रघुगंगामा अपाङग सञ्जाल गठन

विकल्प न्यूज/बेनी
जेठ २७ गते । apanga sang (4)अपाङ्ग संघ म्याग्दीको आयोजनामा रघुगंगा गाउँपालिकाको केन्द्र मौवाफाँटमा सम्पन्न भएक भेलाले बासुदेव सुवेदीको अध्यक्षतामा गाउँपालीका स्तरीय अपांग संघ गठन गरेको छ ।

संघको उपाध्यक्षमा सन्ध्या छन्त्याल, सचिवमा कृष्ण सुवेदी, कोषाध्यक्षमा सविना कुमारी कटुवाल, सह– सचिव रुपा विक तथा सदस्यहरुमा रुविक कुमार पुन, टिका ब मल्ल, चन्द्र प्रसाद छन्त्याल, दल बहादुर पुन, पार्वती खत्री, सावित्री रिजाल र पञ्चबहादुर रिजाल तथा सल्लाकारमा गणेश सुवेदी चयन हुनुभएको छ ।

कार्यक्रममा गाउपालिका अध्यक्ष भवबहादुर भण्डारीले नीति निर्माणमा अपांगको आवाज र भावनालाई समेटी उनिहरुलाई पनी विकासको मुल प्रवाहीकरणमा ल्याएर राज्यको सेवा सुबिधा सहज रुपमा उपलब्ध गराउने बताउनुभयो ।

उपाध्यक्ष कमला तिलिजा, प्रशासकिय अधिकृत नारायणप्रसाद चापागाई, ३ नम्बर वडाका अध्यक्ष जीवन मल्ल, ज्ञानोदय माविका प्रअ निलकण्ठ सुवेदी र पवित्रा आमा समुहकी अध्यक्ष कमला केसीले मन्तब्य व्यक्त गर्नुभएको थियो ।

संघका प्रदेश महासचिव सुरेन्द्र केसीले संघले जिल्लामा गर्दै आएको गतिविधि र अपाङ्गता ब्यक्तिहरुको अवस्थाबारे जानकारी गराउनुभएको थियो । अपाङ्ग संघ म्याग्दीका उपाध्यक्ष गणेश सुवेदीको अध्यक्षता, बासुदेव सुवेदीको स्वागत मन्तव्य रहेको कार्यक्रमको संचालन सदस्य यामकुमारी गर्वुजाले गर्नुभएको थियो । संघले बेनी नगरपालिका, अन्नपुर्ण र रघुगंगा गाउँपालिकामा संघको सञ्जाल गठन गरिसकेको छ ।