सोलारले दुर्गम चेचुङ गाउँ झिलिमिली

विकल्प न्यूज/बेनी
कार्तिक ८ गते । 43706322_2337484829598559_1710332882951602176_o म्याग्दीको धौलागिरि गाउँपालिका ४ मुदीको दुर्गम चेचुङ गाउँमा सोलार(सौर्यउर्जा) जडान गरिएपछि गाउँ भिलिमिली भएको छ ।

अमेरिकी संस्था फाईर गिभको २० लाख रुपियाँ आर्थिक सहयोगमा सोलार प्यानलबाट ६ किलोवाट विजुली उत्पादन गरी २० घरमा वितरण गरिएपछि गाउँ झिलिमिली बनेको हो । 44803257_1852511681511338_3379541303720148992_nबुधवार धौलागिरी गाउँपालिकाकी अध्यक्ष थमसरा पुन र अमेरिकी संस्थाका प्रतिनिधिले सोलार बत्तिको संयुक्त रुपमा उद्घाटन गर्नुभएको हो । 44042063_10217872190305017_2943021417827926016_oवर्षौ देखि टुकीको भर कष्ठकर दैनिकी गुजारेका चेचुङवासीहरु घरमा बत्ति वलेपछि खुसि भएको गाउँपालिका अध्यक्ष पुनले बताउनुभयो । प्रत्येक घरमा ४ वटा विजुलीका बल्भ राखिनुका साथै मिटर बक्स पनि जडान गरिएको छ । 44805176_1852511581511348_7688954039320444928_nमासिक रुपमा शुल्कबापत संकलन भएको रकम स्थानीय विद्यालयको शैक्षिक विकासमा सहयोग गर्ने व्यवस्था मिलाइएको उहाँले बताउनुभयो । 44042063_10217872190305017_2943021417827926016_oसोलारबाट विजुली बलेपछि पिठो पिस्न र मोवाइल चार्चका लागि घण्टौ हिडेर अर्को गाउँमा जानुपर्ने बाध्यता हटेको छ । भने स्कुले बालबालिकाहरुलाई पढ्न सुविधा भएको छ । सोलारबाट टिभी हेर्ने सुविधा पनि छ । 44716234_1852511911511315_676835568235053056_nसोलार जडानका लागि अमेरिकन नागरिक एडी र एनजिओ डायरेक्टर रेविटले सहयोग गर्नुभएको अध्यक्ष पुनले बताउनुभयो । गाउँमा सोलारले सञ्चालन गर्न सकिने पिस्ने मिल पनि संस्थाले उपलब्ध गराएको छ ।