ताजा समाचार:
Search

राष्ट्रिय महिला भलिबल ः कर्णालीलाई पराजित गर्दै नेपाल आर्मीको जित

ठाकुरप्रसाद आचार्य/म्याग्दी
असोज २९ गते ।

बेनीमा जारी नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला भलिबलको शनिबार भएको लिगचरणको खेलमा नेपाल सेनाको त्रिभुवन आर्मी क्लबले कर्णाली प्रदेशलाई ३–० को सोजो सेटमा पराजित गर्दै जित निकालेको छ । कर्णाली प्रदेशमाथि आर्मी क्लबले २५–१२, २५–१३, २५–१२ को जित निकालेको हो । दिउसो २ बजे मधेश प्रदेश र प्रदेश नम्बर एक बीच खेल हुने छ ।