सत्ता गठबन्धनद्धारा म्याग्दीमा संयुक्त उम्मेदवारी दर्ता (फोटोसहित)

विकल्प न्यूज/बेनी
असोज २३ गते । सत्ता गठबन्धनमा आवद्ध दलहरुले म्याग्दीमा संयुक्त रुपमा उम्मेदवार दर्ता गराएका छन् । गठबन्धनका तर्फबाट प्रतिनिधिसभा सदस्य पदका लागि नेपाली काँग्रेसका जिल्ला सभापति खमबहादुर गर्बुजा (खम्बिर) र प्रदेशसभा निर्वाचन क मा माओवादीका हरिबहादुर भण्डारी र ख मा माओवादीकै जिल्ला संयोजक रेशम जुग्जाली (सुविन)ले मनोनयन दर्ता गराउनुभएको छ ।
नेपाली काँग्रेसको पार्टी कार्यालयबाट गठबन्धनमा आवद्ध दलहरुका नेता तथा कार्यकर्ता र उम्मेदवार सहित मूख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेका थिए ।