ताजा समाचार:
Search

नमुना सडक निर्माण गर्ने उपभोक्ता समितिलाई बाजागाजा सहित भव्य सम्मान (भिडियो सहित)

विकल्प न्यूज/जलजला
मंसिर ७ गते ।46829600_1943572682393633_6587867846468960256_o उत्तरी पर्वतको जलजला गाउँपालिका ७ स्थित मिलनचोकमा नमुना सडक निर्माण गर्ने उपभोक्ता समितिका पदाधिकारीहरुलाई  स्थानीयवासीले भव्य सम्मान गरेका छन् । मिलनचोक लेकफाँट धौलपर सालिजा मोटरबाटो निर्माण उपभोक्ता समितिका अध्यक्ष लालविर पुन सहित  पदाधिकारीहरुलाई बाजागाजा र अविरजात्रा गरेर मिलनचोक वासीहरुले शुक्रवार भव्य सम्मान गरेका हुन । दुइमहिना अघि सुरु भएको योजना शुक्रवार सम्पन्न भएको छ ।

उपभोक्ताहरुको उत्साहजनक शहभागिताका कारण पाँचमहिना अगावै योजा सम्पन्न भएको उपभोक्ता समितिका अध्यक्ष पुनले बताउनुभयो ।
सडक निर्माणका लागि सडक छेउछाउका ११ घर पूर्ण र करिब ६० घर आंशिक रूपमा स्थानीयवासीहरुले भत्काएर सडक फराकिलो बनाएका थिए । सानो गाडी एकतर्फी मात्रै चल्ने गरी निर्मित साँघुरो सडकलाई संरचना हटाएर हाल आठ मिटरको फराकिलो बनाइएको छ ।

पहिला दुईतर्फबाट जिप आउँदा जाम हुने, धुलाम्मे हुने सडक अहिले दुईतर्फ सहज रूपमा सवारी आउजाउ गर्न सक्ने र धूलो पनि नउड्ने भएको स्थानीय बाबुराम कार्कीले बताउनुभयो ।
उपभोक्ता समितिको सक्रियताले सम्झौता भएको दुइमहिनामै नमुना सडक निर्माण गरी उदाहरणीय कार्य गरेकाले स्थानीयहरुले समितिका अध्यक्ष लगायत पदाधिकारीहरुलाई बाजागाजा सहित भव्य रुप सम्मान गरिएको कार्कीले बताउनुभयो ।

सडक ढलान र नाली बनाउन स्थानीयले घरलौरी पाँच–पाँच दिनका दरले श्रमदानसमेत गरेका थिए । दुई सय मिटर सडक फराकिलो गरी दुइतर्फी नाली सहित ढलान गर्नका लागि गाउँपालिकाले २० लाख रुपैयाँ विनियोजन गरेको थियो । उपभोक्ताले २ लाख ३७ हजार ७ सय ८० रुपैयाँ बराबरको श्रमदान गरेको समितिका अध्यक्ष पुनले बताउनुभयो ।

सडक निर्माणका लागि केही रकम अपुग भएकाले आर्थिक स्रोतको खोजी भएको उपभोक्ता समितिका अध्यक्ष पुनले बताउनुभयो । सडक फराकिलो बनेपछि मिलनचोकको स्वरूप नै फेरिएको छ । जनसहभागिता र समुदायको सहयोगका कारण मिलनचोकको सडक ढलान योजना नमुना र उदाहरणीय भएको वडाध्यक्ष टुंगनाथ आचार्यले बताउनुभयो ।