मुक्तिनाथ मन्दिर परिसरमा ८ बोरा पुराना भित्री बस्त्र !

मुस्ताङ, १६  कात्तिक ।

002 मुक्तिनाथ मन्दिर दर्शन गर्न पुग्ने पर्यटकले आफ्नो लाज छोप्ने भित्री बस्त्र अव्यवस्थित तरिकाले मन्दिर परिसरमा फालिदिदाँ मुक्तिनाथ मन्दिर नै लाज मान्ने अवस्थामा पुगेको छ ।

मन्दिरमा पुगेका हजारौँ पर्यटकले पाप पखालिने विश्वासमा मन्दिर परिसरमा रहेको १०८ धारा तथा कुण्डमा स्नान गर्छन् । र चिसो भित्री कपडा छेउछाउकै पर्खाल तथा रुखमै फ्याँकेर अर्को पाप गर्छन् ।

स्वदेशी मात्रै होइन विदेशी पर्यटकसमेत हजाराँैको संख्यामा पुग्ने मुक्तिनाथ मन्दिर परिषरको यो दुरअवास्था देखेपछि म्याग्दीबाट मुक्तिनाथ दर्शनका लागि पुगको अखिलका नेता प्रकाश पौडेलले सरसफाई अभियान नै चलाएका छन् ।

सरसफाइको पहिलो दिनमानै फ्याकिएका महिला पुरुषका ८ बोरा भित्री बस्त्र संकलन भएका छन् । यस बाहेक थोत्रो झोला, चाउचाउका पोका, पोलेथिन झोला, मोजा, मिनरलवाटरका बोत्तल लगायतका फोहोरजन्य चिजहरु मन्दिर परिसरमा यत्रतत्र छन् ।