कांग्रेसका सभापति देउवाद्धारा गलेश्वर मन्दिरको दर्शन(फोटोसहित)


ठाकुरप्रसाद आचार्य
म्याग्दी,पुस २८ गते ।

नेपाली कांग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले आइतबार म्याग्दी स्थित प्रशिद्ध गलेश्वरधामको दर्शन तथा अवलोकन गर्नुभएको छ ।

आज देखि बेनीमा सुरु भएको आठौं म्याग्दी महोत्सवको उद्घाटन गर्न म्याग्दी आउनुभएका सभापति देउवाले बेनी नगरपालिका ९ स्थित प्रशिद्ध गलेश्वर मन्दिरमा पुगेर दर्शन तथा अवलोकन गर्नुभएको हो ।

गलेश्वर शिवालय क्षेत्र विकास कोषका अध्यक्ष माधवप्रसाद रेग्मीले सभापति देउवालाई गलेश्वर मन्दिरको धार्मिक महत्वका वारेमा जानकारी गराउनुभएको थियो ।

हेलिकोप्टरबाट गलेश्वर अवतरण हुनुभएका सभापति देउवालाई पार्टीका जिल्ला सभापति तथा प्रतिनिधिसभाका सदस्य खमबहादुर गर्बुजा(खम्बिर),संविधान सभा सदस्य तथा नेपाली कांग्रेस म्याग्दीका नेता रेशमबहादुर बानियाँ,बेनी नगरपालिकाका प्रमुख सुरत केसी,प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकाल,कांग्रेसका जिल्ला स्तरका नेता तथा कार्यकर्ता सरकारी कार्यालयका प्रमुख लगायतले स्वागत गर्नुभएको थियो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *