ताजा समाचार:
Search

रघुगंगा गाउँपालिका

थामकोटमा भ्यु टावर निर्माण सुरु

सन्तोष गौतम/विकल्प न्यूज म्याग्दी २३ असार । रघुगंगा गाउँपालिका २ भगवतीको रुईसे स्थित थामकोटलाई पर्यटकीय स्थलको रुपमा विकास गर्न भ्यु टावर निर्माण सुरु भएको छ । रघुगंगा गाउँपालिका, वडा कार्यालय र भगवतीका बासीन्दाले भ्यु टावर निर्माण सुरु गरेका हुन् । धौलागिरी आईसफल पदमार्गको प्रवेशद्धारको रुपमा रहेको रुईसे भेडिओडार क्षेत्रमा पर्यटक भित्र्याउनका लागि भ्यु टावर निर्माण […]

घ्या“सीखर्क स्थित रघुगंगा माथि झोलुङ्गे पुल निर्माण

गोपाल छन्त्याल/बेनी । असार २२ गते । म्याग्दीको रघुगंगा गाउँपालिका–८ कुईनेमँगले स्थित घ्या“सीखर्कमा रघुगंगा नदी माथि निर्मित पुलको बिहिबार उद्घाटन गरिएको छ । झोलुङ्गे पुल क्षेत्रगत कार्यक्रम (स्वाप) मार्फत २५ लाख ५९ हजार, गाउँपालिकाको १ लाख ८६, जनश्रमदान ६० हजार ५ सय, लठ्ठा, वुलपग्रिस १ लाख ९२ हजार गरि २९ लाख ९२ हजार रुपैयाँको लागतमा […]

चिमखोलामा सार्वजनिक सुनुवाई

गोपाल छन्त्याल, निर्मल खत्री चिमखोला २० असार । म्याग्दीको रघुगंगा गाउँपालिका ७ चिमखोलामा बुधबार सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । चालु आर्थिक वर्षमा सञ्चालन गरेर विकास गतिबिधि, सेवा प्रवाह, सामाजिक सुरक्षा भत्ता लगायत विषयमा सर्वसाधारणको गुनासो, सुझाव, अपेक्षा बुझ्ने, गतिबिधिलाई पारदर्शी बनाउने उद्देश्यले म्याग्दी मिडीया सोसाईटीसंगको सहकार्यमा गाउँपालिकाले यसअघि मौवाफाँट र पाखापानीमा सुनुवाई गरिसकेको […]

पाखापानीमा सार्वजनिक सुनुवाई

सन्तोष गौतम, धिरन खत्री पाखापानी १९ असार । म्याग्दीको रघुगंगा गाउँपालिका ६ पाखापानीमा सोमबार सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । चालु आर्थिक वर्षमा सञ्चालन गरेर विकास गतिबिधि, सेवा प्रवाह, सामाजिक सुरक्षा भत्ता लगायत विषयमा सर्वसाधारणको गुनासो, सुझाव, अपेक्षा बुझ्ने, गतिबिधिलाई पारदर्शी बनाउने उद्देश्यले म्याग्दी मिडीया सोसाईटीसंगको सहकार्यमा गाउँपालिकाले सुनुवाईको आयोजना गरेको हो । कार्यक्रममा […]

मौवाफाँटमा सार्वजनीक सुनुवाई

विकल्प न्युज ।  मौवाफाँट १५ असार । म्याग्दी मिडिया सोसाईटीको समन्वय र रघुगंगा गाउँपालीकाको आयोजनामा सेवाप्रवाहमा सुधार तथा विकास निर्माणलाई पारदर्शी बनाउन, जनताको गुनासो, सुझाव, अपेक्षा बुझ्ने उद्देश्यले सार्वजनीक सुनुवाई गरिएको हो । कार्यक्रममा सहभागी रघुगंगा गाउँपालिका–१, २, ३ र ४ वडाका बासिन्दाहरुले गाउँपालीका र वडा कार्यालयको सेवालाई प्रभाबकारी बनाउन, प्रशासनिक प्रकृयालाई सरल र सहज […]

रघुगंगा गाउँपालिकाद्धारा करिब २६ करोडको बजेट सार्वजनिक

कमल खत्री/साधन राम्जाली मगर मौवाफाँट, (म्याग्दी) १२ असार । म्याग्दीको रघुगंगा गाउँपालिकाले आर्थिक बर्ष २०७५/०७६ को लागि करिब रु २६ करोडको बजेट प्र्रस्तुत गरेको छ । गाउँपालिकाको केन्द्र मौवाफाँटमा आइतबार आयोजित गाउँ सभामा गाउँपालिकाका उपाध्यक्ष कमला तिलिजाले आगामी आर्थिक बर्षको लागि कुल रु २५ करोड ७२ लाख २ हजार ९८१ को बजेट सार्वजनिक गर्नुभएको हो […]

म्याग्दीका स्थानीय तहमा दुई अर्बको बजेट आउँदै

सन्तोष गौतम/नवविकल्प आसर १० गते । म्याग्दीका स्थानीय तहले आगामी आर्थिक वर्ष २०७५७६ का लागि करिब दुई अर्ब रुपैयाँ बराबरको बजेट ल्याउने भएका छन् । म्याग्दीका छ वटै स्थानीय तहले आईतबार एकै दिन नगर तथा गाउँसभा बोलाएर बजेट, नीति तथा कार्यक्रम सार्वजनिक गर्दैछन् । संघीयताको अभ्यासमा रहेका स्थानीय तहहरुले दोस्रो पटक आफै बजेट ल्याउन लागेका […]

सिडिओ साब ! साँध सीमाना एउटै तर, मूल्य कसरी फरक ?

गोपाल छन्त्याल/बेनी असार ७ गते ।जिल्ला प्रशासन कार्यालय म्याग्दीले एकै प्रकृतिका दुई आयोजनालाई एउटै स्थानमा फरक मुआब्जा निर्धारण गरेको पाईएको छ । रघुगंगा–३ पिप्लेको अम्बाङ क्षेत्रमा निर्माण गरिन लागेको १३२ केभीए डाँडाखेत–राहुघाट प्रशारण लाइनको सबस्टेशन र २२० केभीए कालीगण्डकी करिडोर प्रशारण लाइनको टावरका लागि निर्धारण गरिएको मूल्य २ लाख ५० हजार रुपैयाँ फरक छ । […]

फेरी सुरु भयो रघुगंगा जलविद्युत आयोजना

विकल्प न्यूज/बेनी असार ६ गते । फाइल तस्विर म्याग्दीमा निर्माणधिन अवस्थामा रहेको रघुगंगा जलविद्युत आयोजना ४ वर्ष पछि फेरी सुरु गरिएको छ । यसअघि छनौट भएका भारतको आइभीआरसीएल प्रोजेक्ट्स लिमिटेडले काम गर्न नसकेपछि ठेक्का तोडेर नयाँ प्रक्रियाबाट आयोजना निर्माण गर्न लागिएको हो । नेपाल विद्युत प्राधिकरणको सत प्रतिशत लगानी रहेको रघुगंगा हाईड्रोपावर लिमिटेडले बनाउन लागेको […]

रघुगंगाका कृषकसंग अन्तरक्रिया

पदम विश्वकर्मा /विकल्प न्यूज मौवाफाट ५ असार । रघुगंगा गाउँपालिकाको मौवाफाँटमा व्यवसायिक बाख्रा तथा कुखुरापालक कृषकहरुसंग अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । गाउँपालिकाको पशु सेवा शाखाले आयोजना गरेको कार्यक्रममा आठ वटै वडाका कृषक, जनप्रतिनिधि र पशु सेवा प्राबिधिकहरुबीच पशुपालनको अवस्था, सम्भावना, समस्या र योजनाको विषयमा छलफल भएको थियो । गाउँपालिकाका अध्यक्ष भबबहादुर भण्डारीको प्रमुख आतिथ्यता, […]

रघुगंगाका महिलाहरु नेतृत्व र क्षमता विकासमा अग्रसर

सन्तोष गौतम/विकल्प न्यूज मौवाफाँट १ असार ।  आफ्नो भावना र बिचार व्यक्त गर्ने सीपको अभावमा पछि परेका रघुगंगा गाउँपालिकाका महिलाहरु नेतृत्व तथा क्षमता विकासमा अग्रसर भएका छन् । गाउँपालिकाका महिला जनप्रतिनिधि, आमा समूह, युवा क्लब र सामाजिक संघ संस्थाको अगुवाई गरिरहेका महिलाहरु आफ्नो बिचार र भावनालाई प्रभावकारी ढङगले व्यक्त गर्ने भनेर तालीम लिएका छन् । […]

रितुङ माविको पस्तकालयलाई एकैदिन ६०हजार जुट्यो

साधन राम्जाली/बेनी जेठ २९ गते । म्याग्दीको रघुगंगा–८ दुलेखर्कमा सञ्चालित रितुङ्ग माविको पुस्तकालय व्यवस्थापनका लागि सञ्चालित अक्षयकोषमा एकैदिन ६० हजार रुपैयाँ सहयोगको घोषणा भएको छ । जिल्ला सदरमुकाम बेनीदेखि एकदिनको पैदल दुरीमा पर्ने रितुङ्ग माविमा जापान, अमेरिकामा रहेका स्थानीय र साविक जिल्ला शिक्षा कार्यालयको संयुक्त ७ लाख ४६ हजार रुपैयाँको लागतमा पुस्तकालय स्थापना भएको थियो […]

रघुगंगामा अपाङग सञ्जाल गठन

विकल्प न्यूज/बेनी जेठ २७ गते । अपाङ्ग संघ म्याग्दीको आयोजनामा रघुगंगा गाउँपालिकाको केन्द्र मौवाफाँटमा सम्पन्न भएक भेलाले बासुदेव सुवेदीको अध्यक्षतामा गाउँपालीका स्तरीय अपांग संघ गठन गरेको छ । संघको उपाध्यक्षमा सन्ध्या छन्त्याल, सचिवमा कृष्ण सुवेदी, कोषाध्यक्षमा सविना कुमारी कटुवाल, सह– सचिव रुपा विक तथा सदस्यहरुमा रुविक कुमार पुन, टिका ब मल्ल, चन्द्र प्रसाद छन्त्याल, दल […]

भगवतीमा योजना कार्यान्वयन धमाधम

धिरन खत्री/बेनीम्याग्दी, २७ जेठ । रघुगंगा गाउँपालिका २ राखु भगवतीमा चालु आर्थिक बर्ष २०७४÷७५ को विकास निर्माणमा संचालित योजनाको ९० प्रतिशत काम सम्पन्न भएको छ । गाउँपालिकाको १५ र वडाले छनौट गरेका २७ वटा पूर्वाधार आयोजना लक्ष्य अनुसार कार्यान्वयनमा भएका हुन् । ४२ ओटा विकास योजना रहेको राखु भगवतीमा ४० योजनाका उपभोक्ता समितिले काम सकेका […]

रितुङ माविमा पुस्तकालय उद्घाटन

विकल्प न्युज /बेनी जेठ २५ गते । उत्तरी म्याग्दीको रघुगंगा गाउँपालिका–८, कुईनेमङ्गलेस्थित रितुङ माध्यमिक विद्यालयमा शुक्रबार पुस्तकालय उद्घाटन भएको छ । साविकको जिल्ला शिक्षा कार्यालय म्याग्दीको ६ लाख ५० हजार तथा पुस्तकालय व्यवस्थापन उपसमितिको पहलमा करिब एकलाखसहित कुल सातलाख ४६ हजार रुपैयाँको लागतमा पुस्तकालय स्थापना गरी सञ्चालन गरिएको हो । सोही अवसरमा पुस्तकालय सञ्चालनका लागि […]