राष्ट्रिय समाचार
वस्ती संरक्षणका लागि धाइरिङमा नहर निर्माण

वस्ती संरक्षणका लागि धाइरिङमा नहर निर्माणठाकुरप्रसाद आचार्यम्याग्दी,जेठ २१ गते । जलजला गाउँपालिका ७ धाइरिङ स्थित सल्यानको वस्ती संरक्षणका लागि बाढी नियन्त्रण गर्न नहर निर्माण गरिएको छ । गाउँ देखि माथि रहेको नाथिमारेको डाँडाबाट खस्ने कुलो सहितको बाढीले सल्यानको वस्तीलाई जोखिममा पारेपछि बाढी नियन्त्रणका लागि वैकल्पिक नहर निर्माण गरिएको हो । ठोटनेरी,धारापानी,गुन्टेखेत हुँदै बग्ने बुढीकुलोका कारण […]
पर्यटक आकर्षणको केन्द्र बन्दै ‘ढोरपाटन जलजला’

ढोरपाटन (बागलुङ), जेठ २१ गते । पाँच वर्ष अगाडिसम्म जलजला ओझेलमा थियो । फाट्टफुट्ट आन्तरिक पर्यटक पुगे पनि चर्चामा आउन थालेको थिएन । तर, पछिल्लो समय जलजला पुग्ने आन्तरिक तथा बाह्य पर्यटकको सङ्ख्या बढेको छ । नेपालको एक मात्र सिकार आरक्ष ढोरपाटनमा पर्ने जलजलामा दैनिकजसो पर्यटक पुग्न थालेका हुन् । ढोरपाटन उपत्यकाबाट घना जङ्गल र […]
अन्नपूर्ण आधार शिविरमा पहिलो पटक गुञ्जियो ‘फ्रान्सेली संगीत’

विकल्प न्यूज\म्याग्दीजेठ २१ गते । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा रहेको अन्नपूर्ण प्रथम हिमालको आधार शिविरमा पहिलो पटक ‘फ्रान्सेली संगीत’ गुञ्जिएको छ। अन्नपूर्ण प्रथम हिमाल (आठ हजार ९१ मिटर) आरोहणको ७५ वर्ष पूरा भएको अवसरमा मंगलबार आयोजित ‘अन्नपूर्ण हीरक महोत्सव’मा समुद्री सतहदेखि चार हजार ५० मिटर उचाइमा रहेको आधार शिविरमा फ्रान्सेली कलाकारको टोलीले सांगीतिक प्रस्तुति दिएको […]
पर्वतारोहणलाई सुरक्षित बनाउन सरकार क्रियाशील छः प्रधानमन्त्री ओली

म्याग्दी २० जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले हिमाल आरोहणलाई सुरक्षित बनाउन सरकार क्रियाशील रहेको बताएका छन् । अन्नपूूर्ण हिमाल आरोहणको हीरक महोत्सवका अवसरमा आज अन्नपूर्ण गाउँपालिकाले अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा आयोजना गरेको समारोहमा प्रधानमन्त्री ओलीले हिमाल आरोहणको जोखिम घटाउन सरकारले काम गरिरहेको बताए । “हिमाल आरोहणको जोखिम घटाउन सरकारले दक्ष जनशक्ति तयार र आरोहणमार्गमा आवश्यक […]
प्रधानमन्त्री ओली नारच्याङमा

म्याग्दी, जेठ २० गते । प्रधानमन्त्री केपी शर्मा ओली आज म्याग्दीको अन्नपूूर्ण गाउँपालिका–४ नारच्याङ आउनुुभएको छ । अन्नपूूर्ण हिमाल आरोहण भएको ७५आँै वार्षिकोत्सवका अवसरमा अन्नपूूर्ण गाउँपालिकाले आयोजना गरेको कार्यक्रममा सहभागी हुुन उहाँ यहाँ आउनुभएको हो । सन् १९५० जुन ३ मा फ्रान्सका मौरिस हर्जोगले पहिलोपटक आठ हजार ९१ मिटर अग्लो अन्नपूूर्ण हिमाल आरोहण गरेको ७५ […]
अन्नपूर्ण प्रथम हिमालको प्रवर्धन गर्न पदयात्रा(फोटोफिचर)

ठाकुरप्रसाद आचार्यम्याग्दी,जेठ १९ गते । म्याग्दीको अन्नपूर्ण गाउँपालिका ४ नारच्याङस्थित अन्नपूर्ण प्रथम हिमाल र मौरिस हर्जोग पदमार्गको प्रवर्धनका लागि पदयात्रा गरिएको छ । आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण प्रथम हिमाल आरोहणको ७५ वर्ष पूरा भएको अवसरमा स्वदेशी तथा विदेशी पाहुनाहरु सहितको टोली पदयात्रामा निस्केको हो । अन्नपूर्ण प्रथम हिमालको पहिलो आरोही मौरिस हर्जोगका छोरा […]
राहुघाट जलविद्युत् आयोजना निर्माणलाई तीव्रता दिन निर्देशन

म्याग्दी, जेठ १८ गते । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको उच्चस्तरीय टोलीले नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावरद्वारा यहाँ सञ्चालित ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजनाको आज स्थलगत अनुगमन गरेको छ । नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तव, मन्त्रालयका ऊर्जा सचिव सुरेश आचार्य र प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले आयोजना अनुगमनपछि निर्माणलाई गति दिन […]
जिल्लास्तरीय अन्तरमावि लोकनृत्य प्रतियोगितामा प्रकाश मावि बिजयी

म्याग्दी १५ जेठ । म्याग्दी सदरमुकाम बेनीमा सम्पन्न भएको २१ औँ जिल्ला स्तरीय अन्तर मा.वि. रनिङ्ग कप लोकनृत्य प्रतियोगितामा प्रकाश माध्यमिक विद्यालय बिजयी भएको छ । म्याग्दी जेसीजको २७ औँ स्थापना दिवसको अवसरमा सञ्चालन भएको जेसीज सप्ताह २०८२ अन्तर्गत विहिवार आयोजित प्रतियोगितामा सदरमुकाम बेनीमा रहेको प्रकाश मा.वि.का विद्यार्थी कलाकारहरुको टोलीले उपाधी हात पारेका हुन् । […]
अन्नपूर्ण हीरक महोत्सव ः आधार शिविरमा फ्रान्सेली कलाकारको प्रस्तुति हुने

ठाकुरप्रसाद आचार्यम्याग्दी,जेठ १५ गते । अन्नपूर्ण हिमालको काखमा फ्रान्सेली कलाकारहरुले प्रथम हिमाल आरोही मौरिस हर्जोगको सम्झनामा सांगीतिक प्रस्तुती गर्ने भएका छन् । अन्नपूर्ण आरोहणको ७५ वर्ष पूरा भएको अवसरमा आयोजित हीरक महोत्सवमा फ्रान्सेली कलाकारहरुले आधार शिविरमा सांगीतिक प्रस्तुति गर्ने भएका हुन । म्याग्दीको अन्नपूर्ण गाउँपालिका ४ नारच्याङमा पर्ने आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण प्रथम […]
झिँका कृषकलाई औजार वितरण

म्याग्दी, जेठ १४ गते । म्याग्दीको रघुगङ्गा गाउँपालिका–५ झिँका कृषकलाई परम्परागत बाली जौँ र उवा उत्पादन तथा ‘ब्राण्डिङ’ गर्न कृषकलाई अनुदानमा कृषि औजार वितरण गरिएको छ । गण्डकी प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको नवप्रवर्द्धन साझेदारी कार्यक्रमअन्तर्गत झिँका परम्परागत जौँ र उवा बालीको व्यावसायिक खेतीको विकास र किसानको आयआर्जन वृद्धिमा सहयोग पुर्याउने उद्देश्यले सञ्चालन भएको परियोजनामार्फत […]
बेनी खानेपानी आयोजनाको क्षमता विस्तार

म्याग्दी, जेठ १४ गते । सदरमुकाम बेनी बजारमा खानेपानी वितरण हुँदै आएको आयोजनाको क्षमता विस्तारसँगै जल शुद्धीकरण गर्ने संरचना निर्माण भएको छ । सङ्घीय खानेपानी तथा ढल व्यवस्थापन आयोजनाले रु दुई करोड ४६ लाखको लागतमा बराहपाखोमा पानी शुद्धीकरण गर्ने नौ लाख लिटर क्षमताका तीनवटा ट्याङ्की निर्माण गरेको हो । बेनी खानेपानी आयोजना उपभोक्ता समितिका अध्यक्ष […]
अन्नपूर्ण हीरक महोत्सव: पदयात्रामा हर्जोगका सन्तान

ठाकुरप्रसाद आचार्यम्याग्दी,जेठ १४ गते । अन्नपूर्ण प्रथम हिमालको सफल आरोहण भएको ७५ वर्ष पूरा भएको अवसरमा मौरिस हर्जोगका छोरानातिले आफ्ना बुबाको नामबाट नामाकरण गरिएको मौरिस हर्जोग पदमार्गमा पदयात्रा गर्ने भएका छन् । पदयात्राका लागि उनीहरु नेपाल आइसकेको अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष भारतकुमार पुनले जानकारी दिनुभयो । म्याग्दीको अन्नपूर्ण गाउँपालिका ४ नारच्याङमा पर्ने आठ हजार ९१ मिटर […]
जलविद्युत आयोजनाको सडक खन्ने क्रममा पहिरोमा पुरिएर एक्साभेटर चालकको मृत्यु

विकल्प न्यूज /बेनीम्याग्दी,जेठ १३ गते । म्याग्दीमा निर्माणधिन दरखोला जलविद्युत आयोजनाको सडक निर्माणको क्रममा पहिरोमा पुरिएर एकजनाको मृत्यु भएको छ । जिल्लाको धवलागिरि गाउँपालिका ३ मुना स्थित दरखोला जलविद्युत आयोजनामा सडक निर्माण गर्ने क्रममा पहिरो खस्दा एक्साभेटर चालक ३२ वर्षीय खेमराज कुमालको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । #ADD जलविद्युत् आयोजनाको पाइपलाइनका लागि निर्माणाधीन […]
जेसीज सप्ताहमा बेनीमा आँखा परीक्षण

विकल्प न्यूज/बेनीजेठ १३ गते ।म्याग्दी जेसीजको २७ औँ स्थापना दिवसको अवसरमा सञ्चालन भएको जेसीज सप्ताह २०८२ अन्तर्गत सोमबार बेनीमा मेरो विद्यालय कार्यक्रम अन्तर्गत आँखा जाँच गरिएको छ । बेनी बोडिङ स्कुलमा सञ्चालित निशुल्क आँखा परिक्षणमा विद्यालयका विद्यार्थी र शिक्षकहरु समेत गरी ६ सय जनाको आँखा परिक्षण गरिएको छ । उक्त क्रममा ३६ जनामा आँखामा समस्या […]
म्याग्दीमा १८ औँ गणतन्त्र दिवस मनाईने

म्याग्दी, १२ जेठ । म्याग्दीमा यहि जेठ १५ गते विविध कार्यक्रमको आयोजना गरि १८ औँ गणतन्त्र दिवस मनाईने भएको छ । आईतवार जिल्ला समन्वय समिति म्याग्दीका कार्यवाहक प्रमुख तथा गणतन्त्र दिवस–२०८२ मूल समारोह समितिका संयोजक डिल कुमारी खत्रीको अध्यक्षतामा वसेको वैठकले जेठ १४, १५ र १६ गते छुट्टाछुट्टै कार्यक्रम गरि दिवस मनाउने निर्णय गरेको हो […]