गुर्जाको गुस्तुङ साउथ हिमालको सफल आरोहण

विकल्प न्यूज/बेनी
कार्तिक १३ गते ।DSC_0893 म्याग्दीको धौलागिरी गाउँपालिका १ गुर्जामा रहेको गुस्तुङ साउथ हिमालको फ्रेन्च टोलीले सफल आरोण गरेका छन् । ६ जना फ्रेन्च र ३ जना नेपाली गरी नौजनाको टोलीले ७ हजार मिटर भन्दा अग्लो गुस्तुङ हिमालको सफल आरोहण गरेको गुर्जाका वडाअध्यक्ष झकवहादुर छन्त्यालले जानकारी दिनुभयो ।
हिमाल आरोहण गरेर खुसि हुँदै टोली गुर्जा गाउँ आइपुगेको छ वडा अध्यक्ष छन्त्यालले भन्नुभयो “गाउँलेहरुले आरोहणदलका सदस्यहरुलाई सम्मान गर्ने तयारी गरेका छन् ।”

राजन भोटेको नेतृत्वको ६ फ्रान्सेली ३ नेपाली टोलीले गुस्तुङ साउथ आरोहण गर्न गएको थियो । ‘गुस्तुङ गएको टोलीले सफल भएको तर, गुर्जा गएको टोली असफल भएको जानकारी हामीलाई आएको छ,’ छन्त्यालले भन्नुभयो, ‘गुस्तुङ समिट गर्ने टोलीमध्ये आधा गुर्जा आइपुगेका छन, बाँकी सोमबार साँझसम्म गुर्जा आइपुग्छन । आरोहीहरूलाई हामी मंगलबार कार्यक्रमै गरी सम्मान गर्दै छौं ।’

ढोरपाटन सिकार आरक्षभित्र पर्ने गुस्तुङ साउथ गुर्जा हिमालको छेउको सानो चुचुरो हो । गुस्तुङ ढोरपाटन सिकार आरक्षको एउटा सिकार ब्लक पनि हो । गुर्जा हिमाल आरोहण गर्न यसै वर्षदेखि खुला गरिएको हो । आरोहणमा आएको पहिलो टोलीका ४ नेपाली र ५ दक्षिण कोरियालीसहित ९ पर्वतारोहीको २ साताअघि बेस क्याम्पमा आएको हिमआँधीमा परी मृत्यु भएको थियो ।