Breaking News
विकट वस्ती विलबाङ पुगेर पहिरो पीडितलाई राहत वितरण (फोटोसहित)
विकल्प न्यूज/बेनी विलबाङ,म्याग्दी भदौं १ गते । पश्चिम म्याग्दीको मालिका गाउँपालिका २ रुमको विकट वस्ती विलबाङका पहिरो पीडितहरुलाइ विहिवार राहत वितरण गरिएको छ । बुधवार विहान वस्ती माथिको खरिवोटको पाखोबाट आएको पहिरोले ६ घर पूर्णरुपमा पहिराले पुरेको थियो । पहिरोले घर पुरेपछि पीडितहरु आफन्तको घरमा आश्रय लिएर वसेका छन् ।मालिका गाउँपालिकाको केन्द्र दरवाङ देखि ३ […]
गुईठे र काभ्रेका पहिरो पीडितलाई सुरक्षित स्थानमा राखीने
सन्तोष गौतम/विकल्प न्यूज म्याग्दी ३१ साउन । म्याग्दीको अन्नपूर्ण गाउँपालिका ३ दानाको गुईठे र काभ्रेका पहिरो पिडितलाई सुरक्षित स्थानमा सारीने भएको छ । गाउँपालिकाका अध्यक्ष डमबहादुर पुन, उपाध्यक्ष केशमाया मगर, वडा अध्यक्ष नरसीङ पुर्जा, बेनी–जोमसोम–कोरला सडक आयोजनाका प्रतिनिधि र पिडितहरुबीच भएको छलफलपछि उच्च जोखिममा रहेका १० घरपरिवारलाई अस्थाई रुपमा सुरक्षित स्थानमा बस्ने ब्यवस्था मिलाउने […]
कालीगण्डकीले विद्यालय भवन बगायो
विकल्प न्यूज /बेनी साउन ३० गते । म्याग्दीको अन्नपूर्ण गाउँपालिका ४ कोप्चेपानी स्थित धवलागिरी आधारभुत विद्यालयको कक्षा कोठा भवन कालीगण्डकीले बगाएको छ । कालीगण्डकीले धार परिवर्तन गरेर कटान गर्दा बुधबार बिहान छ कोठे कक्षा कोठा भवन बगाएको व्यवस्थापन समितिका अध्यक्ष दुर्गा खड्काले बताउनुभयो । कक्षा ३ सम्म पठनपाठन हुने विद्यालयमा बिस जना विद्यार्थीहरु अध्ययनरत छन् […]
मंगलामा पार्क निर्माणका लागि करिव ४० लाखको जग्गा सहयोग
विकल्प न्यूज/बेनी साउन २९ गते । म्याग्दीको मंगला गाउँपालिका २ का क्याप्टेन इन्द्रबहादुर अधिकारीले बालबालिका तथा ज्येष्ठ नागरिक पार्क बनाउनका लागि करिब ४० लाख वरावरको जग्गा गाउँपालिकालाई निशुल्क रुपमा सहयोग गर्नुभएको छ । बाबियाचौर घर भई हाल काठमाण्डौं वसोवास गर्नुहुने अधिकारीले बावियाचौर बजार देखि पोक जाने पुल छेवैको ३ रोपनी १५ आना, तिन दाम १ […]
“डोजरे” विकासको परिणाम ः पहिरो, भुक्षय र कटानको जोखिम
रघुगंगा गाउँपालिका ६ पाखापानीको कमनाथमा खसेको पहिरो पार गर्दै प्रजिअ लिलाधर अधिकारी, प्रनाउ बिरबहादुर बुढा लगायत सुरक्षाकर्मीहरु । तस्विर सन्तोष गौतम उपकरणको कम्पनले खलबलिएको जमिन बर्खाको पानीले गलेर बग्ने, सडकमा संकलन हुने पानीले खोल्सा बनाउने, माटो बगाउँदा वरपरका बस्तीमा पहिरो खस्ने, जमिन भासीने, भुक्षय हुने, नदीमा बाढीको आयटन बढेर कटान गर्ने क्रम बढेको जिल्ला भु–संरक्षण […]
गलेश्वरमा एक महिनामा एक लाख भक्तजन
सन्तोष गौतम/विकल्प न्यूज बेनी २८ साउन । बेनी नगरपालिका ९ स्थित गलेश्वर मन्दिरमा एक महिनाको अवधिमा करिब एक लाख भक्तजनले पुजाआजा गरेका छन् । साउन महिनाको सोमबारको दिन पारेर गलेश्वरको दर्शन र पुजाआजाका लागि म्याग्दीका साथै देशका विभिन्न ठाउँबाट एक लाख जना भन्दा बढी भक्तजन आएको गलेश्वर शिवालय क्षेत्र विकास कोषले जनाएको छ । अन्तिम […]
अञ्चल अस्पतालले रिफर गरेका बिरामीको बेनी अस्पतालमा सफल शल्यक्रिया
सन्तोष गौतम/विकल्प न्यूज म्याग्दी २८ साउन ।म्याग्दीको सदरमुकाम स्थित बेनी अस्पतालमा अञ्चल अस्पतालले रिफर गरेका बिरामीको सफल शल्यक्रिया भएको छ । बागलुङ स्थित धवलागिरी अञ्चल अस्पतालले उपचार गर्न नसकेर रिफर गरिएका गर्भवतीलाई बेनी अस्पतालमा शल्यक्रिया मार्फत सुत्केरी गराइएको हो । सुत्केरी बेथा लगेर शुक्रबार अञ्चल अस्पतालमा भर्ना भएकी बागलुङ नगरपालिका ८ सिगानाकी ३५ वर्षिया सरस्वती […]
ताकम एकिकृत घनाबस्ती योजनाको डिपीआर तयार
गोपाल आचार्य/विकल्प न्यूज ताकम २७ साउन ।म्याग्दीको धवलागिरी गाउँपालिका ७ ताकमको घनाबस्ती पूर्वाधार निर्माण आयोजनाको विस्तृत अध्ययन प्रतिवेदन (डिपीआर) तयार भएको छ । सहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालय बागलुङद्धारा नियुक्त परामर्शदाताले स्थलगत अध्ययन गरेर तयार पारेको प्रतिवेदन शनिबार ताकममा आयोजित कार्यक्रममा सार्वजनिक गरिएको छ । एकिकृत बस्ती विकासका लागि व्यवस्थित रुपमा आधारभुत पूर्वाधार […]
प्रतिभाशाली खेलाडी कमला पुन
विकल्प न्यूज/बेनी साउन २६ गते । हरेक खेलमा टिमको भरोसा उनै हुन्छ जस्ले बिश्वास मात्रै गर्दैन आफ्नो प्रदर्शनमा समेत १००% दिन सक्छन । उनै हुन कमला पुन जसले भलिबल प्रतियोगितामा उत्कृष्ट अवार्ड छुटाउँदिनन् म्याग्दी जिल्लाको मालिका गाउँपालिका ३ रुमडाँडा गाउँमा पिता स्व. चन्द्रबहादुर पुन र आमा लालकुमारी पुनको दोश्रो सन्तानको रुपमा कमला पुन २०५१ कार्तिक […]
“विकसित देविस्थान” मेरो सपना ः अध्यक्ष पिपला बुढा
विकल्प न्यूज/बेनी साउन २६ गते । स्थानीय तहको निर्वाचनमा नेपाली काँग्रेसबाट उम्मेदवार बनेर बिजयी हुनुभएकी मालिका गाउँपालिका ५ देविस्थानकी वडा अध्यक्ष पिपला बुढा म्याग्दीमै एक्ली महिला वडाअध्यक्ष हुनुहुन्छ । उहाँले आफ्नो कार्यकालमा विकसित देविस्थान बनाउने सपना बुन्नुभएको छ । लामो समय देविस्थानको सामाजिक क्षेत्रमा उहाँ क्रियाशिल हुनुहुन्थ्यो । जनप्रतिनिधि निर्वाचित हुनु अघि गाउँमा सञ्चालीत विभिन्न […]
रघुगंगा हाईड्रोलाई समयमै सक्न मुख्यमन्त्रीको निर्देशन
विकल्प न्यूज/बेनी साउन २५ गते । म्याग्दीको रघुगंगा गाउँपालिकामा निर्माधिन अवस्थामा रहेको ४० मेगावाट क्षमताको रघुगंगा हाईड्रोपावर (जलविद्युत आयोजना)को शुक्रबार विहान गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले स्थलगत अवलोकन गर्नुभएको छ । मुख्य मन्त्री गुरुङ,संघिय सांसद भुपेन्द्र वहादुर थापा,गण्डकी प्रदेशकी सामाजिक विकास मन्त्री नरदेवी पुन,सांसद विनोद केसी, जिल्ला समन्वय समितिका अध्यक्ष देवेन्द्र वहादुर केसी,प्रमुख जिल्ला […]
बेनी नगरपालिकाद्धारा प्रदेश सरकारसंग साझेदारीका योजना प्रस्ताव
सन्तोष गौतम/विकल्प न्यूज बेनी २४ साउन । बेनी नगरपालिकाले प्रदेश सरकारसंग साझेदारीमा योजना सञ्चालन गर्न प्रस्ताव गरेको छ । नगरपालिकामा बिहीबार आयोजित कार्यक्रममा चार वटा पूर्वाधार आयोजना साझेदारीमा सञ्चालन गर्न प्रस्ताव गरेको हो । मुख्यमन्त्री गुरुङलाई नगरप्रमुख हरिकुमार श्रेष्ठले ९२ करोडका योजना प्रस्ताव गर्नुभएको थियो । १४ करोडको बेनी बसपार्क, सात करोडको खुल्ला मञ्च खेलमैदान […]
ढिलासुस्तीप्रति मुख्यमन्त्री गुरुङको आक्रोश
सन्तोष गौतम/विकल्प न्यूज म्याग्दी २४ साउन । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले पूर्वाधार योजना र सार्वजनिक सेवा प्रवाहमा भएको ढिलासुस्तीप्रति कडा रुपमा प्रस्तुत हुनुभएको छ । म्याग्दीको बेनीमा जिल्ला समन्वय समितिले बिहीबार आयोजना गरेको दोस्रो जिल्ला सभाको उद्घाटन गर्दै मुख्यमन्त्री गुरुङले नितीगत र नियतबस हुने ढिलासुस्तीका कारण पूर्वाधार विकासको काम प्रभावीत भएको बताउनुभयो । “प्रक्रियागत […]
सुर्केमेलाका सत्र घर पहिरोको जोखिममा
विकल्प न्यूज/बेनी साउन २३ गते ।बस्ती माथीको पहाडबाट पहिरो खस्न थालेपछि बेनी नगरपालिका ४ सुर्केमेला गाउँ जोखिममा परेको छ । बेनी नगरपालिका ३ को पहाडबाट खसेको पहिरोले खोल्सामा बाढी आउन थालेपछि फेदीमा अवस्थित सुर्केमेला जोखिममा परेको हो । पहिरोले खोल्सा बनाएर छेउछाउको बस्तीतर्फ कटान गरेको छ । पहिरोका कारण १७ घर जोखिममा परेका स्थानीयबासी टिकाबहादुर […]
गलेश्वर मन्दिरमा साउनको तेस्रो हप्तासम्म नौ लाख बढी भेटी संकलन
सन्तोष गौतम/विकल्प न्यूज बेनी २२ साउन । बेनी नगरपालिका ९ स्थित गलेश्वर मन्दिरमा साउन महिनाको तेस्रो हप्तासम्म नौ लाख रुपैयाँ भेटि संकलन भएको छ । यस वर्षको तिन वटा साउनको सोमबार मध्य पछिल्लो सोमबार सबैभन्दा बढी भक्तजन आएको र भेटि संकलन भएको गलेश्वर शिवालय क्षेत्र विकास कोषले मंगलबार जानकारी गराएको छ । तेस्रो सोमबार तिन […]