वताउनु भयो । मल्लले बिदेशमा रहेरपनि आफ्नो माटोलाई सम्झिएर पुननिर्माणमा जुटेको भन्दै राज्यले गर्ने काम गरी उदाहरणिय कार्य गरेको वताउनु भयो ।