मौवाफाँटमा सार्वजनीक सुनुवाई

विकल्प न्युज । 
मौवाफाँट १५ असार ।

????????????????????????????????????

म्याग्दीको रघुगंगा गाउँपालिका–३ मौवाफाँटमा विहिवार सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ ।

म्याग्दी मिडिया सोसाईटीको समन्वय र रघुगंगा गाउँपालीकाको आयोजनामा सेवाप्रवाहमा सुधार तथा विकास निर्माणलाई पारदर्शी बनाउन, जनताको गुनासो, सुझाव, अपेक्षा बुझ्ने उद्देश्यले सार्वजनीक सुनुवाई गरिएको हो ।

कार्यक्रममा सहभागी रघुगंगा गाउँपालिका–१, २, ३ र ४ वडाका बासिन्दाहरुले गाउँपालीका र वडा कार्यालयको सेवालाई प्रभाबकारी बनाउन, प्रशासनिक प्रकृयालाई सरल र सहज बनाउन, दरबन्दि अनुसारका कर्मचारीको व्यवस्थापन गरि सेवा प्रवाहलाई स्तरीय बनाउन सुझाब दिएका छन् ।

सहभागीहरुले गाउँपालिकाको योजना निर्माण प्रकृयामा सरोकारवालाहरुलाई सहभागीता गराउनुपर्ने, चालु आबमा सम्पन्न हुन नसकेका योजनाहरुको लागि बजेट व्यवस्थापन गर्नुपर्ने लगायतको माग समेत राखेका थिए ।

गाउँपालीकाका अध्यक्ष भव बहादुर भण्डारीले गाउँपालिकाले सेवा प्रवाह र विकास निर्माणलाई प्राथमिकतामा राखेर आगामी बर्षको योजना तथा बजेट निर्माण गरिएको बताउँदै योजनाहरुको प्रभाबकारी कार्यान्वयनमा जुट्न सबैलाई आह्वान समेत गर्नुभयो ।

उहाँले गाउँपालिकाले पहिलो बर्ष सञ्चालन गरेका योजनाहरुको उपलब्धीमुलक नतिजा आएको पाईएको बताउँदै सडक र पूर्वाधार निर्माण गाउँपालिकाको प्राथमिकतामा रहेको बताउनुभयो ।

कार्यक्रममा वडा नम्बर १ का अध्यक्ष बिल बहादुर फगामीले नागरिकलाई वडाबाट प्रवाह हुने सेवालाई सहज र प्रभाबकारी बनाउन आफु लागीपरेको बताउँदै विकास निर्माणको लागि गाउँपालिकासंग सहकार्य गरेर अगाडी बढ्ने प्रतिबद्धता जनाउनुभयो ।

प्रमुख प्रशासकिय अधिकृत नारायणप्रसाद चापागाइले सार्वजनिक सेवा प्रवाहलाई प्रभाबकारी र व्यवस्थित बनाउन जनताको सुझाब र गुनासा संकलन गर्ने उदेश्यले यस बर्ष मौवाफाँट सहित पाखापानी र चिमखोलामा समेत सार्वजनिक सुनुवाई कार्यक्रम तय गरिएको जानकारी गराउनुभएको थियो ।

गाउँपालिकाका उपाध्यक्ष कमला तिलिजाको अध्यक्षता, प्रमुख प्रशासकिय अधिकृत चापागाईको स्वागत पत्रकार हरिकृष्ण गौतम र कमल खत्रीको सहजीकरणमा कार्यक्रम सम्पन्न भएको थियो ।

योजना शाखाका प्रमुख दयाराम पौडेल, प्राविधिक शाखाका कमल चोखाल, पुननिर्माण इकाइका इन्जीनियर बसन्त रेग्मी, कृषि शाखाका चन्द्रकुमार आले, पशु सेवा शाखाका लक्ष्मी पौडेल, स्वास्थ्य संयोजक टिका शाही, सुचना प्रविधि अधिकृत शिब बहादुर थापा, पञ्जीकरण शाखाका योगेन्द्र बहादुर बानियाँ, प्रशासन फाँटकी सोनिया शर्मा र लेखापाल त्रिविक्रम शर्माले आ–आफ्नो शाखाको गतिविधिबारे जानकारी गराउनुभएको थियो ।