ताजा समाचार:
Search

नवौं राष्ट्रिय खेलकुदः महिला भलिबलको चौथो खेलमा नेपाल पुलिस विजयी

ठाकुरप्रसाद आचार्य/म्याग्दी
असोज २८ गते ।

बेनीमा जारी नवौं राष्ट्रिय महिला भलिबल अन्तर्गत शुक्रबार सम्पन्न चौथो खेलमा नेपाल पुलिस क्लब विजयी भएको छ । पुलिस क्लबले लुम्बिनी प्रदेशलाई सोझो ३–० सेटमा पराजित गरेको हो । पुलिसले लुम्बिनी प्रदेशलाई १०–२५, ११–२५ र ९–२५ को अंकमा लगातार तीन सेटनै पराजित गर्दै जित निकालेको हो ।

राष्ट्रिय भलिबल खेलाडी म्याग्दीकी चेली कमला पुनको कप्तानीमा रहेको पुलिसले सुरुवात देखिनै लुम्बिनीलाई दबाबमा राखेको थियो । लुम्बिनी कमजोर बनेपछि पुलिसलाई खेल जित्न सहज बनेको थियो ।

खेलाडीको हौसलाका लागि प्रत्यक खेलमा म्यान अफ म्याच घोषणा गर्ने व्यवस्था गरिएको छ । जसअन्तर्गत उक्त खेलमा नेपाल पुलिस क्लवका लक्ष्मी चन्दले म्यान अफ द म्याचको ट्रफि प्राप्त गर्नुभएको अफिसियल आयोजक जिल्ला भलिबल संघका अध्यक्ष तेजेन्द्र बानियाँले बताउनुभयो ।
शनिबार विहान १० बजे त्रिभुवन आर्मी क्लव र कर्णाली प्रदेश बीच खेल संचालन हुनेछ भने दिउँसो २ बजे प्रदेश १ र मधेस प्रदेशबीच खेल संचालन गरिने खेल तालिका बनाईएको अध्यक्ष बानियाँले बताउनुभयो ।