अन्नपूर्ण गाउँपालिकाद्धारा थप साढे तिनकरोड बजेट पारित

विकल्प न्यूज/बेनी
कार्तिक ३० गते । DSC_0013म्याग्दी उत्तरी अन्नपूर्ण गाउँपालिकाले चालु आर्थिक वर्ष २०७५÷०७६ का लागि थप साढे तिनकरोड रुपियाँ बरावरको बजेट पारित गरेको छ । शुक्रबार गाउँपालिकाको केन्द्र पोखरेबगरमा बसेको आठौं गाउँसभाबाट तिनकरोड २७ लाख रुपियाँ वरावरको बजेट पारित गरेको हो । गत आर्थिक वर्ष २०७४÷०७५ मा खर्च हुननसकेको रकमबाट उक्त थप बजेट आएको हो ।

गाउँसभामा उपाध्यक्ष केशमाया मगरले प्रत्येक वडालाई २० लाख वरावरको थप बजेट प्रस्तुत गर्नुभएको थियो । भौतिक पूर्वाधार,सडक,खानेपानी,कृषि र सामाजिक क्षेत्रमा उक्त बजेट खर्च गरिने उपाध्यक्ष मगरले बताउनुभयो । DSC_0020गाउँसभामा संस्था दर्ता तथा नविकरण सम्बन्धि ऐन २०७५,सहकारी विधेयक २०७५,न्यायिक समिति उजुरी कारवाही किनारा गर्दा अपनाउनु पर्ने कार्यविधिका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक गाउँसभामा प्रस्तुत गरिएको छ ।
सभामा प्रस्तुत भएको बजेट तथा कार्यक्रम शुक्रवार छलफल पश्चात पारित भएको र विधेयकहरु शनिवार विहान वस्ने वैठकमा छलफल हुने प्रमुख प्रशासकीय अधिकृत सन्तोष पौडेलले बताउनुभयो

गाउँसभाका प्रमुख अतिथि जिल्ला समन्वय समितिका प्रमुख देवेन्द्रबहादुर केसीले अन्नपूर्ण गाउँपालिकामा प्राकृतिक स्रोतसाधनको प्रचुर संभावना भएकाले यसको उपयोग गरेर समृद्ध गाउँपालिका बनाउन सकिने विचार व्यक्त गर्नुभयो । DSC_0019गाउँपालिकाका अध्यक्ष डमबहादुर पुनले शिक्षाको गुणस्तर सुधारका लागि टेलिटिचीङ पोखरेबगरमा कृषि उपज संकलन केन्द्र, पूर्वाधार योजनाको सफल कार्यान्वयन, पारदर्शीता, दिगोपना र प्रभावकारी बनाउन सबै पक्षको समन्वय र सहयोगको अपेक्षा व्यक्त गर्नुभयो । नेकपाका नेता खड्ग गिरी र नेपाली काँग्रेसका अनिल हिचारनले योजनाको प्रभावकारी कार्यान्वयनका लागि जनप्रतिनिधिहरुले राजनीतिक पूर्वाग्रह त्यागेर समन्वयका साथ काम गर्नुपर्ने बताउनुभयो । DSC_0022२ नम्बर वडाका अध्यक्ष ओमप्रकाश फगामी र जिल्ला समन्वय समितिका सदस्य बोमाया गर्बुजाले शुभकामना मन्तब्य व्यक्त गर्नुभएको थियो । अध्यक्ष डमबहादुर पुनको अध्यक्षता, ६ नम्बर वडा घारका वडा अध्यक्ष कृष्णप्रसाद बरुवालको सञ्चालन र गाउँसभा सदस्य वुद्धी पुनको स्वागत मन्तब्यमा गाउँसभाको उद्घाटन कार्यक्रम सम्पन्न भएको थियो । यसअघि गत असारमा भएको गाउँसभाबाट २७ करोड ३८ लाख ७९ हजार ३९ रुपैयाँ बजेट पारित भएको थियो ।