ताजा समाचार:
Search

Breaking News

काँग्रेसको मापदण्ड ः लोकप्रियताको आधारमा टिकट

विकल्प न्यूज\बेनी चैत ६ गते । आसन्न स्थानीय तहको निर्वाचनमा लोकप्रियताको आधारमा नेपाली काँग्रेसले उम्मेदवारको टिकट दिने भएको छ । निर्वाचन लक्षित कार्यक्रमलाई तीव्रता दिएको काँग्रेसले व्यक्तिको लोकप्रियताको आधारमा टिकट दिने बताएको हो । स्थानीय चुनावलाई लक्षित गरेर कांग्रेस म्याग्दीले शनिबार बेनीमा आयोजना गरेको जिल्लास्तरीय अगुवा कार्यकता भेला तथा प्रशिक्षण कार्यक्रममा गण्डकी प्रदेशका सभापति शुक्रराज […]

निर्वाचन लक्षित प्रशिक्षणमा जुट्यो एमाले

विकल्प न्यूज\बेनी चैत ६ गते । नेकपा एमाले म्याग्दीले निर्वाचन लक्षित कार्यक्रमलाई तिव्रता दिएको छ । स्थानीय तहको निर्वाचन नजिकिदै जाँदा एमाले नगर तथा पालिका कमिटिले अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रमलाई तिव्रता दिएको हो । शनिबार नेकपा एमाले बेनी नगर कमिटिले पार्टि कार्यालय हाँडेभिरमा प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा नेकपा एमालेका केन्द्रिय सदस्य तथा […]

म्याग्दीमा स्थानीय निर्वाचन ः तालमेल कि एक्ला एक्लै ?

विकल्प न्यूज\बेनी फागुन २ गते । आसन्न बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको माहोल विस्तारै तात्न थालेको छ । जिल्लाका मुख्य दलहरु निर्वाचनको तयारीमा जुट्न थालेका छन् । पाँचवटा गाउँपालिका र एक नगरपालिका सहित जिल्लामा ६ वटा स्थानीय तह छन् । सत्ता गठबन्धनमा सहभागि दुई ठूला दल नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रले जिल्लमा […]

डाँडापाखामा गुँरास फुलेपछि …….(फोटो)

विकल्प न्यूज\बेनी चैत २ गते । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ शिखको जंगलमा राताम्मे फुलेको लालीगुँरासंग रमाउँदै शिक्षिका र विद्यार्थीहरु । तस्वीर हेमा पुर्जा, शिक्षक शिख मावि

बेनी नगर कार्यपालिकाको ७९ औं वैठकका निर्णय सार्वजनिक

विकल्प न्यूज\बेनी फागुन ३० गते ।  कार्यपालिकाका निर्णय सार्वजनिक गर्दै प्रवक्ता रामकृष्ण बराइली ।  बेनी नगरपालिकाले दुई ग्रामिण सडक स्तरोन्नती गर्ने भएको छ । नगरको सोमबार वसेको ७९ औं कार्यपालिकाको वैठकले सडक बोर्डबाट प्राप्त भएको ५५ लाख र नगरको समपुरक कोषको २७ लाख गरी ८१ लाख रुपैयाँ सडक स्तरोन्नतीका लागि रकम विनियोजन गर्ने निर्णय गरेको […]

ज्येष्ठ नागरिकमा रहेको ज्ञान,सीप र अनुभव अन्तरपुस्ता हस्तान्तरण कार्यक्रम

विकल्प न्यूज\बेनी फागुन २९ गते । म्याग्दी सदरमुकाम बेनीमा ज्येष्ठ नागरिकमा रहेको ज्ञान,सीप र अनुभव अन्तरपुस्ता हस्तान्तरण बिषयक अन्र्तक्रिया कार्यक्रम आइतवार सम्पन्न भएको छ । सामाजिक विकास कार्यालयको सहयोग र म्याग्दी मिडिया सोसाईटीको आयोजनामा उक्त कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा ज्येष्ठ नागरिकमा रहेको ज्ञान,सीप र अनुभव समेटिएको बृत्तचित्र प्रदर्शन समेत गरिएको थियो । कार्यक्रममा […]

म्याग्दीमा काँग्रेसको चुनावी अभियान सुरु

धनिलाल गर्बुजा \विकल्प न्यूज फागुन २९ गते । नेपाली काँग्रेस म्याग्दीले आसन्न बैशाख ३० गते हुने स्थानीय तह निर्वाचन लक्षित कार्यक्र सुरु गरेको छ । आइतबार बेनीमा एक कार्यक्रमको आयोजना गरेर काँग्रेस जिल्लाभर एकसाथ अभियान थालेको हो । ‘‘घर–घर जाऔँ, कांग्रेस जिताऔँ’’ भन्ने नारा सहित एकमहिने अभियानको पुर्व राज्यमन्त्री तथा काँग्रेस केन्द्रीय सदस्य चम्पादेवी खड्काले […]

परिश्रमी रविना र सुष्मा होटलमा काम गर्दै पढ्दै

विकल्प न्यूज/बेनी फागुन २७ गते । म्याग्दीको मालिका गाउँपालिका ७ विम निबासी रबिना दर्जी अहिले म्याग्दी बहुमुखी क्याम्पसमा स्नातक तह प्रथम बर्षमा अध्ययनरत हुनुहुन्छ । त्यस्तै अन्नपूर्ण गाउँपालिका ५ शिखकी सुष्मा छिनालले पनि सोही क्याम्पसमा शिक्षा शास्त्र शंकायमा स्नातकतह प्रथम बर्षमा अध्ययन गर्दै हुनुहुन्छ । यी दुवै जना बिद्यार्थीको जिवन कथा भने फरक छ । […]

ठेकेदारले काम छाडेपछि पिप्ले–भगवती सडक कालोपत्रे योजना अलपत्र

विकल्प न्यूज\बेनी फागुन २६ गते । म्याग्दीको रघुगंगा गाउँपालिकाको गलेश्वर राहुघाट देखि पिप्ले–भगवती कालोपत्रे सडक अलपत्र परेको छ । गण्डकी प्रदेश सरकारको ‘एक निर्वाचन क्षेत्र, एक सडक आयोजना’ कार्यक्रम अन्तरगत पूर्वाधार विकास कार्यालयले सञ्चालन गरेको योजनामा निर्माण कम्पनी एपेक्स–खड्का कृष्ण जे.भीले बिचैमा काम छाडेपछि योजना अलपत्र परेको हो । निर्माण कम्पनीका साझेदारहरुबिच आर्थिक लेनदेनको बिषयमा […]

मंगला बन्यो कार्यसम्पादन मूल्याङ्कनमा जिल्लामा पहिलो

विकल्प न्यूज\बेनी फागुन २६ गते । म्याग्दीको मंगला गाउँपालिका कार्यसम्पादन मूल्याङ्कनमा जिल्लामै पहिलो भएको छ । राष्ट्रिय प्राकृतिक श्रोत तथा वित्त आयोगले गरको कार्यसम्पादन मूल्याङ्कनमा जिल्लाका ६ वटा स्थानीय तह मध्य मंगला गाउँपालिका प्रथम बनेको हो । विभिन्न १७ वटा सूचकलाई आधार बनाई एक सय पूर्णाङ्कमा गरिएको मूल्याङ्कमा मंगला गाउँपालिकाले ६६ दशमलव ३५ अंक प्राप्त […]

महिला दिवस ः नौमती बाजा सहित बेनीका महिलाहरुले निकाले ¥याली (फोटोफिचर)

ठाकुरप्रसाद आचार्य/म्याग्दी फागुन २४ गते । ११२ औं अन्तर्राष्ट्रय महिला दिवसका अवसरमा बेनीका महिलाहरुले मंगलबार नौमती बाजा सहित ¥याली निकालेका छन् । बेनी नगरपालिकाद्धारा आयोजित महिला दिवसका अवसरमा महिलाहरुले नौमती बाजा सहित बजारमा ¥याली निकालेका हुन । बाजामा नाच्दै गाउँदै महिलाहरुले बजार परिक्रमा गरेका थिए । ¥यालीमा विभिन्न संघसंस्थामा आवद्ध महिलाहरुको सहभागिता रहेको छ ।

हेलो बेनी नगर ! यी चौपारी देख्नुभएको छैन ? (फोटो)

विकल्प न्यूज\बेनी फागुन २४ गते । बेनी नगरपालिका गेट नजिकका यी दुई चौपारीको चित्र हामीले यहाँ प्रस्तुत गरेका छौं । बेनी बजारको मुटुमै अवस्थित यी दुई चौपारीको अवस्था यस्तै हुनुपर्ने हो त ? बेनी नगरपालिका गेट नजिक रहेका यी चौपारीको मर्मत सम्भार गर्ने दायित्व नगरपालिकाको हुनुपर्ने होइन र ! तस्विरहरु विकल्प न्यूज

रत्नेचौरमा धार्मिक महोत्सव सुरु (फोटोफिचर)

विकल्प न्यूज/बेनी फागुन २३ गते ।    बेनी नगरपालिका १ रत्नेचौरमा धार्मिक महोत्सव सुरु भएको छ । महोत्सवको सोमबार गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र पोखरेलले उद्घाटन गर्नुभयो । महोत्सवको उद्घाटन गर्नुहुँदै मुख्यमन्त्री पोखरेलले गण्डकी प्रदेशलाई धार्मिक पर्यटकीय स्थलको केन्द्रका रुपमा विकास गर्ने प्रदेश सरकारको योजना रहेको बताउनुभयो । ‘हाम्रो प्रदेश भनेको गण्डकी सभ्यताको प्रदेश हो।कालिगण्डकी हाम्रो […]

रत्नेचौरमा धार्मिक महोत्सवको तयारी

विकल्प न्यूज/बेनी फागुन २१ गते । पछिल्लो समय तोरीवारीका कारण भाइरल बनेको बेनी नगरपालिका १ रत्नेचौरमा धार्मिक महोत्सव आयोजना गरिने भएको छ । रत्नेचौरलाई धार्मिक पर्यटकीयस्थलका रुपमा विकास गर्न फागुन २३ देखि एकहप्ता सम्म महोत्सव गर्न लागिएको हो । महोत्सवको तयारीका वारेमा शनिबार आयोजकले पत्रकार भेटघाट कार्यक्रमको आयोजना गरेका थिए । धार्मिक तथा पर्यटकीय दृष्टिकोणले […]

‘पार्टीले टिकट दिए पालिका अध्यक्ष लड्छु’

ठाकुरप्रसाद आचार्य \म्याग्दी फागुन २० गते । लठ्ठीको साहाराले हिडडुल गर्नुहुन्छ । कपाल फुलेर सेतै भएको छ । उमेरले डाडा काटिसकेको छ । तर विचार र हिम्मत भने युवाको भन्दा कम छैन । म्याग्दीको मालिका गाउँपालिका ४ ओखरबोटका वडा अध्यक्ष बयासी वर्षीय दिलिप शेरचनको सामाजिक सेवाप्रतिको जोसजाँगर हिम्मत देख्दा सबैजना छक्क पर्ने गर्दछन् । पच्चायतकालमा […]