रास्वपा म्याग्दीको प्रथम जिल्ला भेला हुँदै, नेतृत्वका लागि खुला आह्वान


विकल्प न्यूज/बेनी
पुस २४ गते ।

राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) म्याग्दीको प्रथम जिल्ला भेलाको आयोजना गरिएको छ । यही पुस २७ गते शनिबारका दिन सदरमुकाम बेनीमा प्रथम भेला आयोजना गरिएको रास्वपाले जनाएको छ ।

पार्टीको सांगठनिक सुदृढीकरण र स्थानीय तहमा सक्रियता बढाउनका लागि भेला गर्न लागिएको रास्वपाका म्याग्दी प्रतिनिधि तथा युवा छवि आचार्यले जानकारी दिनुभयो । साथै भेलाले जिल्ला नेतृत्व समेत चयन गर्ने उहाँले जानकारी दिनुभयो । जिल्ला कार्यसमितिको गठन तथा नयाँ नेतृत्व चयनका लागि पार्टीले खुला आह्वान गरेको आचार्यले बताउनुभयो ।

उहाँले भन्नुभयो, “पार्टीलाई जिल्लास्तरमा सुदृढ बनाउँदै आगामी गतिविधि तय गर्न भेला कोशेढुङ्गा हुनेछ,” भेला संयोजक युवराज रोकाले भन्नुभयो ।

कार्यक्रममा पार्टीका केन्द्रीय नेताहरू प्रतिनिधिसभा सदस्य मनिस झा,माननीय हरि ढकाल र बिनिता कठायत , त्यसैगरी गण्डकी प्रदेशका सभापति तथा केन्द्रिय सदस्य राजन गौतम, केन्द्रिय सदस्य राजन गौतम, मोहनजङ्ग थापा लगायत प्रदेश तथा अन्य जिल्लाका पदाधिकारी,स्थानीय कार्यकर्ता, शुभेच्छुकका साथै रास्वपा कार्यकर्ताहरुको भेलामा सहभागि हुने भेला संयोजक रोकाले जानकारी दिनुभयो ।

कार्यसमितिमा बस्न इच्छुकहरूले २६ गते साँझ ५ बजेसम्म आफ्नो नाम दर्ता गराउन सक्ने व्यवस्था गरिएको छ। पार्टीको प्राथमिकतामा स्थानीय मुद्दाहरूको सम्बोधन, युवाहरूको नेतृत्वमा आधारित पहल, र जनताको सरोकारका विषयलाई केन्द्रमा राखेर काम गर्ने योजना रहेको पार्टीले जनाएको छ।

रास्वपाले म्याग्दीमा जनताको बढ्दो आकर्षणको बीचमा संगठन विस्तारलाई प्राथमिकतामा राख्दै भेला आयोजना गरेको युवा आचार्यले बताउनुभयो । नयाँ नेतृत्व चयन सँगै जिल्लामा संगठन विस्तारलाई तिव्रता दिने सो पार्टीले जनाएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *