पार्टी एकिकरणले पूर्णता पाउन अव ढिला हुँदैन ः अध्यक्ष प्रचण्ड

ठाकुरप्रसाद आचार्य/विकल्प न्यूज
बेनी(म्याग्दी) कार्तिक २८ गते । prachand photoनेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री ‘प्रचण्ड’ले एकहप्ता भित्रै सवै तहको पार्टी एकिकरणले पूर्णता पाउने बताउनुभएको छ । एकताको गृहकार्य टुङ्गोमा पुगिसकेको छ । अव सार्वजनिक गर्न मात्र वाँकी छ अध्यक्ष प्रचण्डको भनाई थियो । पार्टी गतिविधिका साथै सरकार सञ्चालनको गम्भिर रुपमा समिक्षा हुने र त्यसपछि सरकारका कामकारवाहीले गती लिने अध्यक्ष ‘प्रचण्ड’ले विश्वास व्यक्त गर्नुभयो ।

जनताको चाहना बोमिजम सरकार सञ्चालन नभएको महशुस पार्टीका उच्च तहका नेताहरुलाई समेत भएको बताउँदै अध्यक्ष प्रचण्डले अव सवैतिर महशुस हुने गरी सरकार सञ्चालन हुने दावी गर्नुभयो । सरकार गठन पश्चात केही राम्रा कामहरु पनि भएको बताउँदै उहाँले छिमेकी सँगको सम्बन्ध विस्तारका साथै विकास निर्माण र भौतिक पूर्वाधारका क्षेत्रमा उल्लेख्य कामहरु भएको उहाँको भनाई थियो ।

दुइतिहाईको बलियो सरकार भएर पनि सरकारको कामकारवाहीप्रति पार्टी भित्रै र बाहिरबाट तिव्र गुनासो आइरेहका वेला अध्यक्ष ‘प्रचण्ड’ले सरकारका गतिविधि र पार्टीका वारेमा गम्भिर समिक्षाको आवश्यकता महशुस गरिएको बताउनुभएको हो । पार्टी र सरकारका गतिविधिका वारेमा अव छिट्ै समिक्षा गर्दछौं अध्यक्ष प्रचण्डले भन्नुभयो“सवैतिरबाट आएका सुझावहरुलाई आत्मसाथ गर्दै प्रभावकारी तरिकाले पार्टी र सरकार सञ्चालन हुन्छ ।”

तिन दिने पारिवारिक भ्रमणका क्रममा पत्नी सीता दाहालका साथ म्याग्दी आउनुभएका अध्यक्ष ‘प्रचण्ड’ले बुधवार काठमाण्डौ फिर्ता हुनु अगाडि बेनीमा आयोजना गरिएका छुटाछुटै कार्यक्रमहरुमा बोल्दै मुलुकको विकास र समृद्धिका लागि दुइपार्टी विच एकता भएको बताउनुभयो । पार्टी कार्यालयमा आयोजना गरिएको कार्यकर्ता भेलामा अध्यक्ष ‘प्रचण्ड’ले दुइपार्टीको एकता एतिहासिक परिघटना भएको बताउनुभयो । उहाँले एकता सुदृढ गरी देशको आर्थिक विकास र समृद्धिको नेतृत्व नेपाल कम्युनिष्ट पार्टीले लिने दावी गर्नुभयो । चाँढै पार्टी एकताले पूर्णता पाउने भएकाले निराश नभई उत्साहित भएर सरकारले ल्याएका योजनाहरुलाई सफल पार्न कार्यकर्ताहरुलाई प्रचण्डले निर्देशन दिनुभयो ।

तातोपानी कुण्डमा आफूहरुले तिनदिन सम्म नुहाएपछि यसको चर्चा र परिचर्चा देशभरका साथै अन्तराष्ट्रिय स्तरमा सम्म पुगेकाले पर्यटन विकासमा थप टेवा मिल्ने उहाँले आशा व्यक्त गर्नुभयो । पत्नी सीतालाई तातापानीमा नुहाउदा रोग निको हुने विश्वास भएकाले उनकै आग्रहमा प्रधानमन्त्री सँग तिनदिनको विदा मागेर म्याग्दी आएको उहाँले बताउनुभयो । यसै गरी बुधवार दिउसो म्याग्दी उद्योग वाणिज्य संघले आयोजना गरेको कार्यक्रमा उहाँले म्याग्दीको विकास र समृद्धिका लागि आफूहरुले सक्दो पहल गर्ने उहाँले बताउनुभयो ।

म्याग्दीमा प्रचुरमात्रा प्राकृतिक स्रोतसाधनहरु भएकाले यसको समुचित उपयोग गरेर समृद्धि हासिल गर्न सकिने उहाँले धाराणा व्यक्त गर्नुभयो । तातोपानी कुण्डमा भौतिक पूर्वाधारको विकास गर्न आफूले सक्दो पहल गर्ने उहाँको भनाई थियो ।