म्याग्दीका ग्रामीण भेगमा पहेलपुर धानबाली (फोटोफिचर)

विकल्प न्यूज/बेनी
कार्तिक १२ गते ।DSC_0158म्याग्दी जिल्लाको ग्रामीण भेगका किसानहरुलाई वर्षेबाली अन्तर्गतको धानबाली भिœयाउन भ्याइनभ्याई सुरु भएको छ । ‘मानो खाएर मुरी उब्जाउने’ समयमा आफ्नो खेतमा रोपको धानबाली भिœयाउने चटारोमा किसानहरु लागिपरेका छन् । खेतका गह्राभरी पाकेको पहेंलपुर मुख्य धानबाली भिœयाउने काममा किसानहरु व्यस्त देखिएका छन् । DSC_0012नेपालीहरुको महान् पर्व दशैंको शुरुआतदेखि नै किसानहरुले बाली भिœयाउन शुरु गरेका थिए । असोजदेखि मंसिरसम्मको समय उनीहरुका लागि अत्यन्त व्यस्तताको समय हो । चाडपर्वसँगै आफूहरु धान काट्ने, उठाउने, कुन्यु लगाउने र दाँई हाल्नेजस्ता काममा व्यस्त भएको किसानहरुले बताएका छन् । धानबाली भिœयाएलगत्तै गहुँ, जौ, तोरी, उवालगायत हिउँदेबाली लगाउने गरिन्छ । DSC_0003जिल्लाको उच्च पहाडी भेगका कृषकहरु धानबाली भिœयाएर कोदो काट्ने र गहुँ, जौ, उवा छर्ने तयारीमा लागेका छन् । यसपाली मौसम अनुकुल भएका कारण बाली भिœयाउन सहज भएको बेनी नगरपालिका–५, चिप्लेटीका किसान मिनबहादुर खत्रीले बताए । बाली लगाउने, स्याहारसुसार गर्ने र भिœयाउने बेलामा गाउँगाउँमा अर्मपर्म तथा पालो लगाउने चलन रहिआएको छ । DSC_0002दशैंअघि नै म्याग्दीको माथिल्लो क्षेत्रमा वर्षेबाली भिœयाउन शुरु भएको थियो । कुहुँ, पुलाचौर, घतान, पात्लेखेत लगायतका क्षेत्रका किसानहरुले धानबाली भिœयाउन थालेका छन् । विगत केही वर्षयता म्याग्दीमा बारीलाई खेत बनाएर धानखेती गर्ने चलन बढ्न थालेको छ भने बारीमा समेत धान रोप्ने गरिएको छ । DSC_0280जिल्लाको रत्नेचौर, ज्यामरुककोट, अर्थुङ्गे, पुलाचौर, सिङ्गा, बराङ्जा, बाबियाचौर, कुहुँ, अर्मन, दरबाङ, ताकम, घतान, पात्लेखेत, पिप्ले, भगवती, शिख, घार, भूरुङ–तातोपानी, नारच्याङ, दानालगायत क्षेत्रमा धानखेती हुँदै आएको छ । हिमाली गाविस गूर्जा र लुलाङमा अत्यधिक चिसोका कारण धानखेती हुँदैन । म्याग्दीमा गौरिया, गुडुरा, दर्माली, मार्सी, आङा, झिनुवा, ताकमारे, माछापुच्छ«े–३, लुम्ले–२ लगायत लोकल जातका धानहरु रोपिँदै आएको छ ।DSC_0257म्याग्दी जिल्लाको कुल खेतीयोग्य जमिनको ३ हजार ८ सय ९७ हेक्टरमा धानखेती हुँदै आएको छ भने ३ हजार ६२ हेक्टरमा गहुँ, २ हजार ७ सय ४० हेक्टरमा कोदो र नौहजार ८ सय ७२ हेक्टरमा मकैखेती हुँदै आएको छ । विगतका वर्षको तुलनामा यसवर्ष म्याग्दीमा धान उत्पादनमा कमी आउने कृषि प्राविधिकहरुले अनुमान गरेका छन् ।DSC_0004यसैबीच पछिल्लो समय गाउँघरमा गाईगोरु पाल्न छाडेपछि दाँई हाल्ने, खेतबारी जोत्ने र मल बनाउन गाईगोरुको अभाव झेल्न पनि किसानहरु बाध्य छन् । युवापुस्ता रोजगारी, अवसर र सेवासुविधाको खोजीमा देशविदेश तथा शहर पसेका कारण गाउँमा श्रमिकको अभाव देखिएको छ ।DSC_0257 DSC_0002तस्विरहरु ठाकुरप्रसाद आचार्य