मालढुङ्गा–बेनी सडक अन्तर्गत केराबारीको पहिरो (फोटोफिचर)

विकल्प न्यूज/बेनी
असोज २६ गते ।

मालढुङ्गा –बेनी सडक अन्तर्गत पर्वतको जलजला ७ स्थित केराबारीको ओढारे भीरमा पहिरो जाँदा सडक अवरुद्ध बनेको छ । आइतबार राती देखी खसेको पहिरोले सडक अवरुद्ध बनाएको हो ।

एकवर्ष देखि यता सडक स्तरोन्नती थालिएको छ । सडक स्तरोन्नतीका क्रममा सडकको ठेक्का लिएको निर्माण कम्पनीले सडक चौढा बनाउने बहाना ढुंगा निकाल्न भीर काटेका कारण पहिरो गएको स्थानीयहरुले बताएका छन् ।

सडक फराकिलो बनाउन भीर काट्नुपर्ने थिएन केराबारीका एक स्थानीयवासीले भन्नुभयो ‘सडक छेवैमा अलि अलि भित्ता फोर्ने र नदी किनारबाट पर्खाल उठाउने गरेको भए यति ठूलो भीर काट्नु पर्ने थिएन । तर ठेकेदारले यहाँका जग्गावाला सँग मिलेर ढुंगा निकाल्न भीर खरिद गरेको हो ।’ जग्गाधनीले केही आफ्नो र केही सार्वजनिक भीर समेत गरेर ठेकेदारालाई विक्री गरेको स्थानीयवासीहरुले बताएका छन् ।

सामुदायिक वन क्षेत्रमा पर्ने भीरपहरा फुटालेर ठेकेदारले ढुंगा खानी सञ्चालन गर्दा पनि वडा,पालिका र जिल्ला स्थित सरकारी निकाय चुपचाप बसेको केराबारीका एक स्थानीयवासीले बताउनुभयो । ढुंगा निकालिएको भीरपहराका वारेमा सम्बन्धित निकायले छानविन गर्नुपर्ने स्थानीयहरुले बताएका छन् ।

भीरपहरामा मेशिन प्रयोग गरेर ढुंगा निकालेका कारण अहिले जमेर बसेका ठूला ठूला ढुंगा सडकमा खसेको छ । पहिरो नथामिए सम्म सडक खुलाउन नसकिने मिलनचोक प्रहरी चौकीका इन्चार्ज मुक्तबहादुर खड्काले बताउनुभयो । मंगलबार जलजला ७ का वडाध्यक्ष टुंगनाथ आचार्य सहित प्रहरीको टोलीले पहिरो स्थलको अनुगमन गरेको उहाँले बताउनुभयो ।

पहिरोका कारण पैदल हिड्न समेत नसकिने भएको र कुनै मानविय क्षति नहोस भनेर मिलनचोक प्रहरीले सर्वसाधरणहरुलाई सचेत बनाएको मिलनचोक प्रहरी इन्चार्ज खड्काले बताउनुभयो ।