ताजा समाचार:
Search

घ्या“सीखर्क स्थित रघुगंगा माथि झोलुङ्गे पुल निर्माण

गोपाल छन्त्याल/बेनी ।
असार २२ गते ।

????????????????????????????????????

म्याग्दीको रघुगंगा गाउँपालिका–८ कुईनेमँगले स्थित घ्या“सीखर्कमा रघुगंगा नदी माथि निर्मित पुलको बिहिबार उद्घाटन गरिएको छ । झोलुङ्गे पुल क्षेत्रगत कार्यक्रम (स्वाप) मार्फत २५ लाख ५९ हजार, गाउँपालिकाको १ लाख ८६, जनश्रमदान ६० हजार ५ सय, लठ्ठा, वुलपग्रिस १ लाख ९२ हजार गरि २९ लाख ९२ हजार रुपैयाँको लागतमा पुल निर्माण भएको हो । घ्याखीर्खक स्थित स्वास्थ्य चौकीको प्रांगणमा भव्य समारोहका बीच गाउँपालिका अध्यक्ष भबबहादुर भण्डारीले उद्घाटन गरेका हुन् ।
तीस बर्षअघि निर्मित पुल जीर्ण बनेपछि संभावित दुर्घटनालाई टार्न गाउँपालिकाको पहल र मिलन म्याग्दीको सामाजिक सहजीकरणमा निर्मित पुलले कुईनेमँगलेका चौरखानी, मँगलेखानी, खरिबोट, घ्यासीखर्क, पात्लेखर्क, दुवाडी लगायतका १ सय ६९ घरधुरीका एक हजार सर्वसाधारण प्रत्यक्ष रुपमा लाभाविन्त हुनेछन् ।????????????????????????????????????त्यसका साथै दुलेखर्कस्थित रितुङ माविमा अध्ययनरत एकसय ५० विद्यार्थीलाई प्रत्यक्ष रुपमा सहजता मिलेको उपभोक्ता समितिका सचिब अगेन्द्र छन्त्यालले जानकारी दिए । यसअघि सोही स्थानमा रहेको पुललाई आवश्यकताको आधारमा अर्को स्थानमा स्थानान्तरण गरिने तयारी भएको छ ।

उपभोक्ता समितिका अध्यक्ष बेलबहादुर छन्त्यालको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष भण्डारीले गाउँपालिकाको दुर्गम वडा पर्ने भएपनि बजेट र कार्यक्रममा कुनै कन्जुस्याँई नगरिएको बताए ।

‘एकबर्षअघि निर्वाचनका बेला पनि मैले यहाँ एकबर्षभित्रै पुल बनाउन पहल गर्छु भनेको थिएँ, आज त्यो पूरा भएको छ’, उनले भने, ‘भूगोलका हिसाबमा पछि रहेपनि कुईनेमँगलेबासीलाई गाउँपालिकाले कहिल्यै दुर्गम ठान्नेछैन ।’ दग्नामको दबाङ्गभिरमा रोकिएको सडक आफुहरु निर्वाचित भएको एकबर्षमै अजिंगरभीरसम्म पु¥याउन सफल भएको भन्दै उनले अबको साढे दुईबर्षभित्र दुवाडीसम्म नियमित सवारी चल्ने सडक निर्माण गरि छाड्ने प्रतिबद्धता जनाए ।????????????????????????????????????रितुङ्ग माविका प्रधानाध्यापक खिमबहादुर छन्त्यालले स्वागत गरेको कार्यक्रम टिभिएसयु पोखराका प्राविधिक अधिकृत श्रीधर भण्डारी, मिलन म्याग्दीका प्राविधिक सुरेश कुमार जिसी, रघुगंगा प्राविका प्रधानाध्यापक चन्द्रमान छन्त्याल लगायतले मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा गाउँपालिका उपाध्यक्ष कमला तिलिजा, वडाअध्यक्ष गमान छन्त्याल लगायत पाँच वटै बस्तीका सर्वसाधारणको सहभागिता थियो ।

कार्यक्रममा उपभोक्ताका सििचब अगेन्द्र छन्त्यालले सामाजिक परीक्षणका लागि पुल निर्माणका क्रममा भएका आम्दानी र खर्चको विवरण प्रस्तुत गरेका थिए भने कार्यक्रमको सञ्चालन लक्ष्मी छन्त्यालले गरेकी थिइन् । पुल निर्माण भएको खुशीयालीमा रितुङ्ग माविका विद्यार्थीहरुले नृत्य प्रस्तुत गरेका थिए ।