ताजा समाचार:
Search

ढुक्क हुनुहोस शिंहदरवार गाउँमै आउँछ ः अध्यक्ष प्रचण्ड

ठाकुरप्रसाद आचार्य
बेनी(म्याग्दी) कार्तिक २७ गते ।

नेपाल कम्युनिष्ट पार्टी(नेकपा) का अध्यक्ष प्रचण्डले जनताले महशुस गर्ने गरी शिंहदरवारको अधिकार गाउँघरमा ल्याएरै छाड्ने बताउनुभएको छ । कर्मचारी समायोजन र आवश्यक ऐननियमहरु समयमा नबन्दा शिंहदरवारको अधिकार जनताले गाउँघरमा नआएको महशुस गरिरहेका वेला अध्यक्ष प्रचण्डले जनतालाई महशुस हुने गरी गाउँघरमा शिंहदरवारको अधिकारी ल्याउने बताउनु भएको हो । DSC_0039पत्नी सीता दाहाललाई तातोपानी कुण्डमा उपचारका लागि सोमवार म्याग्दी आउनुभएको प्रचण्ड मंगलवार पश्चिम म्याग्दीको मंगला गाउँपालिकाले आयोजना गरेको भेटघाट कार्यक्रममा कर्मचारी समायोजन अव ढिला नहुँने र प्राकृतिक स्रोत व्यवस्थापन सम्बन्धी आयोग पनि चाँढै गठन हुने बताउँदै अध्यक्ष प्रचण्डले भन्नुभयो “त्यसपछि साच्किै जनताले शिंहदरवारको अधिकार गाउँघरमा आएको अनुभूति गर्नेछन् ।”

२०६२ /०६३ को जनआन्दोलन मार्फत भएको परिवर्तन सामान्य खालको नभएको भन्दै अध्यक्ष प्रचण्डले कार्यन्वयनमा केही जटिलता आएको भनाई राख्नुभयो । कर्मचारी र स्रोतसाधनको व्यवस्थापनका साथै तिनै तहका सरकारलाई बलियो बनाई परिवर्तनलाई संस्थागत गरी शिंहदरवारको अधिकार गाउँघरमा ल्याउन पार्टी र सरकार प्रतिवद्ध भएको उहाँको भनाई थियो ।

कर्मचारी समायोजन नहुँदा अहिले केही कार्यालयहरु जिल्ला सदरमुकाम मै रहेका कारण जनतामा अन्यौलता छ अध्यक्ष प्रचण्डले भन्नुभयो “कर्मचारी संयोजन पछि ति कार्यालयहरु सदरमुकामबाट हट्ने र त्यसपछि साच्चीकै शिंहदरवार गाउँघरमै आएको पुष्टी हुन्छ ।”DSC_0015हामीले तिन तहको सरकार त बनाएका छौं । सवै चिज गाउँघरमा जाने पनि हामीले भन्यौं तर कर्मचारीको अभावले गर्दा स्थानीय तहको अधिकार खोसीयो भन्ने गुनासो पनि सुनियो अध्यक्ष प्रचण्डले भन्नुभयो “ यो समस्या अव धेरै समय रहदैन प्रभावकारी तरिकाले कर्मचारी समायोजन गरी स्थानीय तहलाई बलियो र अधिकार सम्पन्न बनाउँछौं ।”

तातोपानी कुण्ड नेपालको स्वास्थ्य पर्यटकको राम्रो केन्द्र बन्ने सक्ने संभावना रहेको यहाँ आएपछि गहिरो गरी महशुस भएको र कुण्डको विकासका लागि आवश्यक सहयोग गर्ने उहाँले बताउनुभयो । बेनी दरवाङ सडकको कालोपत्रे गर्न र बावियाचौरमा कृषि प्राविधिक शिक्षालयका लागि आफूले पहल गर्ने बताउनुभयो ।

भेटघाट कार्यक्रममा मंगला गाउँपालिकाका अध्यक्ष सतप्रसाद रोकाले स्थानीय तहमा कर्मचारी,भौतिक पूर्वाधार र प्राविधिक जनशक्तिको अभावका कारण स्थानीय तह सञ्चालनमा समस्या आएको बताउँदै शिहदरवारको अधिकार गाउँघरमा आएको महशुस जनतालाई दिन कठिनाई भएको उहाँको भनाई थियो ।DSC_0039परिवार सहित प्रचण्ड सँगै म्याग्दी आउनुभएका गृहमन्त्री मन्त्री रामवहादुर थापा पनि मंगलवार विहान र दिउसो तातोपानी कुण्डमा डुब्नुभएको छ । यसै गरी अध्यक्ष प्रचण्ड र गृहमन्त्री थापाले सिमलचौर स्थित सहिद नन्द खड्काको परिवारलाई पनि भेटघाट गर्नुभएको छ । बुधवार जिल्ला स्थित पार्टी कार्यकर्ताहरु सँग भेटघाट गरी दिउसो दुइबजे काठमाण्डौं प्रस्थान गर्ने कार्यतालिका रहेको प्रचण्डका स्वकीय सचिव जोगबहादुर महराले बताउनुभयो ।