भिआइपी भ्रमण र यसका अवयवहरु

हरिप्रसाद पौडेल /विकल्प न्यूज
मंसिर ६ गते । hariसायद आधुनिक नेपालको निर्माण पश्चात (शाह वंशीय राजा विरेन्द्रको भ्रमण वाहेक) उच्च राजनीतिक तहवाट पहिलो पटक अनौपचारिक भ्रमणको नाममा म्याग्दी जिल्लामा अति विशिष्ट व्यक्तीहरुको भ्रमण भएको छ । २०७५ कार्तिक २६, २७ र २८ मा । अनौपचारिक भ्रमण भनिएता पनि उच्च तहको भ्रमण भएकाले यो अनौपचारिक हुनसकेन । र भ्रमण त सकियो तर भ्रमणले केही वहसका विषय भने पक्कै छाडेको छ । तत्कालिन नेकपा एमाले र नेकपा माओवादीको एकिकरण पश्चात वनेको नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष समेत रहेका पूर्वप्रधानमन्त्री एबम् १० वर्षे शसस्त्र द्धन्द्धका नायक पुष्पकमल दाहाल र अर्का विशिष्ट वहालवाला गृहमन्त्री १० वर्षे शसस्त्र द्धन्द्धका अर्का कमाण्डर रामवहादुर थापाको ३ दिने अनौपचारिक म्याग्दी वसाईलाई सतहमा हेर्दा देखिने भनेको उनिहरु दाहाल पत्नी सीताको तापोपानी कुण्डमा प्राकृतिक उपचार गर्न आएको भन्ने नै देखिन्छ र जिल्लाका मिडिया तथा सामाजिक सञ्जालहरुबाट त्यसको पुष्टी हुन्छ । DSC_0039विशिष्टहरुको जिल्ला वसाईले राजनीतिक ३ तहमा विभाजन भएको पाईयो, हिजो देखि संगै रहेकाहरुको एउटा तह रहयो जुन तह स्वतः नजिकमा रहेर हरेक कुरामा सहभागिता जनाउने कुरा नै रहयो । अर्काे एउटा तह जुन तह सिद्धान्ततः संगै भएपनि संगै रहन चाहेन या सकेन अर्काे एउटा तह जसले विरोध नगरेमा अस्तित्वनै रहदैन जस्तो गरी लाग्यो । यो तिनवटै प्रवृत्ती घातक हो भन्ने लाग्दछ । संगै रहनेले कमसेकम एकिकरणको झल्को दिन तत्पर हुन सक्नुपथ्र्याे, एकिकरण भइसके पछिको भ्रमण भएकोले नागरिकलाई त्यो अनुभुति दिलाउन अर्काे तह संगै हुनसक्नुपथ्र्यो र विरोध गर्ने तप्काले विरोध गर्नेपर्ने विषयलाई मात्र समाउन सक्नुपथ्र्यो होइन भने विरोधका लागि विरोध आवश्यक होइन ।

देश संघीयताको कार्यन्वयनको चरणमा छ तर संहालिन नसकेको, संगै हतियार युद्ध गरेको एउटा झुण्ड जनअपेक्षित उपलब्धी हासिल नभएको भन्दै जंगलतर्फ नै फर्कने अवस्थामा रहेको, होटल सोल्टीमा कांग्रेसका केही नेता पुर्व राजा ज्ञानेन्द्रसंग भलाकुसारी गरीरहेको र नेकपाका (पुर्व एमाले) केही नेताहरु समेत पुर्व राजासंग चोचोमोचोमा रहेका समाचारहरु वाहिर आइरहँदा देशका उच्च पदस्थहरु अनौपचारिक भ्रमण भन्दै म्याग्दीमा रहनुलाई नितान्त पारिवारिक भन्न सकिने नसकिने सोचनीय विषय हो । DSC_0045मानौ या नमानौ दुईसय ४० वर्षसम्म एकक्षत्र श्रीपेच पहिरेको राजतन्त्रको अवसान गराई नागरिक देशको सर्वोच्च निकायमा जाने वातावरणको सृजना भएता पनि यसको पछाडी धेरै कारणहरु हुनसक्छन । संवैधानिक दायरा भन्दा माथि जाने अभिलाशा राजामा पैदा हुनु, राजा ज्ञानेन्द्रको दक्षिण संगको सम्वन्धमा चिसोपन आउनु, तत्कालिन नेपाली कांग्रेसलाई दरवारले दुस्मनको स्थानमा राख्नु आदि कारण हुन सक्छन । राजतन्त्रको अवसानको नायक प्रचण्डलाई सबैले मानेकै छन् । एउटा नायकको तिनदिने म्याग्दी जिल्ला वसाई नितान्त तातोपानी कुण्ड मात्र पक्कै होइन । यसका पछाडी पनि केही विषयहरु लुकेका हुनसक्छन् ।

अनौपचारिक भ्रमणका औपचारिक कार्यक्रमहरुमा सहभागि हुँदा विशिष्टहरुवाट ब्यक्त विचार, तिन दिनको वसाईमा भएका सहभागिता आदिलाई हेर्दा केही परिवर्तन, केही यथार्थता र केही निहित स्वार्थ समेत लाई आकलन गर्न सकिन्छ । DSC_0077मानव आफैमा असन्तुष्ट प्राणि हो त्यसैले अकल्पनीय विकास र आविष्कार सम्भव भएको हो । जिल्लाको विकासमा चासो कुनैपनि नागरिकले राखेको हुन्छ र सम्वन्धित विषयमा विशिष्टहरुको ध्यान पुगोस भन्ने चाहना हुनु स्वभाविक नै हो । जनताको यस भावना संग खेल्न नेतृत्व माहिर नै मानिन्छ यसपालाको विशिष्ट भ्रमणमा समेत त्यसको झल्को देख्न पाईयो अझै यसै जनचाहना मा टेकेर केही स्वार्थका कुराहरु समेत वाहिरिएको चर्चा चलेको कुरा नकार्न सकिदैन ।

म्याग्दीको विकासमा प्रचण्ड र बादलको भ्रमणले केही न केही नयाँपन दिने छ भन्नेमा आशावादी वन्न सकिन्छ । देशको उच्च तहमा रहेका ब्यक्तीहरुको स्थलगत भ्रमणले केही फलको अपेक्षा गर्न सकिन्छ त्यसमाथी प्रचण्डलाई म्याग्दी जिल्लाले भुमिगतकालमा पनि उचाइमा पु¥याउन ठुलै मद्दत गरेको कुरा छिपेको छैन यसको कर्जाे पनि चुकाउनै पर्ने छ यो नेतृत्वले । पार्टीको एकिकरण पश्चातको समिकरणमा आफ्नो वर्चस्व कायम गर्न समेत प्रचण्डले यस भ्रमणलाई प्रयोग गर्न सक्छन ।

हरियो नेपाल वनाउने झिल्को म्याग्दीमा पर्न लागेको सार्वजनिक घोषणा म्याग्दीमा नै आइ गरेका प्रचण्डको म्याग्दी जिल्लावाट केही सुरुआत गर्ने भन्ने वुझन सकिन्छ । वाघ कराउनु र वाख्रो हराउनु पक्कै संयोग होइन होला यस सन्दर्भमा म्याग्दीमा सामाजिक संस्थामार्फत विकास अगाडि वढाउने भन्दै केही जिल्लाका विशिष्टहरु लाग्नु र त्यसको पुष्टी प्रचण्डले गर्नु । जिल्लाको विकासमा सहयोग हुने कुरा पक्कै स्विकार्यनै हुन्छ तर केही सिमित ब्यक्तीहरुमात्रै सहभागी वन्ने अवस्थाको सृजना नहोस भन्नेतर्फ सवै सचेत हुन आवश्यक छ र उच्च राजनीतिक नेतृत्व समेत सकृय हुने खालका विकास सहभागितामा एकपक्षिय हुनुहँुदैन ।
DSC_0183अर्काे पाटो, दशवर्षे जनयुद्ध संगै गरेको एउटा तप्काले संघिय नेपालको संविधान २०७२ र यसका उपलब्धीले नागरिकले चाहेको उपलब्धी हासिल हुनसकेको छैन भन्दै विद्रोही आवज वुलन्द पारिरहेको सन्दर्भमा हाल भएका उपलब्धीको रक्षा गर्ने एक महत्वपुर्ण दायित्व वोकेका प्रचण्ड वहालवाल गृहमन्त्री (सहकर्मि) सहित जिल्लाका ग्रामिण भेगमा विचरण गर्ने कुराले छुट्टै महत्व वोकेको हुनसक्ने देखिन्छ । हासिल भएको उपलब्धीको रक्षा गदै सवै तह र तप्कालाई यो वाटोमा हिडाउन सकेमा आफ्नो उचाइ वढ्ने वुझेका प्रचण्डलाई हिजोका सहकर्मी संगको सामिप्यता कायम राख्न यो भ्रमणले केही सहयोग ग¥यो की ? नवविकल्प साप्ताहिकमा प्रकाशित