ताजा समाचार:
Search

रघुगंगा गाउँपालिका

चिमखोलाको भूमेपूजाले आन्तरिक पर्यटन प्रवर्द्धनमा टेवा

म्याग्दी (बेनी),  चैत २१ गते ।  यहाँको रघुगङ्गा गाउँपालिका–७ चिमखोलाको भूमेपूजा आन्तरिक पर्यटन प्रवर्द्धनको माध्यम बनेको छ । परम्परागत रूपमा हुँदै आएको भूमेपूजामा गरिने सांस्कृतिक उत्सवले आन्तरिक पर्यटन प्रवर्द्धनमा टेवा पु¥याएको स्थानीयको बुझाइ छ ।   मगर समुदाय बाहुल्य क्षेत्रमा प्रकृतिपूजाका रूपमा भूमेपूजा गरिने भए पनि चिमखोलामा यस अवसरमा अनौठा र मौलिक संस्कृतिको प्रस्तुति राख्ने गरिन्छ […]

राहुघाट जलविद्युत आयोजनामा मजदुर असुरक्षित

विकल्प न्यूज/बेनीचैत ५ गते । म्याग्दीको रघुगंगा गाउँपालिकामा निर्माणधिन ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत आयोजनामा काम गर्ने मजदुर असुरक्षित हुनथालेका छन् । गत पुस महिना यता विभिन्न दुर्घटनामा ४ जना मजदुरले ज्यान गुमाए । दुर्घटनामा ज्यान गुमाउनेका मजदुरहरुले उचित क्षतिपुर्ति पाउन कठिन समेत छ । गत फागुन महिनाको २९ गते आयोजनाको मिस्कर दुर्घटना हुँदा बेनी […]

जलविद्युत आयोजनाको लुटका विरुद्ध एकजुट हुँदै रघुगंगावासी

विकल्प न्यूज/बेनीफागुन २८ गते । प्राकृतिक स्रोतसाधन माथि लुट मच्याउने जलविद्युत आयोजना विरुद्ध रघुगंगावासीहरु एकजुट हुन थालेका छन् । रघुगंगा गाउँपालिकामा निर्माणधिन जलविद्युत आयोजनाहरुले स्थानीयवासीहरुको मागलाई वेवास्ता गर्दै आएका छन् । उनीहरुले स्थानीय स्तरमा नदीजन्य पदार्थ,प्राकृतिक स्रोतसाधन र वनजंगल लापरबाही तवरले उपयोग गर्दै आएका छन् । जलविद्युत आयोजनाहरुले गर्ने सामाजिक उत्तरदायित्व अन्तर्गतका कामहरु समेत पारदर्शी […]

कार्यसम्पादन मूल्याङ्कनमा बेनी नगर देशभरमा दोस्रो स्थान

विकल्प न्यूज\बेनीफागुन २५ गते । कार्यसम्पादन मूल्याङ्कनमा बेनी नगरपालिका गण्डकी प्रदेशभरमा प्रथम र देशभरीमा द्धितीय भएको छ । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले आइतबार सार्वजनिक गरेको स्थानीय तहहरुको आर्थिक वर्ष २०८०\०८१ को कार्यसम्पादन मूल्याङ्कनमा बेनी नगरपालिकाले ८०.१७ अंक प्राप्त गरेर गण्डकीमा पहिलो र देशभरीमा दोस्रो भएको छ । यसैगरी मंगला गाउँपालिकाले ६९.४९,रघुगंगाले ६९.३५,मालिकाले ५८.७५,अन्नपूर्णले […]

माथिल्लो राहुघाट जलविद्युत आयोजना अन्तिम चरणमा

म्याग्दी, फागुन २० गते । जिल्लाको रघुगङ्गा गाउँपालिका भएर बग्ने राहुघाट नदीमा निर्माणाधीन ४८ दशमलव पाँच मेगावाट क्षमताको अपर [माथिल्लो] राहुघाट जलविद्युत आयोजना अन्तिम चरणमा पुगेको छ ।  तुँदी पावर प्रवर्द्धक रहेको आयोजनाले बाँध, विद्युत्गृह, सुरुङ, प्रसारण लाइन निर्माणलाई पूर्णता दिनुका साथै विद्युत्गृहमा उपकरण जडानको काम अन्तिम चरणमा पुगेको हो । सन् २०२५ को जुलाईभित्र […]

रघुगंगामा सार्वजनिक सुनुवाई सम्पन्न

विकल्प न्यूज\बेनीफागुन १३ गते । म्याग्दीको रघुगंगा गाउँपालिकाले सात महिनाको अवधिमा ३३ प्रतिशत वित्तिय प्रगति हाँसिल गरेको छ । मंगलवार गाउँपालिकामा आयोजित सार्वजनिक सुनुवाई कार्यक्रममा गाउँपालिकाले चालु आर्थिक बर्ष २०८१\०८२ को हालसम्म कुल ४८ करोड ६५ लाख ३९ हजार बजेटमध्ये ३३ दशमलब ३१ प्रतिशत वित्तीय प्रगती भएको जानकारी गराइएको हो । गाउँपालिकाले चालुतर्फ ३८ दशमलब […]

बृहत् घोप्टेखोला खानेपानी आयोजना निर्माण सुरू

म्याग्दी, फागुन ९  गते ।  जिल्लाको बहुप्रतिक्षित गौरव आयोजनाको घोषणा गरिएको बृहत् घोष्टेखोला खानेपानी आयोजना निर्माण शुरू भएको छ । सङ्घीय खानेपानी तथा ढल व्यवस्थापन आयोजनाले ठेक्कामार्फत निर्माण सुरू गरेको आयोजनामार्फत रघुगङ्गा गाउँपालिका र बेनी नगरपालिकाका छवटा वडाका दुई हजार तीन सय ६९ घरपरिवार लाभान्वित हुनेछन् ।  रू ३५ करोड ६३ लाख ३९ हजार सात […]

रघुगंगालाई दशौं राष्ट्रपति रनिङ शिल्डको उपाधि

विकल्प न्यूज/बेनीमाघ ३० गते । बेनीमा सम्पन्न दशौँ जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगितामा रघुगंगा गाउँपालिका विजयी भएको छ ।जिल्ला खेलकुद विकास समिति, म्याग्दीको आयोजनामा दुई दिनसम्म सञ्चालन भएको प्रतियोगितामा ११ स्वर्ण, पाँच रजत र चार कास्य पदक सहित रघुगंगा गाउँपालिकाले उपाधि हासिल गरेको हो । प्रतियोगितामा सात स्वर्ण, १० रजत र सात कास्य पदक […]

म्याग्दीमा दुईदिनमा तीनहजार बढीले लगाए एचपिभी खोप

ठाकुरप्रसाद आचार्यम्याग्दी(बेनी) माघ २३ गते । म्याग्दीमा दुईदिनको अवधिमा तीनहजार भन्दा बढी किशोरीहरुले एचपिभी खोप लगाएका छन् । जिल्लाका सबै स्थानीय तहमा मंगलबार देखी सुरु भएको खोप अभियानका क्रममा तीन हजार १० जना किशोरी खोप अभियानमा सहभागी भएको प्रदेश जनस्वास्थ्य कार्यालय म्याग्दीले जनाएको छ । पहिलो दिन जिल्लाभर १४ सय ३५ जनाले खोप लगाएका थिए […]

म्याग्दी महोत्सवको तयारी पूरा,आज उद्घाटन

म्याग्दी,पुस २८ गते । पूर्व प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज आइतबार उद्घाटन गर्नुहुने आठौं म्याग्दी महोत्सवको तयारी पुरा भएको छ । निजी क्षेत्रको छाता संगठन म्याग्दी उद्योग वाणिज्य संघको मुल आयोजनामा सदरमुकाम बेनीमा आजदेखि आगामी माघ ८ गते सम्म संचालन हुने आठौं म्याग्दी महोत्सव तथा माघे संक्रान्ति मेलाको तयारी पुरा भएको म्याग्दी […]

टोड्केमा एक करोड रुपियाँ लगानीको पार्क बेवारिसे

ठाकुरप्रसाद आचार्य \बेनीमंसिर ५ गते । म्याग्दीको पर्यटकीय स्थल टोड्केमा एककरोड रुपियाँ लागतमा बनाइएको पार्क बेवारिसे बनेको छ । पर्यटकीय सिजनमा समेत पार्क सुनसान छ । पार्कको संरक्षण,प्रचारप्रसार र पार्क सम्म पुग्ने सडकको सहज पहुँच नहुँदा पर्यटकीय सिजनमा पनि आशा गरेअनुसार पर्यटक आगमन छैन । स्थानीय सरकारले पार्कको संरक्षण नगर्दा अहिले पार्क बेवारिसे जस्तो बनेको […]

बजेट अभावमा टोड्केमा निर्माणधिन हाइअल्टिच्युड खेलमैदान अलपत्र

विकल्प न्यूज/बेनीमंसिर ३ गते । आँखैअगाडि धौलागिरि, अन्नपूर्णसहित दर्जनभन्दा बढी हिमशृंखला देखिन्छन्। प्राकृतिक सौन्दर्यले भरिपूर्ण तथा प्रचुर प्राकृतिक सम्भाव्यता बोकेको पर्यटकीय स्थल टोड्केमा हाइअल्टिच्युड खेलमैदान निर्माण अलपत्र परेको छ। म्याग्दी जिल्लाको रघुगंगा, मंगला, गाउँपालिका र बेनी नगरपालिकाको सिमानामा अवस्थित रहेको टोड्के क्षेत्रमा हिमाल हेर्दैं खेलकुद प्रतियोगितासमेत सञ्चालन गर्न सक्ने गरी आधुनिक तथा व्यवस्थित मैदान निर्माण […]

रघुगंगा नदीमा पाँच जलविद्युत आयोजना

म्याग्दी, कात्तिक १३ गते ।  जिल्लाको रघुगङ्गा गाउँपालिमा एक सय ६७ दशमलव तीन मेगावाट क्षमताको पाँच वटा जलविद्युत् आयोजना निर्माणको अन्तिम चरणमा पुगेका छन् । संसारको सातौँ (८,१६७ मिटर) अग्लो धवलागिरि हिमालको फेदीमा मुहान रहेको राहुघाट र सहायक नदीमा निर्माणाधीन आयोजनाले एकैसाथ विद्युत् उत्पादनको तयारी गरेका हुन् ।  तीन वटा आयोजनाको भौतिक प्रगति ८० प्रतिशतभन्दा […]

मुक्तिधाम माविलाई रघुगंगाको राष्ट्रपति रनिङ शिल्डको उपाधि

विकल्प न्यूज\बेनीकात्तिक १० गते । म्याग्दीको रघुगंगा गाउँपालिका स्तरीय पाँचौं राष्ट्रपति रनिङ शिल्डको उपाधि भगवतिको मुक्तिधाम माविले जितेको छ । शनिबार वडा नम्बर ३ पिप्लेमा सम्पन्न भएको प्रतियोगितामा ९ स्वर्ण,पाँच\पाँच वटा रजत र कास्य गरी १९ वटा पटक जितेर प्रथम हुँदै नगद ५५ हजार पुरस्कार सहित रनिङ शिल्ड प्राप्त गरेको हो । यसैगरी ८ स्वर्ण,४ […]

रघुगंगामा पाँचौ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

विकल्प न्यूज\बेनीकात्तिक ८ गते । म्याग्दीको रघुगंगा गाउँपालिका–३ पिप्लेमा गाउँपालिका स्तरीय पाँचौ राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता सुरु भएको छ । गाउँपालिकाभित्रका विभिन्न १२ वटा विद्यालयले सहभागीता जनाएको प्रतियोगिताको प्रतिनिधिसभा सदस्य खमबहादुर गर्वुजाले उद्घाटन गर्नुभएको छ । प्रतियोगिताको उद्घाटन गर्दै प्रतिनिधिसभा सदस्य गर्वुजाले विद्यार्थीहरुमा रहेको खेल प्रतिभाको पहिचान गर्न र प्रतिस्पर्धी क्षमताको विकास गराउन प्रतियोगिताले […]