म्याग्दीको विकासका विभिन्न मागहरु लिएर सर्वपक्षिय टोली काठमाण्डौमा

विकल्प । बेनी
मंसिर ४ गते ।DSC_0077

म्याग्दीको विकासका लागि विभिन्न मागहरु लिएर जिल्लाको सर्वपक्षीय टोली काठमाण्डौ डेलिगेशन आएको छ । बेनी नगरपालिकाको संयोजनमा आईतवार राजधानी आएको सर्वपक्षीय टोलीले विभिन्न मन्त्रालय र विभागहरुमा नगर तथा जिल्लाको विकासका लागि आवश्यक बजेटको व्यवस्था गरिदिन मागपत्र पेश गरेको छ । DSC_0054महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री थममाया थापाको नेतृत्वमा टोलीले उर्जा,जलस्रोत तथा सिँचाई मन्त्री बर्षमान पुन,भौतिक पुर्वाधार तथा यातायात मन्त्री रघुविर महासेठ र संघिय मामिला तथा स्थानीय विकास मन्त्री लालबावु पण्डीतलाई भेटी जिल्लाको समस्याहरुका वारेमा जानकारी गराउनुका साथै मागपत्र पेश गरेको हो । DSC_0066माग पत्र बुझ्दै उर्जा,जलस्रोत तथा सिँचाई मन्त्री पुनले बेनी बजार संरक्षणका लागि मन्त्रालयको ध्यानकर्षण भएको बताउनुभयो । टोलीले राखेका मागहरुमा मन्त्री ज्यू सकरात्मक हुनुभएको प्रतिनिधिसभाका सांसद भुपेन्द्र बहादुर थापाले बताउनुभयो । साथै मन्त्री पुन समक्ष रघुगंगा जलविद्युत आयोजनाको प्रगतिका वारेमा पनि मन्त्रीलाई जानकारी गराएको पूर्व सभासद गोविन्द पौडेलले जानकारी दिनुभयो । टोलीले रघुगंगा नदीमा आएको वाढीले रघुगंगा गाउँपालिकाका विभिन्न क्षेत्रमा पुराएको क्षति र रोकथामका लागि आवश्यक पहल गरिदिन अनुरोध गरेको छ । DSC_0032टोलीले खानपानी तथा ढल निकास विभाग,जलस्रोत तथा सिचाँई विभाग,शहरी विकास तथा भवन निर्माण विभागमा पुगी जिल्लाको समस्याका वारेमा पत्र पेश गरेको प्रतिनिधिसभाका सांसद थापाले जानकारी दिनुभयो । जिल्लामा चालु आर्थिक वर्षमा रहेका योजनाहरुलाई समयमै सक्न र जिल्लाको विकास योजनाहरु आगमी आर्थिकमा समावेश गर्न माग पत्र पेश गरेको जिल्ला समन्वय समितिका प्रमुख देवेन्द्रबहादुर केसीले बताउनुभयो । DSC_0088टोलीले कालीगण्डकी नदीमा भर्दौ २६ गते आएको वाढीका कारण पक्की तटबन्धन भत्काएको र यसको दिर्घकालिन समाधानका लागि आवश्यक बजेटको व्यवस्थापन गरी चाँढो सक्न जलस्रोत तथा सिँचाई विभागका महानिर्देशक सरोज पण्डित समक्ष अनुरोध गरेको बेनी नगरपालिकाका मेयर हरिकुमार श्रेष्ठले जानकारी दिनुभयो ।DSC_0031नदी कटनबाट बेनी बजारलाई जोगाउन आयोजनाले चाँढो काम थाल्नुपर्ने जानकारी हामीले गराएका छौं मेयर श्रेष्ठले भन्नुभयो “ बाढीले भत्काएको एकसय २० मिटर मा पुन डिजाइन स्टीमेट गरी संरक्षणको काम चाँढो थाल्ने आवश्वासन पाएका छौं ।” वर्षात समय अगावै संरक्षणको काम नसक्ने हो भने बजार खतरामा पर्ने जानकारी गराएको उहाँले बताउनुभयो । DSC_0054यसै गरी सर्वपक्षिय टोलीले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्दैशक कुलमान घिसिङलाई भटी निर्माणधिन रघुगंगा जलविदुत आयोजनाको निर्माणलाई गति दिन आग्रह गरेको छ । साथै टोलीले २२० कभिए कालिगण्डकी कोरिडोर प्रशासरण लाइन अन्तर्गत अन्नपुर्ण गाउँपालिकाको केन्द्र पोखरेबगरमा देखिएको समस्याको वारेमा पनि जानकारी गराएको छ । DSC_0010डेलिगेशन टोलीले बुधवार विहान ८ बजे अर्थमन्त्री डा. युबराज खतिवडालाई भेटी माग पत्र पेस गर्ने समय तालिका रहेको बेनी नगरपालिकाका नायब सुब्बा शिव शर्माले जानकारी दिनुभयो । DSC_0066

टोलीमा सांसद थापा,प्रदेश सांसद विनोद केसी,पूर्व सांसदहरु गोविन्द पौडेल,रेशम बहादुर बानियाँ,नवराज शर्मा सहभागि हुनुहुन्छ । साथै टोलीमा राष्टिय योजना आयोगका पूर्व उपाध्यक्ष डा. मिनवहादुर श्रेष्ठ, जिसस प्रमुख केसी, बेनी नगरपालिकाका मेयर हरिकुमार श्रेष्ठ,नेकपाका जिल्ला नेता हरिकृष्ण श्रेष्ठ,नेपाली काँग्रेसका जिल्ला सभापति खमबहादुर गर्बुजा,नेकपाका जिल्ला संयन्त्र सदस्य बालकृष्ण सुवेदी,नेपाली काँग्रेसका जिल्ला सदस्य केबी भण्डारी, बेनी नगरपालिका वडा नम्बर ७ का वडा अध्यक्ष राजेन्द्रप्रसाद श्रेष्ठ, बेनपाका कार्यपालिका सदस्य कृष्णकुमार विश्वकर्मा,बेनपाका नायब सुब्बा शिव शर्मा र पत्रकार महासंघका उपाध्यक्ष ठाकुरप्रसाद आचार्य संलग्न छन् । DSC_0028

DSC_0028