राष्ट्रिय महिला भलिबल प्रतियोगितामा गण्डकीको विजयी सुरुवात

विकल्प न्यूज/बेनी
असोज २७ गते । बेनीमा सिुरु भएको नर्वौ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला भलिबल प्रतियोगितामा गण्डकी प्रदेशले विजयी सुरुवात गरेको छ । बेनीको खुल्ला मञ्चमा भएको उद्घाटन खेलमा सुदुरपश्चिमलाई शून्यका विरुद्ध सोजो तिनसेट जितेर गण्डकी प्रदेशले विजयी सुरुवात गरेको हो ।

बेनीको खुल्ला मञ्चमा सम्पन्न उद्घाटन खेलमा सुदुरपश्चिम प्रदेशलाई शुन्यका विरुद्ध तिनसेट लगातार जितेर गण्डकीले विजयी सुरुवात गरेको हो । गण्डकीले पहिलो खेलमा १८ का विरुद्ध २५,दोस्रो खेलमा ८ का विरुद्ध २५ र तेस्रो खेलमा २२ का विरुद्ध २५ जित निकालेर सुदुरपश्चिमलाई पराजित गरेको हो । टिम क्याप्टेन अरुणा शाहिको नेतृत्वमा रहेको गण्डकीले घरेलु मैदानमा राम्रो खेल प्रदर्शन गरेको हो ।